निर्णय नं. ४१२३ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१२३ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१७ २१७४ निर्णय नं. ४१२३ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ९२१ आदेश भएको मिति: २०४७।४।१७।४ मा निवेदक : वि.न.पं. वा.नं. ४ स्थित कोशी मेटल क्र्याफ्ट प्रा.लि. विरुद्ध विपक्षी : श्री ५ को सरकार भन्सार विभागसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) निवेदक उद्योगले क्राउन कर्क उत्पादन गर्ने मेसिन स्किम अनुसार पहिलोपल्ट नै झिकाएको देखिएकोले भन्सार विभागबाट ८० प्रतिशत भन्सार महसूल छूट दिन नमिल्ने भन्ने पत्रमा उल्लेखित निर्णय तथा भन्सार कार्यालयको पत्र समेत त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अनुसार पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०२२।११।१७ मा स्थापित यस कम्पनीले फलाम तथा इस्पातको सामान उत्पादन गर्दै आएको र बेग्लै सामान क्राउन कर्क समेत उत्पादन गर्ने स्वीकृति २०४३।६।२१ मा उद्योग विभागबाट प्राप्त गरेको छु । ३. २०४४।९।१३ मा राजपत्रमा प्रकाशित सूचना अनुसार श्री ५ को सरकारले भन्सार ऐन, २०१९ को दफा ९ र बिक्रीकर ऐन, २०२३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी उद्योगको उत्पादन कार्यको लागि मुख्यरुपमा प्रयोग हुने यन्त्र उपकरण तथा औजारहरु उद्योगको स्वीकृत स्कीम बमोजिम आयात गर्दा एकपटकको लागि त्यस्ता यन्त्र उपकरण तथा औजारहरुमा लाग्ने भन्सार महसूल ८० प्रतिशत छूट दिने उल्लेख भएको छ । क्राउन कर्क उत्पादन गर्न भिन्दै यन्त्र औजार चाहिने भई यस उद्योगले पश्चिम जर्मनीबाट उत्पादित मेशीनरी समान झिकाएको सो सामानको सम्बन्धमा उद्योग विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सामानहरु स्वीकृत स्कीम बमोजिमका मेशीनरी सामान भएको र प्रथम पटक पैठारी गरेकोले छूट उपलब्ध गराई दिनु भनी विराटनगर भन्सार कार्यालयलाई सिफारिश गरी पत्र लेखेको र उद्योग विभागबाट पनि उक्त सामानहरुमा ८० प्रतिशत भन्सार महसूल छूट दिने ०४६।६।१७ मा निर्णय भएको पत्र भन्सार विभागलाई लेखेको बाबजुद पनि विराटनगर भन्सार कार्यालयले मिति ०४६।६।४ मा भन्सार महसूल बापत रु. १,६७,७५१।४५ धरौट लिई भन्सार छूट दिन नमिल्ने व्यहोराको पत्र दिएको र भन्सार विभागबाट ८० प्रतिशत भन्सार छूट दिन नमिल्ने ०४६।७।२४ को निर्णय उल्लेख गरिएको ०४६।७।२७ को पत्र समेत कानुन विपरीत भएकोले नेपालको संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी भन्सार महसूल छूट दिनु भन्ने विपक्षीहरुको नाममा उत्प्रेषण मिश्रित परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदकको रिटनिवेदन । ४. यसमा के कसो भएको हो ? निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ५. मिति २०४४।९।१३ मा नेपाल राजपत्रमा प्रकाशित भन्सार महसूल छूट सम्बन्धी सूचना अनुसार प्रथम पटक पैठारी गरेको निवेदकको सामानहरुमा ८० प्रतिशत भन्सार महसूल छूट गरिदिन भन्सार विभागलाई यस विभागबाट मिति ०४६।६।१८ मा पत्र लेखी अनुरोध गरिसकेक