निर्णय नं. ४११९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४११९ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/२५ २४१४ निर्णय नं. ४११९ ने.का.प. २०४७ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४७ सालको रि.पु.ई.नं. ५६ आदेश भएको मिति : २०४७।४।२५।५ मा रिट निवेदक : जि.का. कारागार शाखा डोटीमा थुनामा रहेको कैलाशकुमार हमाल विरुद्ध विपक्षी : सु.प.क्षे.अ. समेत विषय : बन्दीप्रत्यक्षीकरण (१) पहिला गरेको कसूर वा कसूरहरु बापत सजायँ गर्ने गरी फैसला भइसकेपछि कैदमा नबस्दाका अवस्थामा कसूर गरेमा वा फैसला भइसकेपछि थुनामा बसेको अवस्थामा कसूर गरेमा र थुना कैदबाट छुटेको वा भागेको अवस्थामा अर्को कसूर गरेमा त्यसरी पछि गरेको कसूरमा अदालतबाट दोषी ठहरिएमा निजलाई सो पछि गरेको कसूर बापत थप कैद ठेक्नु पर्ने । (प्रकरण नं. १९) विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर: दुखित लाल हाडी विरुद्ध झापा जिल्ला अदालत समेत भएको २०४४ को रि.पू.ई.नं. ४६ को बन्दीप्रत्यक्षीकरण मुद्दामा (ने.का.प. २०४५, अंक ४, नि.नं. ३४१३) सर्वोच्च अदालत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदकलाई अदालतको अपहेलना मुद्दामा सु.प.क्षे.अ. बाट मिति २०४६।३।२।६ मा भएको फैसला अनुसार ६ महीना कैद र रु. १०००।– जरिवाना गरेको थियो । उक्त फैसला अनुसार म निवेदक मिति २०४६।३।९ देखि जिल्ला कार्यालय कारागार शाखा डोटीमा थुनामा छु । डोटी जि.अ. ले मिति २०४६।३।९ देखि २०४६।९।८ सम्म कैद र जरिवाना रु. १०००।– को कैद दिन १ को रु. २५ का दरले १ महिना १० दिन मिति २०४६।९।९ देखि २०४६।१०।१९ कैदमा बसी ऐ. २० गते कैदबाट छुटी जान पाउने कैद म्याद ठेकिएको ०४६।३।९।६ को पूर्जा दिएको थियो । ३. मिति २०४६।३।२ मा फैसला भएको उक्त अदालतको अपहेलना मुद्दाको जरियाबाट अर्को अदालतको अपहेलना मुद्दा श्रृजित गरी सु.प.क्षे.अ. ले ६ महीना कैद र रु. १०००।– जरिवाना गर्ने गरी मिति २०४६।४।१ मा फैसला गरेको छ र सो उपर परेको पुनरावेदन विचाराधीन छ । ४. डोटी जि.अ. ले मिति २०४७।४।१९ गते सम्म कैद र जरिवाना नतिरे बापत मिति २०४७।४।१० गते देखि ०४७।५।२९ सम्म कैदमा बसी मिति २०४७।५।३० गते कैदबाट छुटी जान पाउने मिति २०४६।९।१० को थप कैद बापतको पुर्जी दिएको छ । ५. दण्ड सजायँको ४१ नं. अनुसार उक्त दुवै मुद्दामा बस्नु पर्ने कैद मिति २०४६।९।८ मा समाप्त भएकोले मिति २०४६।९।९ गते कैदबाट छुटकारा पाउन म निवेदकले जि.का. कारागार शाखा डोटीमा जरिवाना बापत रकम बुझाउने व्यवस्थाको लागि अनुरोध गर्दा मिति २०४६।९।१० गतेको उक्त थप कैदको पुर्जी मलाई बुझाएको हो । उक्त थप कैद पुर्जी दं.स. को ४१ नं. विपरीत छ । ६. पहिलो अदालतको अपहेलना मुद्दाबाट दोश्रो अदालतको अपहेलना मुद्दा श्रृजित भएको हो र म कैलाशकुमार हमाल कैदमा बसेको बेला दोश्रो अदालतको अपहेलना मुद्दाको फैसला भएको हो । न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ११ अनुसार क्षेत्रीय अदालतको अपहेलना मुद्दामा सजायँ गर्न सक्ने अधिकतम हद ६ महीना कैद र रु. १००