निर्णय नं. ७६३१ - कीर्ते जालसाजी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६३१ - कीर्ते जालसाजी । भाग: ४७ साल: २०६२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६२/१२/१३ २४९९ निर्णय नं.७६३१ ने.का.प.२०६२ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संबत् २०५७ सालको फौ.पु.नं. ...२६२६ फैसला मितिः २०६२।१२।१३।१ मुद्दाः कीर्ते जालसाजी । पुनरावेदक / प्रतिवादीः जिल्ला मोरङ विराटनगर उप महानगरपालिका वडा नं. १३ बस्ने रमनकुमार मल्लिक समेत बिरुद्ध प्रत्यर्थी / वादीः जिल्ला मोरङ सिसनीजहदा गा.वि.स. वडा नं. ६ बस्ने जितलाल चौधरी § मालपोत कार्यालयबाट सुनाएको निर्णय उपर वादीले प्रस्तुत कीर्ते जालसाज मुद्दाको फिराद दायर गरेको अवस्थामा कीर्ते कागजको १८ नं. को हदम्याद नाघी दायर भएको भन्ने जिकिर मनासिव नदेखिने । § मुद्दा दायर गर्दा वादीले अनुमतिको निवेदन दिई अ.वं. १० नं बमोजिमको कार्यविधि पूरा गरी फिराद दायर गर्दाका अवस्थामा कायम रहेको कार्यविधि कानूनको पालना भएको अवस्थामा २०३४ सालको लिखतको हकमा लिखत पश्चात संशोधन भएको अ.वं. १० नं. को कानूनी व्यवस्था प्रस्तुत मुद्दाका सन्दर्भमा लागू हुँदैन भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.२०) § लेखा तथा रेखा विशेषज्ञको वकपत्रको जिरहमा विशेषज्ञले आफूले पहिले दिएको रायलाई नै पुष्टि गरी वकि लेखाई दिएको स्थितीमा विशेषज्ञलाई साक्षीको रुपमा वकपत्र नगराई सो विशेषज्ञको राय प्रमाणमा ग्रहण गरी गरेको पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा २३(७) को त्रुटि भनी दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिएको आदेशसँग सहमत हुन नसकिने। (प्रकरण नं.२१) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिश कुमार झाल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः– २. जिल्ला मोरङ सिसहनीजहदा गा.वि.स वडा नं. ५ बस्ने सुमित्रा कायस्थ आफ्ना कालगतिले २०३३ साल जेष्ठ महिना तिर र लक्ष्मीनारायण पनि २०३४ साल भाद्र महिनामा परलोक हुन भएको । निजहरुको हकदार कोही नहुँदा निजहरुको सम्पत्ति अपुतालीको १७ नं बमोजिम श्री ५ को सरकारको स्वामित्व कायम भएकोमा विपक्षीहरुले मिलेमतो गरी आफूलाई फाईदा र श्री ५ को सरकारलाई हानी नोक्सानी हुने गरी नकरा सुमित्रा देवी र लक्ष्मी नारायण खडा गरी लिखतका साक्षी समेत नकरा राखि विपक्षी रमन कुमार मल्लिकको बाबु स्व. परशुराम मल्लिकको मिलमतोबाट विपक्षी अश्विनी कुमार धनी र नकरा सुमित्रादेवी ऋणी भै मृतक सुमित्रा देवी नाउँ दर्ताको सिसवनी जहदा गा.वि.स वडा नं. ९ (ख) को कि.नं ८७, ९० को ज.वि २–०–१४ जग्गाको रु १२,०००।– थैली राखी र.नं. ४१८९ मा राजिनामा पारित गरेछन् । विपक्षी रमन कुमार धनी भै सोही अनुसार मृतक सुमित्रा देवी नाउँ दर्ताको ऐ.को कि.नं. ९३ को ज.वि. ०–१८–२ जग्गाको थैली रु. ८००।– राखी र.नं. ४१९१ मा तथा विपक्षी अश्विनी कुमार नै आफु धनी भै नकरा लक्ष्मी नारायण खडा गरी मृतक लक्ष्मी नारायण नाउँ दर्ताको शिसवनी जहदा गा.वि.स वडा नं ९ को कि.नं १०,१५, ८९, १०२ र ८५ समेतको ज.वि. ३–१६–१५ जग्गाको थैली रु. २२,०००।– राखी र.नं. ४१९० मा र विपक्षी सम्झादेवी धनी भै सोही अनुसार मृतक लक्ष्मी नारायण नाउँ दर्ता कै ऐ. वडा नं. ५ को कि.नं.