निर्णय नं. ४१२० - लेनदेन जालसाज कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१२० - लेनदेन जालसाज कीर्ते भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१६ २८०६ निर्णय नं. ४१२० ने.का.प. २०४७ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.ई.नं. ७१ फैसला भएको मिति : २०४७।४।१६।३ मा पुनरावेदक/प्रतिवादी : सप्तरी जिल्ला तिलाठी गा.पं. वा.नं. ३ बस्ने शोभाकान्त मिश्र विरुद्ध विपक्षी/वादी : सप्तरीजि.बमनगामा कट्टी गा.पं.वा.नं. ३ बस्ने देवकिवतीदेवी मधैनी धनुकाइनसमेत मुद्दा : लेनदेन जालसाज कीर्ते (१) दावी नै नलिएको कुरामा अदालतले निर्णय नगर्ने । (प्रकरण नं. १७) (२) विशेषज्ञको रायलाई अदालतले विवादित लिखतको प्रकृतिसंग भिडाई नहेरी त्यसै मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७) (३) विशेषज्ञको विवाद देखि बाहिरको कुरालाई लिएर दिएको राय अप्राशांगिक भई ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश, विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पू.क्षे.अ. को मिति २०४४।६।२८।४ को फैसला उपर प्रतिवादी शोभाकान्त मिश्रको निवेदन उपर यस सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी शोभाकान्तले बन्द व्यापार गर्न मसंग रु. ३५,०००।– लिई निजका नाममा दर्ताको जिल्ला सप्तरी वमनगामा कट्टी गा.पं. वडा नं. १ कि.नं. ४६८, ३४२ र ऐ. गा.पं. तिलाठी वडा नं. ३ कि.नं. १४६, १०७, वडा नं. ७ कि.नं. ७० को समेत जम्मा १–३–१५ जग्गाको मिति २०३९।७।१ मा राजीनामा लेखिदिएको म्यादमा पारीत गरी नदिएको लिखत कपाली भएको र जग्गा पनि भोग गर्न नपाएकोले साँवा ब्याज रुपैयाँ दिनु होस् भन्दा पनि नदिएको हुँदा साँवा र भरी भराउ मिति सम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने वादी देवकी वतीको फिरादपत्र । ३. वादीलाई मैले चिनेको पनि छैन । एउटा आइमाइसंग त्यतिको रुपैयाँ लिने कुनै प्रयोजन पनि छैन । वादीले कुन लिखतको आधारमा नालेश दिएको रहेछ लिखत हेर्न पाए नामाकरण गर्नेछु । वादी दावी झुठ्ठा हो भन्ने समेत शोभाकान्त मिश्रको प्रतिउत्तरपत्र । ४. वादीबाट दाखिल भएको सक्कल लिखत देखें सुने सोमा लागेको कारणीको हस्ताक्षर र ल्याप्चे छापहरु मेरै हुन् । तर लिखत सद्दे व्यवहारबाट खडा भएको होइन । वादीका ससुरा बैजु मण्डलले जेठी स्वास्नी पट्टीको छोरालाई जग्गा नदिने विचारले केही जग्गा मेरो नाममा दर्ता गराएकोमा सो जग्गा फिर्ता गर्न कि.नं. ४६९ र ३४२ को जग्गाको मिति २०३९।६।२१ गतेमा लिखत गरी दिन लाग्दा मिति फरक पारी झुक्याई तीन कित्ता जग्गा थपी ३५००।– लाई शुन्य थपी ३५,०००।– बनाई जालसाज र कीर्तेबाट लिखत खडा गराएका हुन् कीर्ते जालसाज गरेमा सजायँ गरिपाउँ भन्ने समेत सोभाकान्त मिश्रको बयान । ५. प्रतिवादीको बयान अनुसार कीर्ते जालसाज गरेको होइन । लिखत बमोजिम रुपैयाँ बुझी गरी दिएको सद्दे लिखत हुँदा जालसाज कीर्ते भनेमा प्रतिवादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत वादीको वा.भुवनेश्वर मण्डलको बयान । ६. वादी दावीको लिखत कीर्ते जालसाज गरी खडा गरेको होइन दुवै थरका मन्जूर