निर्णय नं. ७९१३ - निषेधाज्ञा ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९१३ - निषेधाज्ञा । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/०८/१३ २९९३ निर्णय नं.७९१३ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदार प्रसाद गिरी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०६३ सालको मुद्दा नं. ०६३–CI–०२४४ फैसला मितिः २०६४।८।१३।५ मुद्दाः निषेधाज्ञा । पुनरावेदक/निवेदक गुठी संस्थान, शाखा कार्यालय महोत्तरी विरुद्ध प्रत्यर्थी/विपक्षी जलेश्वर नगरपालिका कार्यालय समेत अघि निर्णय गर्नेः मा.न्या.राघवलाल वैद्य, पु.वे.अ. जनकपुर मा.न्या. श्री भोलाप्रसाद खरेल § आफ्नो सम्पत्तिमा विपक्षीबाट हस्तक्षेपको सम्भावना देखिएको भनी निषेधाज्ञाका लागि अदालत प्रवेश गर्ने पक्ष स्वयंले नै सो सम्पत्तिमा आफ्नो निर्विवाद हक कायम रहेको कुरा पुष्टि गर्नुपर्छ, निषेधाज्ञाको निवेदनबाट प्रमाणको मूल्यांकन गरी हक बेहकको प्रश्नको निरुपण नगरिने । (प्रकरण नं.८) § स्थापित भइरहेको हकको विषयमा कसैले हस्तक्षेप गर्ने वा हक कुण्ठित पार्ने आशंका विद्यमान भएमा त्यस्तो कार्य रोकी यथास्थिति कायम गर्नेसम्म निषेधाज्ञाको उद्देश्य हो । हक बेहकको प्रश्नमा नै द्विविधा कायम रहेको अवस्थामा निषेधाज्ञाको अधिकारक्षेत्र आकर्षित हुन नसक्ने । § प्रस्तुत मुद्दामा विवादित पोखरी समेतका जग्गाहरु गुठी संस्थानका नाउँमा दर्ता गराउनका लागि प्रारम्भ भएको कार्य हालसम्म पनि कारबाहीयुक्त अवस्थामा नै रहेको र ती पोखरी समेतका जग्गाहरु नगरपालिकाले भोग गर्दै आइरहेको भन्ने कुरालाई निवेदक स्वयंले नै स्वीकार गरिरहेको देखिँदा विवादित पोखरी समेतका जग्गाहरुमा निवेदकको निर्विवाद हक स्थापित भै सकेको भन्न मिल्ने नदेखिदा निषेधाज्ञा मुद्दाबाट दुबै पक्षद्वारा प्रस्तुत प्रमाणको मूल्यांकन गरी निवेदकको स्वामित्व कायम हुने गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक निवेदक तर्फवाटः प्रत्यर्थी विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (क) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- २. साविक १९८३ सालको जम्मावन्दी लगत बमोजिम “द्वारिका मेहतरी सौ पूर्व भैरो गिरी सौ दक्षिण क्षेत्रफल ।।।४ (०–१९–०) महादेवस्थान सौ पछिम पोखरी” भनी उल्लेख भएको पुरन्दरसर पोखरीका सन्दर्भमा २०२६ सालको सर्वे नापी हुँदा तत्कालीन जलेश्वर नगर पञ्चायत वडा नं.२ कित्ता नं.१३० को क्षेत्रफल ०–१९–७ र ऐ. कित्ता नं.१३१ मा सोही पोखरीको डिल क्षेत्रफल ०–८–१५ समेत उल्लेख भै धग्गाधनी महलमा नाम खाली रही सूचना प्रकाशित हुँदा दर्ताको लागी च.नं.३६३, मिति २०६०।६।२८ मा पत्राचार भै कार्यवाहीयुक्त अवस्थामा छ । गुठीको हकभोगको उक्त पुरन्दरसर पोखरी ठेक्का वन्दोवस्त गर्दै आए बमोजिम २०६१।२।१३ को सूचना वमोजिम टेण्डर प्राप्त गरी गुठी संस्थान केन्द्रीय कार्यालयमा पठाएकोमा त्यहाँको मिति २०६०।३।३१ को निर्णय बमोजिम शक्ति कुमार शाहलाई ठेक्का वन्दोवस्त दिएकोमा पुनः सोही पोखरी ठेक्का वन्दोवस्तको सूचना बिपक्षी नगरपालिकाले मिति २०६१।६।३ मा पठाएकोले उक्त पोखरी नगरपालिकाले ठेक्का लगाएमा यस कार्यालयबाट प्राप्त गरेको ठेकेदारलाई ठूलो असर पर्ने सम्भावना भएको हुँदा गुठीको हकभोगको उक्त पुरन्दरसर पोखरीमा ठेक्का लगाउने अथवा कुनै किसिमको हस्तक्षेप गर्ने गराउने कार्य नगर्नु नगराउनु भनी बिपक्षीहरुको नाममा अन्तरिम आदेश समेत जारी गरिपाऊँ भन्ने समेत व