निर्णय नं. ४१०९ - परमादेश मिश्रित उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१०९ - परमादेश मिश्रित उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/०३ २६०८ निर्णय नं. ४१०९ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रि.नं. २४६८ आदेश भएको मिति : २०४७।२।३।५ मा निवेदक : रा.प.द्वि.श्रेणी (प्रा.) इन्जि.सेवा सर्भे समूह अन्तर्गत सहायक निर्देशक पदमा कार्यरत रामनरेश सिंह विरुद्ध विपक्षी : श्री लो.से.आ., काठमाडौंसमेत विषय : परमादेश मिश्रित उत्प्रेषण (१) ऐनको व्याख्या गर्दा भाषा प्रष्ट छ भने त्यस्को सरल र स्वाभाविक अर्थ जे निस्कन्छ सोही अर्थ गर्नु पर्ने । (प्रकरण नं. २९) (२) के कति कारणले उजूरी आधारहीन ठहरियो सो को कारण समेतको जानकारी दिएको पाईंदैन, यस्तो सूचनालाई कानुन अनुकूलको सूचना भन्न नमिल्ने । (प्रकरण नं. ३१) रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात, विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री हरिशंकर निरौला अवलम्बित नजीर : गोपालप्रसाद काफ्ने विरुद्ध लो.से.आ. केन्द्रीय कार्यालय समेत भएको विषय उत्प्रेषण, ने.का.प. २०४२, अंक ६, पृष्ठ ५३५ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.हरगोविन्द सिंह १. नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. इन्जिनियरिङ सेवा सर्भे समूह अन्तर्गतको राजपत्रांकित अधिकृत तृतीय श्रेणी (प्रा.) को सेटलमेण्ट अधिकृत पदमा विकास योजना अवधिसम्मको लागि लो.से.आ. को सिफारिशमा नियुक्त भई मिति २०१५।६।१२ देखि सेवामा प्रवेश गरी मिति २०१९।११।१ देखि सो पदमा विकासबाट साधारणमा परिणत भई सोही मिति देखि स्थायी भई मिति २०३६।२।७ को निर्णयानुसार सोही समूह अन्तर्गत प्रमुख नापी अधिकृत रा.प. द्वितीय श्रेणी (प्रा.) पदमा बढुवा समेत भई सेवा गरी आएको थिएँ । यसरी इन्जिनियरिङ सेवा सर्भे समूहमा कार्यरत भई सेवा गरी आएकोमा इन्जिनियरिङ सेवा सर्भे समूह रा.प. प्रथम (प्रा.) पद दुई आन्तरिक मूल्यांकनद्वारा बढुवा हुने भन्ने सम्बन्धी सूचना नं. ५६८।०४२ को लो.से.आ. को सूचना गोरखापत्रमा समेत मिति २०४३।१।३ मा प्रकाशित भएको र नि.से.नि. (संशोधन सहित) नियमावली, २०२१ को नियम ३.३ (८) तथा ३.३.८(क) बमोजिम निवेदकको नोकरी अवधि समेत पुगेकोले संभाव्य उम्मेदवार भई दर्खास्त फाराम भरी म्याद भित्रै लो.से.आ. मा दाखिला गरेको थिएँ । यस्तैमा विपक्षी नं. ५ बाट मिति २०४३।११।२७ को गोरखापत्रमा बढुवाको सूचना प्रकाशित भएको र सो सूचनामा देहाय बमोजिमको योग्यता क्रमानुसारका उम्मेदवारलाई बढुवाको लागि सिफारिश गर्ने बढुवा समितिले निर्णय गरेको हुँदा नि.से.नि. ३.५(९) र (१०) को प्रयोजनको निमित्त यो सूचना प्रकाशित गरिएको भन्ने समेत उल्लेख भई देहायमा इन्जिनियरिङ सेवा सर्भे समूहको रा.प. प्रथम श्रेणी (उपमहानिर्देशक) को पदमा विपक्षी नं. ६ र ७ को नाम तथा प्राप्ताड्ढमा २१४.१७८ भन्ने समेत उल्लेख भई निवेदकको नाम उल्लेख भएन । नि.से.नि. अनुसार गणना गर्नु पर्ने लब्धांकको आधारमा मेरो नाम प्रकाशित हुनु पर्नेमा किन भएन भनी विपक्षी नं. ५ मा गई नि.से.नि. अनुसार कार्य सम्पादन मूल्यांकनको प्राप्ताड्ढ बाहेक अन्य प्राप्ताड्ढ हेर्दा, ज्येष्ठता वापत ४४.९०४, शैक्षिक योग्यता बापत ३२, सेवाकालीन तालीम बापत ८, विशेष जिम्मे