निर्णय नं. ७९४२ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९४२ - ठगी भाग: ५० साल: २०६५ महिना: असार अंक: ३ फैसला मिति :२०६४/११/०९ ६६१३ निर्णय नं.७९४२ ने.का.प. २०६५ अङ्क ३ सर्वोच्च अदालत , संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री तपवहादुर मगर संवत २०५९ सालको फौ.पु.नं.......३७१२ फैसला मितिः २०६४।११।९।५ मुद्दाः— ठगी । पुनरावेदक वादीः फ्रान्सिने मार्शलको जाहरीले, नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः चितवन जिल्ला रत्ननगर न.पा. वडा नं. ६ वस्ने मोहनवहादुर मैनाली समेत शुरु फैसला गर्नेः जि.न्या. शम्भुवहादुर खडका पुनरावेदन फैसला गर्नेः मा.न्या. लोकेन्द्र मल्लिक मा.न्या. हरिवहादुर वस्नेत § आफ्नो हक नपुग्ने चल वा अचल सम्पत्ति मालिकलाई ललाई फकाई वा जाल परिपञ्च गरी आफ्नो वनाउने तथा धोका दिई जुनसुकै व्यहोराले गफलतमा पारी अर्काको सम्पत्ति लिए दिए वा दिलाउने समेत गरेमा ठगी जन्य क्रिया घटित हुन जाने । § ठगीको वारदात स्थापित हुन अर्काको चल–अचल जुनसुकै अवस्थाको सम्पत्ति भए पनि सम्पत्ति धारकलाई झुक्यान, धोका, गफलत लगायतका परिपञ्चमा पारी लिनु दिनु वा दिलाउनु समेतका काम कुरा गरिएको हुनुपर्ने । § ठगी अपराधको मूलभूत तत्व आफ्नो हक नपुग्ने अर्काको सम्पत्ति स्वामीवाट गैरकानूनी तवरले लिनु दिनु र दिलाउनुसंग सम्बन्धित रहेको देखिन्छ । त्यो गैर कानूनी काम कारवाहीमा ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा सबै तत्व अन्तरनिहित हुन सक्ने । § जाहेरवालीको लगानीवाट रिसोर्ट सञ्चालन गर्न भौतिक पूर्वाधार सहित तयार भई सञ्चालनमा आउने अवस्थामा रहेको विवादित घर, जग्गा सो केही नजनाई निर्मित भौतिक संरचनाको अस्तित्व लोप गरी खेतीको जग्गा भनी जाहेरवालीलाई थाहा जानकारी नदिई अर्का प्रतिवादीलाई राजिनामा गरिदिएको कार्य मुलुकी ऐन ठगीको १ नं. को परिभाषा भित्र पर्ने । (प्रकरण न.१८) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री मिलनकुमार राई केदारप्रसाद दाहाल र हरि फूयाँल प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपाने अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनराबेदन अदालत हेटौडाको मिति २०५८।९।८ को फैसला उपर वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) अनुसार यस अदालवाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– नेपालमा घुम्न आउने क्रममा अशोक अमात्यसँग चिनजानी भै रिर्सोट होटल खोल्न सहमति भए वमोजिम मिति २०५३।१२।१२ मा करार भै मैले दिएको रु.५,९६,४०४/– वाट विपक्षी अशोक अमात्यको नाममा वछयौली गा.वि.स. वडा नं. ३ को कि.नं. ४४३ को ०–१०–० कठ्ठा जग्गा खरिद गरी व्लु लागुन प्रा.लि.को नाममा दर्ता गर्ने सम्झौता भै सो जग्गामा होटल स्वीमिङ पुल लगायतका भौतिक पुर्वाधार तयार गरी संचालन गरी आएकोमा २०५४।८।८ मा सो जग्गा आफ्नो ससुरा मोहन वहादुर मैनालीलाई राजिनामा गरी ठगीको १ नं. विपरीत अपराध गरेको हुँदा सो जग्गा खरिद गर्न दिएको रु.५,९६,४०४/– र निर्माण गरेको भवन, स्वीमिङ पुलमा खर्च भएको रु.२४,८०,०००।– गरी जम्मा रु.३०,७६,४०४/– ठगी भएको रुपैया विपक्षीहरुवाट दिलाई भराई विपक्षीहरु लाई सजाय गरिपाऊँ भन्ने २०५४।११।१० को फ्रान्सिने मार्शलको जाहेरी । २०५४।८।८ मा रु.८०,०००/– मा अशोक अमात्यवाट कि.नं. ४४३ को ०–१०–० जग्गा खरिद गरेको छु । उक्त जग्गामा जाहेरवालाले लगा