निर्णय नं. ४११४ - हक कायम निर्णय दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४११४ - हक कायम निर्णय दर्ता बदर दर्ता भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/०६ २५२५ निर्णय नं. ४११४ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ७४० फैसला भएको मिति : २०४७।२।६।१ मा पुनरावेदक/प्रतिवादी : जि.उदयपुर गाइघाट गा.पं. वा.नं. ४ बस्ने हरिलक्ष्मी श्रेष्ठ विरुद्ध विपक्षी/वादी : जि.उदयपुर त्रिवेणी गा.पं. वा.नं. ७ बस्ने भिमप्रसाद गौतम मुद्दा : हक कायम निर्णय दर्ता बदर दर्ता (१) अड्डामा रहेको श्रेस्ताबाट देखिएको कुरामा उजुर परी अन्यथा ठहर्न आएको अवस्थामा बाहेक अड्डाको श्रेस्ताबाट देखिएको कुरालाई निवेदन नआएको कारणबाट मान्यता नपाउने भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.हिरण्येश्वरमान प्रधान १. पू.क्षे.अ. को मिति २०४५।३।१६ को फैसला उपर पनुरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. जिल्ला उदयपुर कटारी गा.पं. वार्ड नं. ४(ख) कि.नं. २२६, २१५, २१६, २१७ को जग्गाको धनी पुर्जा पाउँ भनी भू.सु.का. उदयपुरमा निवेदन दिएकोमा उक्त जग्गाको धनी पुर्जा पाउँ भनी विपक्षीले पनि निवेदन दिएको रहेछ । विपक्षीले सानो ददरिया मौजाको ४६ नं. को रसिद पेश गरेको रहेछ । सो ४६ नं. मा ०–५–० मात्र जग्गा छ कि.नं. २१५, २१६, २१७ को जग्गा ४७ नं. मौजे ठुलो ददरियाको जग्गा हो यसरी उक्त कि.नं. २१५, २१६, २१७ को जग्गा म भिमप्रसादको हो भनी उदयपर मालपोत कार्यालय समेतबाट भएको सरजमीन समेतले उल्लेख गरेकोमा विवाद परेको जग्गामा हक कायम गराई ल्याउनु भनी आदेश हुनु पर्नेमा सो नगरी विपक्षीका नाउँमा दर्ता गरिदिने ठहर्याएको मिति २०४५।४।२ तथा २०४१।१२।११ को मालपोत कार्यालय उदयपुरको निर्णय बदर गरी मेरा नाउँमा दर्ता गराई पाउँ भन्ने समेत वादीको फिराद दावी छ । ३. वादी दावीको जग्गा मैले मिति २०२९।२।२७ र २८ गते सर्भे नापीमा दर्ता गराइसकेकोले ज.ध.प्र.पुर्जा लिन बाँकी भएकोले निवेदन दिएको थिएँ वादीले जग्गा दर्ता गराइएको मितिले ज.मि. को १८ नं. बमोजिम २ वर्ष भित्र नालेस गर्नु पर्नेमा म्याद नघाई ०४२ सालमा पर्न आएको वादी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर रहेछ । ४. म्याद नघाई परेको उजुरीबाट इन्साफ दिन नमिल्ने भएकोले अ.बं. १८० नं. बमोजिम यो नालेस खारेज हुने ठहर्छ भन्ने समेत शुरु उदयपुर जिल्ला अदालतको मिति ०४२।११।३।६ को फैसला । ५. वादी दावी खारेज गर्ने गरेको शुरु उदयपुर जिल्ला अदालको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन हक इन्साफ पाउँ भन्ने समेत वादीको पुनरावेदनपत्र । ६. म्यादको अभावमा शुरुले खारेज गर्ने गरेको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराजबेञ्चको मिति ०४३।७।२३ को फैसला । ७. शुरु जिल्ला अदालतले खारेज गर्ने गरेको इन्साफ मनासिब ठहराएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसला उपर चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत निवेदनपत्र । ८. हदम्याद नाघेको भनी फेराद खारेज हुने ठहराएको शुरु उदयपुर जिल्ला अदालतको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालत राज