निर्णय नं. ४११८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४११८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०२/०१ २८९५ निर्णय नं. ४११८ ने.का.प. २०४७ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रि.पु.नं. ५६ आदेश भएको मिति : २०४७।२।१।३ मा रिट निवेदक : ल.पु.न.पं. वा.नं. २० बस्ने मिना कार्की विरुद्ध विपक्षी : भू.सुधार.अधिकारी, भू.सु.का., झापासमेत विषय : उत्प्रेषण (१) निवेदिकाको वास्तविक ठेगानामा म्याद तामेल नगरी अन्यत्र तामेल गरेको म्यादबाट प्रतिवादको मौका प्रदान गरेको भन्न र विलम्ब गरी रिटनिवेदन दिएको भनी दोष लगाउन नमिल्ने । (प्रकरण नं. ११) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दहाल र विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।५।३१ गतेको निर्णय दोहोर्‍याई पाउँ भनी निवेदिकाले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदन सहितको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजूरमा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हु.प्र. बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. साविक सूर्यबहादुर खड्काको नाममा दर्ता भई २०३३ साल देखि मीना कार्कीले रजिष्ट्रेशन पास गराई लिएका शान्तिनगर गा.पं. वडा नं. ५ को कि.नं. २४ को जग्गाको दर्तावाला मोही डिल्लीराम भट्टराई भएको र २०२६ सालदेखि मैले जोती भोगी आएको र हालको ज.ध. लाई २०३३ साल देखि कूत समेत बुझाई आएको थिएँ यसै बीच स्थानीय शान्तिनगर गा.पं. ले पनि मोही हो भनी सिफारिश गरी दिएकोले उक्त सिफारिशपत्र समेतको आधारमा मोही कायम गरी पाउँ भन्ने विपक्षी हरिप्रसाद गडतौलाको भू.सु.का. मा निवेदन परेको रहेछ । मेरो ठेगानामा म्याद तामेल नभई झापा बाहुनडागी गा.पं. वडा नं. २ मा भएकोमा म्यादमा उपस्थित भई प्रतिवाद नगरी म्यादै गुजारी बसेको भन्न मिति २०४२।१।२४ को भू.सु.का. झापाको निर्णयमा उल्लेख गरी विपक्षीको माग बमोजिम ज.वि. २–७–१० को मोही भनी हक कायम हुने ठहर्‍याई २०४२।१।२४ मा भू.सु.का. झापाबाट निर्णय भएको रहेछ । सो निर्णयको मलाई मिति २०४३।३।८ मा मात्र जानकारी हुन आयो । ३. विपक्षीले भूमिसम्बन्धी ऐनको दफा २५(२) अन्तर्गत मोही कायम गरी पाउँ भनी उजूरी दिनु भएको छ, सो बमोजिम मोही हुन दोहरो कबूलियत हुन अनिवार्य छ । प्रस्तुत केशमा सो छैन । मेरो जग्गा दाता र गडतौला बीच कुनै कबूलियत भएको थिएन साविक मोही भागी बेपत्ता भएको खण्डमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मुताविक स्वास्नी छोरा नभएमा दफा २६(१)(ग) अन्तर्गत दर्ता किताबमा सच्याई लिने काम मेरो हक अधिकारको कुरा हो दफा २५(४)(ख) अन्तर्गत दर्ता किताबको लगत सच्याउने काम भएपछि जग्गा धनी स्वयंमा नै जोत समेतको हक हुन आउने हो सो नभई जबरजस्ती मोही हुन पाउने व्यवस्था कानुनमा भएको पाइँदैन । मोही डिल्लीरामको लगत सच्याइसकेपछि मात्र अरुलाई जग्गा कमाउन दिए मोही हुन सक्ने हो । मेरो जग्गा मोहीको हैसियतले कहिले कमाउन विपक्षीलाई दिएको छैन । कानुनले तोके बमोजिमको कूत बालीको रकम पनि विपक्षीले खुलाउन सकेको पाइँदैन । मैले कूत बुझी लिएको छैन प्रत