निर्णय नं. ७९१७ - लिखतदर्ता वदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९१७ - लिखतदर्ता वदर । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/०७/१२ ३२४० निर्णय नं.७९१७ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत २०५८ सालको दे.पु.न. ७७४७ फैसला मितिः २०६४।७।१२।२ मुद्दा : लिखतदर्ता वदर । पुनरावेदक प्रतिवादीः बारा जिल्ला कवहीगोठ गा.वि.स. वडा नं. २ बस्ने गणेश पण्डित कुम्हार विरुद्ध प्रत्यर्थी वादीः बारा जिल्ला मझुरिया गा.वि.स.वडा नं. ४ बस्ने वीरेन्द्र पण्डित कुम्हार समेत शुरु फैसला गर्ने :– मा.जि.न्या. विमल ढुंगेल पुनरावेदन फैसला गर्नेः– मा.न्या.लोकेन्द्र मल्लिक मा. न्या.हरि वहादुर वस्नेत § लेनदेन व्यवहारको महल र दान वकसको महलमा भएका कानूनी व्यवस्थाहरु पृथक पृथक प्रावधानका लागि तर्जुमा गरिएका व्यवस्था हुँदा हदम्याद नै पृथक दान वकसको महलमा उल्लेखित कृयाको हकमा पनि आकर्षित हुन्छ भन्ने हो भने दान वकसको ५ नं. मा उल्लेखित कानूनी व्यवस्थाको औचित्यता माथि प्रश्न उठ्न जाने । § प्रतिवादीहरु बीच एक आपसमा दिनु लिनु गरेको क्रिया लेनदेन व्यवहारको महल अनुरुपको नभई दान वकसकै महलको १ नं. अनुरुपको हो भन्ने तथ्यमा विवाद भएको अवस्था नहुँदा सोही महलमा उल्लेखित कुराहरुको हकमा लागु हुने गरी सोही महलमा नै उजुर गर्ने अवधि तोकिएकोमा सोलाई पन्छाई अर्कै प्रयोजनको लागि राखिएको महलको व्यवस्था आकर्षित हुन्छ भन्न कानूनतः नमिल्ने । (प्रकरण नं.१३) § दान वकसको महलको कानूनी व्यवस्था व्यवहार चलाउने प्रयोजनार्थ लक्षित भएको नपाइएको अवस्थामा अंशवण्डाको महलको १९ नं. को देहाय (१) को प्रावधान अनुरुप व्यवहार चलाउन विवादित जग्गा हालैको वकसपत्र गरी दिएको भनी अर्थ गर्न नमिली अंशवण्डाको महलको १९(१) प्रस्तुत विवादमा आकर्षित नहुने । (प्रकरण नं.१४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री जानकी प्रसाद गिरी र श्री अरुण कुमार ज्ञवाली प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. विपक्षी ईनरदेवी पण्डितको म फिरादी रमुनीदेवी पत्नी र हामी अन्य फिरादी छोरा हौं । विपक्षी ईनर पण्डितले हामीलाई खान लाउन नदिई कुटपिट गरी २०५० साल मार्ग महिनामा घरबाट निकाला गरी दिएको हुँदा माईती तथा मावलीमा वसी आएका हौं । लोग्ने तथा वावु ईनरदेव पण्डितले आफ्नो नाउँ दर्ताको जि. बारा गा.वि.स.कवहीगोठ वडा नं. २ कि.नं. २८५ को ज.वि. ०–०–१० बाट हाम्रो अंश हक हरण गर्न दक्षिण तर्फवाट ०–०–८ जग्गा हक छोडी मिति २०५५।५।३० गते विपक्षी गणेश पण्डितलाई हालैको वकसपत्र लिखत पास गरी दिएको र कि.का. गराई कि.नं. ३१० को ०–०–८ जग्गा गणेश पण्डितले आफ्नो नाउँमा दर्ता समेत गराई लिएको कुरा गाउँ घरमा सुनी २०५६।५।३२ गते प्रमाणित नक्कल लिई थाहा भएको हुँदा फिराद पत्र गर्न आएका छौ । हामीहरुको अंश लाग्ने जग्गा हामीहरु सगोलको अंशियार हकवालालाई थाहा जानकारी नदिई हाम्रो मन्जुरीको लिखत नगराई साक्षी सम्म नबसाई गुपचुपै लिखत पास गरी गराई लिए दिएको ज.वि. ०–०–८ मध्ये ५ खण्डको ४ खण्ड हाम्रो अंश हक जति ०–०–६–६।। को लिखत र दर्ता समेत बदर गरी हाम्रो नाउँमा सँयुक्त दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. प्र. ईनरदेव पण्डितले रिझ वापत मलाई आफ्नो नाउँ दर्ताको आफु खुस गर्न पाउने जग्गा नै वकस गर