निर्णय नं. ७९४४ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९४४ - कर्तव्यज्यान भाग: ५० साल: २०६५ महिना: असार अंक: ३ फैसला मिति :२०६५/०३/१८ ३३२६ निर्णय नं.७९४४ ने.का.प. २०६५ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी संबत् २०६४ सालको फौ.पु.नं. .....०१३७ फैसला मितिः २०६५।३।१८।४ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः संखुवासभा जिल्ला सापु गा.वि.स. वडा नं. ९ गाउँथला घर भै हाल कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौंमा थुनामा रहेको पासाङ शेर्पा विरुद्ध प्रत्यर्थी वादीः प्रेम लाक्पा शेर्पाको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.प्रेमराज ढकाल पुनरावेदन फैसला गर्नेः मा.न्या.दुर्गाप्रसाद उप्रेती मा.न्या.हरिराम कोइराला § प्रहरीले प्रतिवादीलाई कुटपिट गरी वयान गराएको भन्ने कुरा पुष्टि हुने प्रमाण मिसिलबाट नदेखिएको अवस्थामा अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी यातना दिएको भन्ने अपुष्ट भनाईको आधारमा सरकारी वकील समक्ष गरेको प्रतिवादीको बयानलाई अन्यथा नमिल्ने । (प्रकरण न.७) § मृतक प्रतिवादीकी पत्नी भएको र निजको सुरक्षा प्रति प्रतिवादी अझ सम्वेदनशिल हुनुपर्नेमा उल्टै अमानवीय, निन्दनीय र क्रुरतापूर्वक ढंगले आफ्नी पत्नीलाई आगो लगाई पीडा पुर्याई मृत्युन्मूख गराएको अवस्था देखिदा आफूले गर्न नहुने क्रुर कर्तव्य गरेकोमा त्यस्तो कर्तब्य प्रति पछुताई आत्मग्लानी महसुस हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको, प्रतिवादी पुनरावेदकले न्यायीक प्रक्रियालाई जटिलता तर्फ धकेलेको, मृतकलाई आगो लगाई उफ्रीउफ्री नाची क्रुर कार्य गरेको देखिन आएको समेतबाट मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजायमा छुट गर्न सकिने अवस्थाको विद्यमानता देखिन नआउने । (प्रकरण न.८) पुनरावेदक प्रतिवाद तर्फवाटःविद्वान अधिवक्ता श्री लक्ष्मण थपलिया, दामोदर खड्का प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छः– मिति २०६२।५।२९ गते राति काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ पकनाजोल बस्ने पासाङ शेर्पाले आफ्नै श्रीमती छम्जी शेर्पालाई आगो लगाई जलाई दिएको र आगोले जली सिकिस्त घाईते भएकी छम्जी शेर्पाको हाल वीर अस्पतालमा उपचार भई रहेको भन्ने सूचना प्राप्त भएकोले कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.ना.नि. दीपक थापाको प्रतिवेदन । मिति २०६२।५।२९ गते अं. २२ बजेको समयमा मेरो आफ्नै डेरा कोठामा मेरो श्रीमान पासाङ्गसँग दिउसो वहिनीहरु सानु शेर्पा, लमी शेर्पा कोठामा आएको कुरालाई विवाद गरी भान्सामा रहेको नवलेको स्टोभबाट मट्टितेल मेरो शरीरमा खन्याई सलाई कोरी शरीरमा आगो लगाई दिई हाँसेर नाच्न थाली पानी पानी भन्दा समेत पानी नदिई नाचेका थिए । मलाई मेरो शरीरमा आगो लगाउने मेरो श्रीमान पासाङ शेर्पा हुन् भन्ने समेत व्यहोराको आगोले जली सख्त घाईते भएकी छम्जी शेर्पाले मौकामा गरेको कागज । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित पूर्वमा कृष्ण डंगोलको पक्की घर, पश्चिममा पिपल्स क्याम्पस, उत्तर देवदास श्रेष्ठको पक्की घर, दक्षिणमा गणेशमान श्रेष्ठको पक्की घर, यति चार किल्ला भित्र सानुबाबु मानन्धरको चार तल्ले टिनको छानो भएको कच्चा घरको उत्तर तर्फको कोठाको ढोका दक्षिण मोहडा भई वन्द अवस्थामा रहेको, कोठाको उत्तर तर्फको कुनामा