निर्णय नं. ४१२४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१२४ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०१/१४ २४१२ निर्णय नं. ४१२४ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रि.नं. ७९८ आदेश भएको मिति : २०४७।१।१४।१ मा निवेदक : एभरेष्ट पेपर मिल्स (प्रा.) लि.को तर्फबाट संचालक रमेशप्रसाद शराफ विरुद्ध विपक्षी : जलेश्वर भन्सार कार्यालयसमेत विषय : उत्प्रेषण (१) निवेदकले आयात गरेको पल्प संकेत नं. ४७.०१ अन्तर्गत भन्सार महसूल माफी दर्शाई माल छाडी सकेपछि पुनः पल्प संकेत नं. ४८.०१ ज (५) मा पर्ने भनी गरेको भंसार विभागको निर्णय र सोको आधारमा छूट हुन गएको भन्सार महसूल दाखिल गर्न ल्याउनु भनी भंसार कार्यालयबाट लेखेको पत्र अनाधिकृत एवं त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. यस उद्योगले कागज बनाउनका लागि कच्चा पदार्थ पल्प विदेशबाट झिकाउने गरेको प्रस्तुत वर्ष पनि भन्सार दरबन्दीको संकेत नं. ४७.०१ अन्तर्गत पल्प आयात गर्न वाणिज्य विभागबाट १९ अप्रिल १९८८ मा नं. १२२८३।०४४ को इजाजतपत्र पाई २०६.९२८ मे. टन पल्प (लिवच्ड बगास पल्प) १४३७ वेल्श (पोका) चीनबाट झिकाई जलेश्वर भन्सारमा आउँदा २०४५।१०।५ मा प्रज्ञापनपत्र भरेको । ३. जलेश्वर भन्सार कार्यालय भन्सार विभागको २०४५।९।६ को मूल्य निर्धारण आदेशानुसार बील अनुसार मूल्य निर्धारण गरी उक्त बगास पल्प भन्सार दरबन्दीको समेत नं. ४७.०१ अन्तर्गतको हुँदा सोही उल्लेख गरी महसूल माफी दर्शाई आयात गर्न दिएकोमा उक्त कच्चा पदार्थबाट कागज तयार भई बिक्री समेत हुँदै गएको करीब ४, ५ महीनापछि भन्सार दरबन्दी ४८.०१ लाग्ने भनी भन्सार विभागले सूचना गरी भन्सार कार्यालय जलेश्वरले २०४६।३।१६ मा छूट रकम १५% ले रु. ३,५७,१२१।५२ दाखिला गर्न ल्याउनु भनी आदेश गरेकोमा उद्योगले आयातित कच्चा पदार्थमा भन्सार छूट हुने भनी जवाफ दिएको । ४. यस उद्योगले भन्सार ऐन, २०१९ को दफा ५ को प्रकृया पूरा गरी कच्चा पदार्थ आयात गरेकोमा अधिकारप्राप्त अधिकारीले संकेत नं. ४७.०१ अन्तर्गत पर्ने भनी भन्सार छूट गरी माल छाडेकोमा अर्को दरबन्दी ४८.०१ ले १५% भन्सार महसूल असूल गर्न निर्देशन दिने अधिकार भन्सार विभागलाई नभएको र अनाधिकृत निर्देशन अनुसार निवेदकबाट छूट रकम भनी माग गर्ने विपक्षी भन्सार कार्यालयलाई अधिकार छैन । अघि पनि बगास पल्प आयात गर्दा ४७.०१ अन्तर्गत भन्सार महसूल माफी पाई आएको थियो । ५. माल पठाउने ओकाई इन्टरप्राइजेज लि.को इन्भ्वाइसमा पल्प (ल्विच्ड बगास पल्प) इण्डष्ट्रियल र मैटेरियल भनी उल्लेख भएको रनोमेनकलेचरको भोलुम २ पेज नं. ६६४ मा पनि पल्प ४७.०१(२) मा परेको देखिन्छ । विवादित ४८.०१ मा विभिन्न तयारी कागज र कागज बोर्डको लागि बनेको दरबन्दी हो । ६. अतएवं भन्सार विभागको २०४६।२।८ र २०४६।६।१२ को गैरकानुनी निर्णय बमोजिम भन्सार अधिकृत, जलेश्वरले छूट भन्सार रकम भनी रु. ३,५७,१२१।५२ दाखिल गर्न माग गरी संविधान प्रदत्त हकाधिकारमा आघात पुगेको हुँदा उत्प्रेषण मिश्रित परमादेश समेतको आदेश जारी गरी विपक्षीहरुको निर्णय र आदेश बदर गरी गैरकानुनी छूट रकम असूल नगर्नु