निर्णय नं. ४१११ - लिखत दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१११ - लिखत दर्ता बदर भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४६/१२/२८ २७५६ निर्णय नं. ४१११ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.विविध नं. ५९ फैसला भएको मिति : २०४६।१२।२८।३ मा निवेदक/वादी : खोटाङ जिल्ला बतासे गा.पं. वा.नं. १ बस्ने लक्ष्मीदेवी भुजेलसमेत विरुद्ध विपक्षी/प्रतिवादी : खोटाङ जिल्ला बतासे गा.पं. वा.नं. ४ बस्ने श्यामलाल श्रेष्ठसमेत मुद्दा : लिखत दर्ता बदर (१) अंशबण्डाको १९(२) ले सो दफाको व्यवस्था भित्र परेमा बाबुले एकासगोलका एक भन्दा बढी स्वास्नी भएकै भए पनि सो व्यवस्थाले बन्देज लगाए बमोजिम गरी दान बकस गरी दिन बाहेक अरु किसिमले दान बकसको १ नं. बमोजिम दान बकस गरी दिन हक दिएकै देखिने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.हिरण्येश्वरमान प्रधान १. पू.क्षे.अ. को मिति ०४४।१२।२।३ को इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी वादी पक्षले श्री ५ महाराजाधिराज सरकारका हजूरमा दिएको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए पू.क्षे.अ. बाट छिनिएको बिन्तिपत्रमा लेखिएको लिखत दर्ता बदर भन्ने मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. भए बमोजिम यस अदालतको मिति ०४५।६।८।३ को आदेशले दर्ता हुन आएका प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. म लक्ष्मीदेवीका पति तथा हामी नरेन्द्रबहादुर, मानबहादुर, कुशकुमार समेतका पिता विपक्ष पहलमान भुजेल र निजकी जेठी श्रीमती उर्मिला भुजेल निज उर्मिला भुजेलपट्टिका छोरा कृष्णकुमार भुजेल –१ समेत ७ जना अंशी अहिलेसम्म छुट्टी भिन्न नभई सगोलमा रहे बसेका अंशी हौं । थुम दिपरुङ माने समेतका मौजाका जि.पदमबहादुर जिम्मा सनमान कार्की नाउँमा दर्ता भई निजबाट डम्बरप्रसाद रेग्मीले राजीनामा गरी लिई निजबाट ०३०।३।२६ मा सो हाम्रा पति पिता विपक्षी पहलमानले हाम्रा सगोलको सम्पत्तिबाट राजीनामा गरी लिई हामी समेत सगोलमा बसी खाए भोगेको श्यामबहादुरको साँध पश्चिम तपाई भनेको हाम्रै साँध पूर्व अर्जुनबहादुर साँध दक्षिण, वायुयान कुलो उत्तर यति ४ किल्ला भित्र माटो मुरी ।४७।७।७ मध्ये माटो मुरी ।२२ को ६४ गरी भन्ने दोभान ६४ खेत निज विपक्षी पति पहलमान भुजेलले अंश नभएका सगोलका हामी र निजकी अर्की श्रीमती उर्मिला भुजेल समेत कसैलाई थाहा नदिई हाम्रो मन्जूरी नलिई सिर्फ हामी सौता तथा सौतेनी आमा पट्टिको छोरा कृष्णकुमार भुजेललाई मात्र साक्षी राखी विपक्षी श्यामलाल श्रेष्ठलाई ०४०।१२।२० मा सोही मिति देखि खाने गरी बक्सपत्र गरी दिए लिएछन । सो बकसपत्र गरी लिएको जग्गा विपक्षी श्यामलाल श्रेष्ठले १ नं. नापी गोश्वारामा सर्भे नापी टोलीमा साविक बतासे गा.पं. वार्ड नं. ३ को कि.नं. २४९ मा ०४२।१०।२२ मा फिल्डबुक क्षेत्रीय किताबमा दर्ता समेत गरेपछि सो जग्गा हामीले खानु भोग्नु गरी रहेकोले हामीलाई कुनै कुरा थाहा थिएन । सो माथि लेखिएको जग्गा बक्सपत्र गरी लिए दिएको र विपक्षी श्यामलालले नापीमा दर्ता समेत गराइसकेछन् । हाम्रा तपसीलका साक्षीले हामीलाई ०४२।४।१८ गते बताएकाले नापी गोश्वारामा उक्त माथि लेखियानुसार जग्गा विपक्षी श्यामलालको नाउँमा ०४०।१०।२२ मा दर्ता गराइसकेको बुझी विपक्षीहरुले बकसपत्र लिनु दिनु गरेको लिखत ०४२।५।१७ मा खोटाङ माल कार्यालयबाट सारी