निर्णय नं. ४१०८ - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१०८ - खुन डाँका भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०३/०३ २४५२ निर्णय नं. ४१०८ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ५१२ फैसला भएको मिति : २०४७।३।३।१ मा पुनरावेदक/वादी : ननुलाल साहु तेलीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.सप्तरी त्रिलोक गा.पं. वा.नं. ८ बस्ने अच्छालाल मुसहरसमेत मुद्दा : खुन डाँका (१) अदालतबाट बुझिएका सरजमीनका व्यक्तिहरुले प्रतिवादीले बचन दिएको भनी तथ्य साथ किटानी लेखी दिन नसकेकोले तथ्य सबूदको अभावमा प्रतिवादीले ज्यान लिने तर्फ बचन दिएको भन्न नमिल्ने । (प्रकरण नं. २६) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बुद्धरत्न शाक्य फैसला न्या.त्रिलोकप्रताप राणा १. पू.क्षे.अ. को इन्साफ चित्त बुझेन । प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ होस भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०४० साल बैशाख ८ गते राती २ बजे घरमा सुती रहेको अवस्था ३०–३५ जना डाँकाहरु हात हातमा लाठी, बन्दूक, टर्च बोरा समेत लिई आई जाहेरवाला कुपलेश्वरको दरवाजामा भगला, शेष गुल्सनिया, करिया, दुःखी मुसहर, महन्था मुसहर, अख्तर शेष, चौधरिया खत्वे, अच्छालाल मुसहर समेत जना १० ननुलालको घरमा प्रवेश गरी डाँका गर्न लागे । बन्दुकको फायरबाट सम्पूर्ण परिवार जम्मा भई जाहेरवाला कुपलेश्वरको बाबु शनिचर साहू, सत्यनारायण साहू, नुनुलाल साहू र शिवनारायण साहु, दशरथ साहु समेतले हात हातमा टर्च बत्ती लठ्ठी लिई डाँकाहरुसंग सामना गर्न लाग्यो डाँकाको हुल बढी भएकोले यसले यस ठाउँमा कुटपिट गर्यो भनी छुट्याउन नसक्ने स्थितिबाट डाँकाले कुटपिट गर्दा हल्ला गुहार गरी गाउँले समेत जुटी मुठभेड हुँदा नुनुलालका घरदेखि पूर्व दक्षिणको बारीमा जाहेरवाला कुपलेश्वरको बाबु शनिश्चर साहुले एकजना डाँकालाई कुटपिट गर्न लाग्दा त्यहाँ नजिक वारीमा रहेको डाँका जमिल शेषले नजिकबाट बन्दुक फायर गरी शनिश्चर साहुलाई मारी दिएपछि गाउँलेहरु डराई डाँकालाई घेर्न सक्तैनन् दुखी सदा डाँकालाई चोटपटक लागेकोले भाग्न सक्ने, निज वारदातमा पक्राउ भएको डाँका घाइते भएको छ, चौधरिया खत्वे, भगला शेष समेत घाइते भई सबै डाँकाहरुसंग मतभेद हुँदा लुंगी, बोरा समेत छुटेको छ । डाँका गरी ज्यान समेत मारी भागी गएकोले कारवाही गरी पाउँ भन्ने नुनुलाल र कपलेश्वरको संयुक्त जाहेरी दर्खास्त । २. पक्राउ भएको दुःखी सदा मुसहर डाँका गर्न गई वारदात भई पक्राउ भएमा र जमील शेषले शनिश्चरलाई गोली हानी मारेमा सावित भई चौधरिया खत्वे, रामफल, भर्ता, जमिल, भगला समेत जाहेरीमा किटान भएका अभियुक्त समेतलाई पोल गरेको कागज । ४. पक्राउ भएको चौधरिया खत्वे डाँका वारदात गरेमा सावित भई अन्य भतियार दुखी मुसहर लगायतलाई पोल गरी गरेको कागज । ५. पक्राउ भएको अच्छालाल मुसहरले चौधरिया खत्वे, दुखीसदा मुसहर समेत अन्य मतियारलाई पोल गर्दै डाँका वारदात गरेमा सावित भई प्रहरीमा गरेको कागज । ६. बुझिएका सम्पूर्ण सरजमीन जना १७ ले जाहेरीमा किटानी गरेका जमिल शेष, भगल शेष, करिया गुल्सनियत मुर्सिद, चौधरिया, अच्छालाल, महन्था, बेचु शेख, लक्ष्मी यादव, रामफल र भर्ता मुसहर समेतलाई डाँका वारदात गरेको अवस्था प्रष्ट देखेका चिनेका छौं तीनै व्यक्ति र नचिनेको स