निर्णय नं. ७६३३ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६३३ - कर्तव्य ज्यान । भाग: ४७ साल: २०६२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६२/१२/१३ ३०५७ निर्णय नं.७६३३ ने.का.प.२०६३ अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत ०६१ सालको फौ.पु.नं. –– ३३७६ सम्बत २०६१ सालको साधक नं. ––२८९ फैसला मितिः २०६२।१२।१३।१ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक / प्रतिवादीः गुल्मी जिल्ला दिमाग गा.वि.स. वडा नं. ७ घर भई हाल गुल्मी कारागारमा थुनामा रहेका नरेश वस्नेत बिरुद्ध प्रत्यर्थी / वादीः अमृता वस्नेतको जाहेरीले श्री ५ को सरकार वादीः अमृता बस्नेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः गुल्मी जिल्ला दिमाग गा.वि.स.वडा नं. ७ मा घर भई हाल कारागार शाखा थुनामा रहेका नरेश बस्नेत § प्रतिवादीले एक पटक नभई पटक पटक प्रहार गरी मृतकलाई मारेको अवस्थामा डिप्रेशन रोगवाट पीडित भएको भन्ने दावी मनासिव देखिन नआउने । § प्रमाण ऐन, २०३१ अनुसार एक पक्षले लगाएको अभियोग अर्को पक्षले लिखित रुपमा स्वीकार गरेको अवस्थामा थप प्रमाण बुझ्न नपर्ने । § प्रतिवादीको बयानमा नै श्रीमतीसंग रातभर झगडा भएको कारण बिहानपख श्रीमती घर छोडी हिडेकाले सधै भरी झगडा गर्नु भन्दा मार्नु वेस भनी मारेको भनी स्पष्ट रुपमा अभियोग स्वीकार गरेको र सो कुरा किटानी जाहेरी दरखास्त एवं वस्तुस्थिती मुचुल्काका मानिसहरुले गरिदिएको बकपत्रबाट समेत पुष्टी भएको अवस्थामा वारदात घटाउन निज प्रतिवादीको मनसाय थिएन भन्न सक्ने अवस्था नहुने । § अस्पताल जाँचवाट मानसिक अवस्था ठीक छ भन्ने उल्लेख भएको र लखेट्दै गई वन्चरो जस्तो सांघातिक हतियारले तीन चार पटक घाँटी र टाउको जस्तो संवेदनशिल अंगमा प्रहार गरी मारेको स्थितीमा मनसाय तत्वको विद्यमानता थिएन भनी मान्न नमिल्ने हुँदा अ.वं. १८८ नं. को प्रयोग गरी कम सजाय गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१९) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत वुटवलको मिति २०६१।२।२६ गतेको फैसला उपर पुनरावेदन अदालत न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन दायरीमा दर्ता भई र ऐ. ऐनको दफा १० बमोजिम साधक जाँचका लागी साधक दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. २०५९।८।२९ गते साँझ खाना खाई म समेतका परिवार सुतेका थियौं । राती दाजु नरेश र भाउजु रोमा वीच घरायसी कुरावाट मनमुटाव भएछ र दाजु नरेशले भाउजु रोमालाई कुटपिट गरी भाउजु भाग्दा तरकारी वारीमा धारिलो हतियारले हानी काटी कर्तव्य गरी मारेकोले सजाय कारवाही गरिपाऊँ भन्ने जाहेरी । ३. लाशको घाँटीमा क्षत बिक्षत अवस्थामा काटिएको भन्ने लाश प्रकृति मुचुल्का । घाँटी तथा नाक मुखमा लागेको घाउको कारणवाट रक्तश्राव भै मृत्यु भएको भन्ने पोष्ट मार्टम रिपोर्ट । ४. श्रीमती रोमाले तपाईले घरमा काम पनि नगर्ने कतै नोकरी गर्न पनि नगर्ने भनी भनी रहेको र ०५६।८।२९ को राती कोठामा सुत्न गएपछि सधै झै गाली गर्ने कुपिट गर्ने र अव वस्दिन भनी कोठावाट भाग्न लाग्दा मलाई रिस उठी घरको कोठीमा राखेको वन्चरो समाई जाँदा तरकारी वारीमा उतानो परी लडेको अवस्थामा मैले वन्चरोले हानी काटी मारेको हुँ भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज । ५. नरेश वस्नेतले आफ्नी श्रीमतीलाई वन्चरोले हानी काटी मारेको भन्ने देवीप्रसाद पाण्डे, बिष्णुप्रसाद न्यौपानेको छुट्टा छुट्टै क