निर्णय नं. ४११३ - जग्गा खिचोला चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४११३ - जग्गा खिचोला चलन भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/०६ २४६८ निर्णय नं. ४११३ ने.का.प.२०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ७४५ फैसला भएको मिति : २०४७।२।६।१ मा पुनरावेदक/वादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने विष्णुमाया कार्की विरुद्ध विपक्षी/प्रतिवादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने भिमप्रसाद गौतमसमेत मुद्दा : जग्गा खिचोला चलन (१) अर्काको हकको जग्गामा हक नै नपुग्ने व्यक्तिले गरेका जोत्ने, बाली लिने जस्ता कार्यलाई खिचोला नै मान्नु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री शम्भू थापा फैसला न्या.हिरेण्यश्वरमान प्रधान १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१६ को फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. हरिलक्ष्मी श्रेष्ठले म बाट थैली रु.४५,५००।– लिई निज नाउँ दर्ताको जि.उ. कटारी गा.पं. वा.नं. ४(ख) कि.नं. २१५ को २–८–१० मध्ये दक्षिण तर्फबाट १–८–१० र कि.नं. २१६ को १–७–३, कि.नं. २१७ को १–१३–१६ मध्ये पूर्वतर्फबाट ०–८–१० समेत ३–४–३ जग्गा २०४१।१२।२६ गते राजीनामा दा.खा. गराई लिई भोगी आएको कित्ता काट हुँदा कि.नं. २५९, २६०, २१६ कायम भएको मैले उक्त जग्गामा बाली लगाई पाकी तयार भएपछि प्रतिवादीहरुले २०४२।३।२४ गते लुटपीट गरी लगेकाले नालेस दिई राखेको २०४२।३।२६ गते वादी प्रतिवादीहरुले नचिनेका समेत भई १६ हल गोरु ल्याई उक्त जग्गा जोती जग्गामा खिचोला गरेकाले खिचोला मेटाई चलन समेत चलाई पाउँ भन्ने फेराद । ३. वादी दावीको कि.नं. २१५, २१६, २१७ को जग्गा प्रतिवादी मध्ये भिमप्रसादको हकभोगको जग्गा हो । उक्त कित्ताका जग्गामा विपक्षीले बाली लगाएको तथा हामीले खिचोला गरेको तथ्यपूर्ण रुपले निराधार प्रमाणित हुन्छ । कटारी गा.पं. वा.नं. ४(ख) कि.नं. २१५ को २–८–१० मध्ये ०–१०–० मात्र बाँकी भई अरु जग्गा २०२० साल देखि नै तावा कमला नदीले कटान गरी हालसम्म खोलो हिंडिरहेको र लालपूर्जा मात्र छ । त्यस्तो जग्गाको बाली लुटे जग्गा जोती खिचोला गरे भन्ने समेत झुठा हो भन्ने व्यहोराको संयुक्त प्रतिउत्तरपत्र । ४. आजै किनारा भएको द.नं. १२८ को वादी यिनी भिमप्रसाद प्रतिवादी यिनै हरिलक्ष्मी वादीको दर्ता भएको मुद्दामा फिराद दावी खारेज हुने ठहरी फैसला भएको देखिँदा प्रतिवादीको जग्गामा हक सम्बन्धी प्रश्नै भएको नदेखिएकोले जग्गा नै मेरो हो भन्ने प्रतिवादीको जिकिर मनासिब देखिएन । त्यस्तो जग्गामा प्रतिवादीहरुले अनाधिकार गरेको खिचोला मेटाई वादी दावी बमोजिमको जग्गाको वादीले चलन समेत चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४२।११।३ गतेको शुरु उदयपुर जिल्ला अदालतको फैसला । ५. शुरु उदयपुर जिल्ला अदालतबाट वादी दावी बमोजिम खिचोला मेटाई चलन समेत चलाई पाउने ठहराई भएको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन । ६. वादी दावी बमोजिम खिचोला मेटाई वादीले चलन चलाई पाउने समेत ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला मनासिब देखिँदा सो मा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने श्री सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको मिति