निर्णय नं. ७९१४ - लेनदेन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९१४ - लेनदेन । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/०९/०६ ३२६१ निर्णय नं.७९१४ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०६२ सालको दे.पु.नं. ८३४६ फैसला मितिः २०६४।९।६।६ मुद्दाः लेनदेन । पुनरावेदक/वादीः कपिलवस्तु जिल्ला वाणगंगा गा.वि.स.वडा नं.७ घर भै कपिलवस्तु नगरपालिका वडा नं.५ वस्ने प्रेमकुमारी घिमिरे विरुद्ध प्रत्यर्थी/प्रतिवादीः कपिलवस्तु जिल्ला वाणगंगा गा.वि.स.वडा नं.७ वस्ने दिलबहादुर सेन अघि फैसला गर्ने मा.न्या. विनोदमोहन आचार्य पुनरावेदन अदालत वुटवलः मा.न्या. राजेन्द्रप्रसाद कोइराला मा.न्या. रामप्रसाद खनाल § सम्बन्धविच्छेद मुद्दाबाट विवादको निरुपण नहुँदासम्म निजहरु अलग रहे वसेको वा निजहरु अलग अलग अंशियार रहेको भन्न मिल्ने अवस्था नहुने । § वादी प्रतिवादी एकासगोलका अंशियार रहेको भन्ने तथ्य स्थापित भएको अवस्थामा निजहरु बीच ऋण लिनु दिनु भै सगोलको सम्पत्तिबाट घरघराना गरी असुल उपर गर्ने भन्ने प्रश्न नआउने । § एकासगोलमा रहे वसेको अवस्थामा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने गराउने विषय निहित रहेको लिखत हुनु र नहुनु वा सो लिखत वमोजिम असुल उपर हुनु र नहुनुमा कुनै तात्विक अन्तर नहुने हुँदा त्यस्तो लिखत वमोजिम साँवा व्याज भरी भराउको दावीको पनि कुनै औचित्य नदेखिने । § स्तुत विवादमा विवादको लिखत हुँदाको मितिसम्म यी वादी प्रतिवादी बीचको पति पत्नीको सम्बन्ध यथावत् कायम रहेको तथ्य स्थापित भएको अवस्था हुँदा सगोलका पति पत्नीबीच भएको लेनदेन र सो असुल उपर नभएमा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने शर्त राखिएको लिखतको कुनै औचित्य नरहने भन्ने आधारमा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला प्र.न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः - बिपक्षीले मसँगवाट मिति २०५०।५।१७ मा घर खर्च गर्न भनी रु.३०,०००।– सो को व्याज समेत एकमुष्ट ऐ. कार्तिक मसान्तसम्ममा वुझाउनेछु भनी तमसुक गरी दिएकोले मिति २०६०।५।४ गते बिहान उक्त रुपैया साँवा व्याज माग्न भनी जाँदा तिम्रो रुपैया दिन्न जे गर्न सक्छौ गर भनी ठाडो जवाफ दिएकाले विगो रु.३०,०००।– र सोको ९ बर्ष ११ महिना २१ दिनको हुने व्याज रु.२९,९२५।०३ समेत गरी जम्मा साँवा व्याज रु.५९,९२५।०३ र १० बर्ष पुग्न ९ दिन बाँकी रहेको हुँदा सो अवधिसम्मको व्याज समेत बिपक्षीवाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी । निज वादी मेरो श्रीमती हुँदैको अवस्थामा ताराप्रसाद भन्ने व्यक्तिसँग २०५० साल भाद महिनामा अर्को विवाह गरी गएकीले निजले उल्टै म उपर फौ.नं. २६ को सम्बन्धविच्छेद मुद्दा गरी अदालतमा गई सम्बन्धविच्छेद हुने गरी मिति २०५०।५।१८ मा वाँके जिल्ला अदालतवाट मिलापत्र भएको र वादीले काल्पनिक रुपमा गलत कागज खडा गरी अदालतलाई समेत गुमराहमा पारी झुठ्ठा मुद्दा दिएकाले झुठ्ठा वनावटी वादी दावीवाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । यी वादी मसँगबाट पोइल गइसकेको, निजले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा मिलापत्रको कागज गर्दा लेखक साक्षी समेतले कहाँ कहाँ सहीछाप गराए मलाई थाहा भएन । रुपैया लिएको होइन, छैन । मिति २०५०।५।१८ गते वादी पोइल गइ