निर्णय नं. ४११२ - बाली लुटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४११२ - बाली लुटपीट भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/०६ २४२६ निर्णय नं. ४११२ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ५२४ फैसला भएको मिति २०४७।२।६।१ मा पुनरावेदक/वादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने दीपककुमार कार्की विरुद्ध विपक्षी/प्रतिवादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने भिमप्रसाद गौतमसमेत मुद्दा : बाली लुटपीट (१) अर्काको हकको जग्गाको बाली गैरकानुनी तवरले खाएकोलाई बाली लुटपीट गरेको मान्नु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री शंकर निरौला विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.हिरेण्यश्वरमान प्रधान १. पू.क्षे.अ. को मिति २०४५।३।१३ को फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. हरिलक्ष्मी श्रेष्ठले मिति २०४१।१२।२६ गते मबाट रु.३५,५००।– लिई निज नाउँ दर्ताको जि. उदयपुर कटारी गा.प. वा.नं. (ख) कि.नं. २१५ मध्येबाट ज.वि. १–०–० र कि.नं. २१७ मध्येबाट ज.वि. १–५–६ समेत २–५–६ जग्गा राजीनामा पारित गरी लिंदा कित्ताकाट भई कि.नं. २५८ र २६१ कायम भई सो मध्ये ०–४–० मा धानको बीउ राख्न बाँकी राखी अरु जग्गामा मकै बाली लगाई पाकी तयार भए पछि २०४२।३।२५ गते विपक्षीहरुले खेताला समेत लगाई मकै बाली लुटी लगेका हुँदा मकै बाली १३ को हुने बिगो रु. २०८०।– भराई सजायँ समेत गरी पाउँ भन्ने समेत वादीको फिराद दावी छ । ३. वादी दावीको विवादित कि.नं. २१५ र २१७ को जग्गा कटारी गा.पं. वा.नं. ४ मा पर्दछ सो ४७ नं. मौजे ठूलो ददरियाको हो उक्त जग्गा प्र.मध्ये भिमप्रसाद गौतमले खनजोत गरी हकभोग स्वामित्वमा छ विपक्षीको दर्ता हरिलक्ष्मीको जग्गा ४६ नं. मौजे सानो ददरीयाको जग्गा हो विवादित कि.नं. २१५ र २१७ को जग्गा वादीको दाताकै हकदैया नभएको जग्गामा वादीको हकदैया कदापि हुन सक्दैन अ.बं. ८२ नं. ले खारेज गरिपाउँ । हामीले विपक्षीको जग्गाको बाली लुटपीट गरेका छैन होइन भन्ने समेत प्र.पदम शंकर गौतम समेत ४ जनाको संयुक्त प्रतिउत्तर जिकिर रहेछ । ४. वादी दावीको जग्गाको बाली प्रतिवादीहरुले लुटपिट गरी खाएको ठहर्छ भन्ने समेत २०४२।११।३ को उदयपुर जिल्ला अदालतको फैसला । ५. वादी दावी बमोजिम लुटपिट गरेको ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुँदा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन जिकिर । ६. वादी दावी बमोजिम कुटपिट गरेको ठहराई शुरुबाट भएको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराजबेञ्चको मिति ०४३।७।२३ को फैसला । ७. वादी दावी बमोजिम लुटपिट गरेको ठहराएको फैसला त्रुटीपूर्ण हुँदा चित्त बुझेन उक्त फैसला बदर गरी हक इन्साफ पाउन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादीको निवेदनपत्र । ८. यसै लगाउको नि.नं. २२१ को हक कायम निर्णय दर्ता बदर मुद्दामा पुनरावेदनको अनुमति प्रदान भएकोले यसमा पनि न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३ (४) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत मिति २०४४।८।११ को आदेशपत्र । ९. यसमा लगाउको दे.पु.नं ६०९ को हक कायम निर्णय दर्ता बदर दर्ता मुद्दामा फिरा