निर्णय नं. ७९१५ - बैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९१५ - बैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/०१/१६ ६५५७ निर्णय नं.७९१५ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ संवत २०५९ सालको दे.पु.नं. ....८४४४ फैसला मितिः २०६५।१।१६।२ मुद्दाः— बैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ । पुनरावेदक प्रतिवादीः पाँचथर जिल्ला थर्पु गा.वि.स.वडा नं. ३ वस्ने चन्द्रबहादुर मावो विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.बस्ने लाखबहादुर मावो शुरु निर्णय गर्नेः जि.न्या.मेघनाथ भट्टराई पुनरावेदन निर्णय गर्नेः मा.मु.न्या.राजेन्द्र कुमार भण्डारी मा.न्या.हरिप्रसाद घिमिरे § बैनावट्टा बमोजिम लिखत पारित गराई दिने अधिकारक्षेत्र कुनै पनि कानूनले गाउँ विकास समितिको कार्यालयलाई नदिएकोले अनधिकृत निकायमा दिएको त्यस प्रकारको निवेदनको कुनै कानूनी महत्व नरहने । (प्रकरण नं.८) § लिखतको भाखा भित्र वाँकी रकम वुझाउन गएको भन्ने कुनै प्रमाण दिन गुजार्न सकेको नदेखिदा वाँकी रकम वुझी जग्गा पारित गरी दिन अस्विकार गरेको भए लिखत वमोजिम वाँकी रकम थैली राखी लिखत पारित गराई पाउँ भनी अदालत प्रवेश गर्नु प्रथम कर्तव्य र दायित्व हुन आउने । § वैनावट्टाको लिखतको मूल प्रयोजन प्रथमतः सो लिखत वमोजिमको कार्य गर्नु गराउनुमा केन्द्रीत रहने । § लिखत पारित हुन नसक्ने अवस्था उत्पन्न भएमा मात्र बैनावट्टाको रकम फिर्ता माग गर्न पाउने दोश्रो विकल्प क्रियाशील हुने हुँदा वैनावट्टा लिखतको भाखाभित्र वाँकी रकम वुझाउन गएको थिएँ भनी दावी लिने पक्षले अदालत प्रवेश गर्दा सो रकम थैली राखी वैनावट्टाको शर्त र दायित्वको पक्षमा आफू प्रतिवद्ध रहेको देखाउन सक्नु पर्ने । (प्रकरण नं.९) करार वमोजिम गराई पाउँ भनी एकीन र स्पष्टताका साथ करार ऐनको मात्र दावी लिई अदालत प्रवेश नगरी वैनावट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ भनी दोहोरो दावी लिई अदालत प्रवेश गरेको देखिएवाट सो वैनावट्टाको लिखतलाई करारको रुपमा ग्रहण नगरेको देखिदा सो लिखतको कार्यान्वयनको लागि वाँकी रकम बुझाउन जानुपर्ने प्रत्यर्थीकै पहिलो दायित्व भएको र सो गरेको थिएँ भनी देखाउनु पर्नेमा अदालतमा प्रबेश गर्दा समेत उक्त रकम थैली राखी आउन नसकेवाट लिखतको शर्तको उल्लघन पुनरावेदकवाट नभई प्रत्यर्थी वादी पक्षवाटै भएको मान्नु पर्ने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री भिम वन्जारा प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय शिवप्रसाद रिजाल र आइ वहादुर गुरुङ अवलम्वित नजीरःने.का.प. २०४९, अंक १, निर्णय नं.४४४७, पृष्ठ १ फैसला का.मु.प्र.न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावदेन अदालत इलामको मिति २०५९।३।२६को फैसला उपर प्रतिवादी चन्द्र वहादुर मावोको यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:– बिपक्षीले मिति ०५७।९।३० सम्ममा मैले वाँकी रुपैया वुझाउँदा निजका नाममा दर्ता रहेका मेदीवुङ ७ (क) कि.नं.६८को क्षे.फ.रो.५–५–२–३ र ऐ.कि.नं. ६९ रो.८–१–३–० समेत जम्मा २ कित्ता जग्गा शर्तनामा कागज वमोजिम मलाई राजिनामा पास गरी दिन इन्कार गर्दै अन्यत्र बेच विखन गर्ने उद्देश्य राखी मिति ०५७।९।१६ को वैनावट्टा शर्त करारको उल्लघन गर्न पुग्नु भएकोले उक्त शर्त कागजमा उल्लेखित शर्त वमोजिमको रु.१,५०,०००।–बिपक्षीवाट मलाई दिलाई