निर्णय नं. ४११६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४११६ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: असार अंक: ३ फैसला मिति :२०४७/०२/२९ २३११ निर्णय नं. ४११६ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ५८२ फैसला भएको मिति : २०४७।२।२९ मा पुनरावेदक/वादी : यतिमान सुनुवारको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.उदयपुर सोरुड्ड छविसे गा.पं. वा.नं.२ बस्ने विष्णुबहादुर सुनुवारसमेत मुद्दा : कर्तव्य ज्यान (१) आपसमा कुटाकुट झगडा भई मर्ने भागेबाट कुटपिटकै जोशमा लखेट्दै गई जाहेरवालाको घरबाट पक्री ल्याउँदा मर्नेले खुकुरीले समेत प्रहार गरेबाट तत्काल अरु रीसको बेग उठी लाठा ढुंगाले हाने कुटेको चोटबाट मरेको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिमको अपराध सम्म कायम गरी सोही बमोजिम सजायँ गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २५) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित फैसला न्या.हिरण्येश्वरमान प्रधान १. पू.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरो पत्नीको पहिला लोग्नेतर्फको कान्छी छोरा लेखबहादुरलाई निजको ठूला बाबुको छोरा वेग बहादुर सुनुवार–१, विष्णुबहादुर सुनुवार १ समेतले अंश नदिई फिराद दिई जिती लेखबहादुरले भोग गरी आएको जग्गाको बाली सालै पिच्छे विपक्षीहरुले लुटपिट गरी खाएका थिएँ यही २०४२।४।२६ गते बिहान ६ बजे म समेत मकै भाँच्न र ढोड काट्न मकै बारीमा गएका थियौं । अं. ८ बजेको समयमा लेखबहादुरलाई प्रतिवादी बेगबहादुर, विष्णुबहादुर, निजको आफ्नो ससुरा रविलाल समेतले लेखबहादुर कै मकैवारीमा ढुंगा लाठीले कुट्न लाग्दा ज्यान बचाउन लेखबहादुर भाग्दै मेरो घर भित्र पसी आग्लो लगाई बसेको अवस्थामा आग्लो भाँची दैलो खोली भित्र पसी घिसार्दै कुट्दै बाटोमा ल्याएछन । सो अवस्था गाउँ कै पञ्चमाया आई मानिसलाई यसरी नकुट भनी मनाही गर्दा हामीलाई पनि कुटेको छ भनी अन्यायी मध्ये वेगबहादुरले भनी सबै भागेछन् । लेखबहादुरको दाहिने खुट्टा भाँचिएको शरीरको विभिन्न भागमा निलडाम थियो । मलाई सीतल ठाउँमा लैजाउ भनी मृतकले भनेपछि पञ्चमाया र निजकै देवर समेत भई मेरो घर दलानमा लगी मलाई खबर गरी म समेत जम्मा भेला भई सोधपुछ गर्दा वेगबहादुर समेतले कुटपिट गरे पैसा खोजी मलाई डाक्टरकहाँ लैजाउ भने दिउँसो लैजानु पर्छ अहिले सुरक्षित साथ राख्नु भनी गा.पं.स. समेतले भनेको हुँदा मेरो मटानमा राखेपछि सिरान लगाई देउ भन्दै पं. ३ बजे पछि निज लेखबहादुरको मृत्यु भएकोले जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको बलिमान सुनुवारको मिति २०४२।४।२९ गतेको जाहेरी दर्खास्त । ३. मिति २०४२।४।२६ गते घर मेरा दाजु वेगबहादुर समेतका परिवार मकै भाँची रहेको बारीमा गई लेखबहादुर समेतले मकै भाँच्न लाग्दा हामीले लगाएको मकै गोडमेल समेत मैले गरेको हुँदा हामीले लिनु पर्छ भनी दाजु वेगबहादुरले भन्दा यसमा अदालतमा मुद्दा चल्दा मेरो ठहराई दिएकोले यो मकै मैले पाउनु पर्छ भन्दै मकै भाँच्न लागे त्यस्तैमा झगडा शुरु भयो साधारण मकै वारीमा कुटपिट भयो । बेगबहादुरले लखेट्दै जाहेरवालाको घरमा पुगे मृतकको आफ्नु साथमा रहेको खुकुरीले दाजु बेगबहादुरको खुट्टाको घुँडामनी एकपटक हिर्कायो । रगत बग्न लागेपछि हामीलाई बढी जोश चढ्यो मृतक र हामी बीच कुटपिट हुँदा मृतकले मेरो निधारमा घोची दियो । त्यसपछ