निर्णय नं. ८७४८ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७४८ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०८/२० ३७९८ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७४८ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री भरतराज उपे्रती रिट नं. २०६७–WO–०३६९ आदेश मितिः २०६८।८।२०।३ विषयः– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जि. ललितपुर, ललितपुर उपमहानगरपालिका झम्सीखेलस्थित खिम्ती सर्भिसेज प्रा.लि. का तर्फबाट अधिकार प्राप्त गरी आफ्नो हकमा समेत सोही कम्पनीका कार्यकारी अध्यक्ष रमेशकुमार श्रेष्ठ विरुद्ध विपक्षीः श्रम अदालत समेत § कामदार कर्मचारीको थप माग नगरेको र नियुक्तिपत्रको शर्तबमोजिम करार अवधि व्यतीत भइसकेको अवस्थामा कम्पनी आफैँले सेवा करारको अवधि थप गरी सेवालाई निरन्तरता दिनुपर्ने भनी मान्न नसकिने । (प्रकरण नं.८) § कानूनअनुरूप दर्ता भई खडा भएका कम्पनीहरूबीच भएको करारलाई बनावटी (Bogus) भन्न युक्तिसंगत नहुने । (प्रकरण नं.९) निवेदकका तर्फबाट विद्वान अधिवक्ताहरू निर्भयराज पौडेल र खम्बबहादुर खाती विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी, विद्वान अधिवक्ता रमेश वडाल सम्बद्ध कानूनः § श्रम ऐन, २०४८ को दफा ४(२), ७, १०, १२, १२(३), (४) आदेश प्र.न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत रिट निवेदनको तथ्य एवं निर्णय यसप्रकार छः– रिट निवेदक कम्पनी अन्य कम्पनीहरूसँग सम्झौता गरी विभिन्न प्रकारका जनशक्ति उपलब्ध गराउने उद्देश्यले स्थापित भएको हो । हालसम्म हिमाल पावर लिमिटेडसँग करार सम्झौता गरी विभिन्न कामदार एवं कर्मचारी उपलब्ध गराउँदै आएकोमा सो अन्तर्गत विपक्षीमध्येका धु्रवप्रसाद फुयाँललाई मिति २०६३।१०।१ देखि २०६५ असार मसान्तसम्म र मेघराज दाहाललाई २०६२।९।१ देखि २०६४ असार मसान्तसम्मको लागि करारमा नियुक्ति गरिएको थियो । उक्त अवधिभित्र प्रोजेक्टको काम समाप्त नभएकोले दुवै जनालाई २०६५ मंसिर मसान्तसम्मको करार अवधि थप गरिएको र सो पछि निजहरूको करार समाप्त भएको थियो । हालसम्म हिमाल पावर लिमिटेडले र अन्य कम्पनी समेतले कामदार माग नगरेको कारण सबै कामदार कर्मचारीहरू कामबाट हटिसकेका छन् । कम्पनीसँगको करार अवधि समाप्त भइसकेपछि निजहरूले २०६६।१।२४ मा श्रम अदालतमा पुनरावेदन दर्ता गराएको र विपक्षी श्रम अदालतले पूर्वाग्रही भई श्रम ऐन, २०४८ को गलत व्याख्या गरी विपक्षीहरूको पुनर्बहाली हुने भनी मिति २०६६।१२।२३ मा फैसला गरेको रहेछ । सो फैसला गर्दा श्रम अदालतले विपक्षीहरूको नियुक्तिपत्र हेरी धु्रवप्रसाद फुयाललाई २०६३।१०।१ देखि लागू हुने गरी २०६५ असार मसान्तसम्म र मेघराज दाहाललाई २०६२।९।१ देखि लागू हुने गरी २०६४ मसान्तसम्मका लागि नियुक्ति दिएको देखिएको र निजहरूले २०६५ चैत मसान्तसम्म हाजिर गरेको भन्ने आधार लिएको रहेछ । नियुक्ति पाएका विपक्षीहरूले श्रम ऐन, २०४८ को दफा ४ को उपदफा (२) को स्पष्टीकरण खण्डद्वारा निर्दिष्ट २४० दिन पूरा गरेको र नियुक्तिपत्रमा कुन प्रकारको सेवा (स्थायी वा अस्थायी) मा करारमा लिएको भन्ने नखुलाएको अवस्था हुँदा ऐनको दफा १० बमोजिम सेवाको सुरक्षा प्राप्त गर्ने कर्मचारी देखिएको हुँदा दफा १२ बमोजिम कटौतीमा परेको वा परिच्छेद् ८ अन्तर्गत खराब आचरण गरेको वा श्रम नियमावली, २०५० को नियम २१ बमोजिम शारीरिकक अस्वस्थता प्रमाणित भएको वा कम्पनी नै खारेजमा परेको वा उमेरको हदले अवकाश प्राप्त ग