निर्णय नं. ४११५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४११५ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०३/२८ २४८२ निर्णय नं. ४११५ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४७ सालको फौ.सा.नं. १०९ फैसला भएको मिति : २०४७।३।२८।५ मा वादी : ठाइला तामाड्डको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : का.जि.थानकोट बस्ने कमला तामाड्ड मुद्दा : कर्तव्य ज्यान (१) जाहेरवालाको श्रीमती मृतकसंग प्रतिवादीको लोग्नेको करणी लिनु दिनु हुँदै आएको, वारदातको दिन पनि प्रतिवादीकै सामु सो कृया भइरहेको, सो कार्यबाट असह्य भई तत्काल उठेको रिसको कारण, मृतक उपर फलामे खुर्पाले प्रहार गर्दा मृत्यु हुन गएको देखिन्छ, सो को पुष्टि प्रतिवादीको बयानबाट हुन्छ, यद्यपि मृतकको मृत्यु अन्य कुनै कारणबाट भएको भन्ने कुरा मिसिल संलग्न कागजबाट नखुलेको, मृतकलाई मार्नु नै पर्ने पूर्व नियोजित र मनसाय पूर्ण कार्य प्रतिवादीबाट भए गरेको थियो भन्ने कुरा वादी श्री ५ को सरकारबाट पुष्टि हुन नसकेकोबाट आफ्नो पति परस्त्रीसंग करणी लिइरहेको स्थिति अवस्थामा, नारी असह्य क्रोधित नभई रहन नसक्ने, सोही कारण उठेको रिस थाम्न नसकी, प्रतिवादीले मृतकलाई खुर्पा प्रहार गरी मारेको स्थिति अवस्थामा, दावी बमोजिम नै सजायँ गर्दा न्यायको दृष्टिमा मनासिब पर्न जाने नहुँदा अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई कैद वर्ष ६ को सजायँ हुने । (प्रकरण नं. १५) फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति २०४७।१।२५ को फैसला उपर साधक निकाशाको लागि मिसिल प्राप्त हुन आई साधकको लगतमा दायर भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथ्य एवं निर्णय निम्नानुसार छ । २. २०४३।५।२४ गते मेरो श्रीमतीलाई पहिला देखिकै रिसइवीबाट कमला लामाले खुर्पाले काटी मारेकाले अन्य को को भई मारेको हो निजैबाट खुलाई कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ठाइला तामाड्डको २०४३।५।२५ को जाहेरी दर्खास्त । ३. मृतकको बाँया हातको माथि पञ्जामा ३” लामो हाड समेत भेट्ने गरी काटेको घाउ दाहिने हातको हत्केलामा भित्री भाग समेत देखिने गरी ४” लामो काटेको घाउ मृतकले लगाएको कपडा खोली हेर्दा घुच्चुकमा ३” लामो १” चौडा २” गहिरो काटेको घाउ समेत देखिएको भन्ने समेतको २०४३।५।२५ को घटनास्थल एवं लाश प्रकृति मुचुल्का । ४. २०४३।५।२४ गते बिहान ६ बजेको समयमा मेरो श्रीमान कृष्णबहादुर र ठूलीमायाले करणी गर्न ठीक परेको देखी सकेपछि लोग्ने झ्यालबाट हामफाली भाग्नु भयो ठूलीमायालाई भर्याड्डको डिलमा रहेको फलामे खुर्पा टिपी बायाँ हातले टाउको समाती खुर्पाले ३ पटक घाँटीमा बेस्सरी काटे । निज कराउँदै छट्पटाउँदै भर्याड्डबाट तल ओर्लिएको हुँदा मरेकी रहेनछ भनी फेरि ६–७ पटक जता पायो त्यतै हानी काटेपछि निज भुँईमा लडिन भन्ने समेत व्यहोराको कमला तामाड्डनीले प्रहरीमा गरेको बयान । ५. काठको बिंड भएको १३ इन्च लामो फलामको खुर्पा बरामत भएको मिति ०४३।६।३ को बरामदी मुचुल्का । ६. टाउको र शरीरका विभिन्न भागमा चोट भएकोले ज्यादा रक्तस्राव समेत भई मृत्यु भएको देखिन्छ भन्ने समेतको लाश जाँच प्रतिवेदन । ७. कमला तामाड्डनीले ठूलीमाया तामाड्डनीलाई काटी मारेको भन्ने सुनेकोले निजैले मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको २०४३।६।२२ को सरजमीन मुचुल्का । ८. जाहेरी दर्खास्त, घटनास्थल एवं लाश प्रकृति मुचुल्का, अभियुक्त कमलाको बयान, बरामदी मुचुल्