निर्णय नं. ७९१८ - हककायम नामसारी दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९१८ - हककायम नामसारी दर्ता । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/१२/१७ २८०८ निर्णय नं.७९१८ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०६२ सालको दे.पु.नं–८८४७ फैसला मितिः २०६४।१२।१७ मुद्दा : हककायम नामसारी दर्ता । पुनरावेदक वादीः बाल कुमारी मगैया धोवी को मु.स. गर्ने कृष्ण बहादुर धोवी समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः नेपाल सरकार, मन्त्रिपरिषद, सचिवालय, सिंहदवार समेत शुरु निर्णय गर्नेः मा.न्या.तपबहादुर मगर, पु.वे.अ.पाटन § अड्डा सम्वन्धी काम कुरामा सरकारी कर्मचारीले वदनियतसाथ वा लापरवाहीपूर्ण तरिकाले वा अन्य किसिमबाट कुनै काम गरेको कारण कसैलाई असर परेमा सो पक्षले त्यस्तो गर्ने सम्बन्धित सरकारी कर्मचारी वा अन्य कुनै व्यक्ती समेत भए त्यस्तो व्यक्ती समेतलाई प्रतिवादी बनाई सम्वन्धित पुनरावेदन अदालत समक्ष नालिस वा फिराद दिएमा मात्र सो विषयमा पुनरावेदन अदालतको अधिकारक्षेत्र आकर्षित हुने । (प्रकरण नं.५) § नापीमा सार्वजनिक कायम भएको निर्णय बदर गराई हक कायम गराई पाउँ भन्ने विषयको फिराद दावी सम्बन्धित मन्त्रालय, विभाग र सरकारी कर्यालयलाई प्रतिवादी बनाई सोझै पुनरावेदन अदालतमा दायर हुन सक्ने नदेखिदा त्यस्तो फिरादपत्रबाट पुनरावेदन अदालतले तथ्य र प्रमाणको विश्लेषण र मूल्याङ्कन गरी ठहर इन्साफ गर्न नमिल्ने । § दायरै हुन नसक्ने फिराद दायर भएपनि त्यस्तो फिराददावीको औचित्यभित्र प्रवेश गरी इन्साफ गरिरहन नपर्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ता श्री लिलेन्द कडेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प.२०५९, निर्णय नं.७१५३, पृष्ठ ७५४ फैसला न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, पाटनको मिति २०६२।५।२८।३ को फैसला उपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छ :– का.जि.का.म.न.पा.वडा नं १७ ढल्को स्थित कि.न. ११२९ को क्षे.फ. १–१०–१–० मालपोतको कारवाहीमा कहिं कहिं १–१०–१–० र कहीं १–१०–२–० भनी उल्लेख भएको जग्गा साविकदेखि हाम्रो हक भोग प्रमाणको जग्गा हो । कि.नं ११२९ को जग्गा हाम्रो सम्पूर्ण हकभोग प्रमाण भएको जग्गा हो र नापीमा हामी सोझा निरक्षर व्यक्तिको दर्तासम्म छुट हुन गएको हो । उक्त जग्गा साविकमा हाम्रा बाजे थाक्से धोवी र मामा राजमान धोवीको नाउँमा नापी भई २००१ सालमा कि.नं.४३४ क्षे.प.।।।२।।३ बाजेको नाउँमा र कि.नं.४३५ क्षेत्रफल ।३।१ मामाको नाउँमा पूर्जा प्राप्त भई २०३४ सालमा हा.नं ९७७, ९७६ भई रैकर परिणत भएको जग्गा हो । २०३४ सालमा नापी हुँदा कि.नं ११२९ क्षे.फ.१–१०–२–० कायम भई हकवाला हामी म मिन बहादुर धोवी र धन बहादुर धोवीको नाउँमा संयुक्त रुपमा नापी भई श्रेस्ता तयार भएको जग्गा हो । मामाको नाउँमा भएको जग्गा माइजु रत्नमाया धोवीबाट २०१३ सालमा शे.व. पाई बाजेको नाउँको र शे.व.बाट प्राप्त दुवै कित्ता जग्गा २०३४ सालको नापीमा एउटै कित्तामा नापी गराएको हो । २००० सालको नापीबाट पुर्जा प्राप्त भएको सो वेलाको जग्गाको नक्साको प्रकृति र अहिलेको नक्साको प्रकृति मिल्ने भई २०२३ सालमा कानूनतः रैकर परिणत भएको, २०३४ सालमा नापी हुँदा हकवाला हामी फिरादीको नाउँमा नाप जाँच भै फिल्डबूक कायम भएको, मोठ श्रेस्ता लुजसिट कायम भएको जग्गा सार्वजनिक श्री ५ को सरकारको हक भोग स्