निर्णय नं. ४१२६ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१२६ - परमादेश भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१० २४७१ निर्णय नं. ४१२६ ने.का.प २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रि.नं. ८२० आदेश भएको मिति : २०४७।४।१०।४ मा निवेदक : का.न.पं. वा.नं. ४ बस्ने ग्लेनब्राड फोर्ड सिमन्स विरुद्ध विपक्षी : गृह मन्त्रालयसमेत विषय : परमादेश (१) भिसाको लागि दिएको निवेदन लिन अस्वीकार गर्न कानुनन नमिल्ने भएकोले रीतपूर्वक अड्डामा पर्न आएको निवेदन लिई दर्ता गरी जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कटकबहादुर मल्ल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म निवेदक संयुक्त राज्य अमेरिका म्यासाच्यूसेटसमा १९ अगस्त १९३८ मा जन्म भई सनफ्रान्सिस्को क्यालीफोर्नियामा बसोवास गरी भोकेशनल नर्स एण्ड लाईसेन्सड साईकीयाट्रीक टेक्नीसीयनको पेशा गरी हाल अवकाश प्राप्त अमेरिकी नागरिकले नेपाली नागरिक धादिड्ड, नुलाड्ड गा.पं. वडा नं. ३ बस्ने जुजुभाइकी छोरी विजयालक्ष्मी शाक्यसंग २ नोवेम्वर १९८७ मा सानफ्रान्सिस्को क्यालीफोर्निया मेरीज कमिशनको अफिसबाट विवाह गरी ६ सेटेम्बर १९८९ मा नेपालमा विवाह दर्ता गरी श्रीमान श्रीमतीको हैसियतले बसेका । ३. मेरो श्रीमती नेपाली नागरिक भएको र जीवन पर्यन्त नेपालमा नै बस्ने इच्छा भएकोले का.जि.का.न.पं. वडा नं. ४ मा स्थायी बसोवास गरी जग्गा समेत खरीद गरी आएको र रमेशकुमार लामालाई श्री ५ को सरकारको इजाजतले धर्मपुत्रको रुपमा ग्रहण गरी आएकोले श्रीमती र छोरा दुवै नेपाली भई नेपालसंग भावनात्मक स्नेह रही श्रीमती पनि नेपालमा नै बस्ने भएबाट बारम्बार नेपाल आउने जाने क्रममा १६ जुलाई १९८९ मा नेपाल प्रवेश गरी श्रीमतीको इच्छा बमोजिम केही वर्ष नेपालमा नै बस्ने विचारले केन्द्रीय अध्यागमन कार्यालयमा भिसा माग्दा पहिले २ महीना पर्यटक भिसा र त्यसपछि २ महीना सामान्य भिसा दिइयो, बारम्बार आवासीय भिसा माग गरी निवेदन समेत दिएकोमा दर्ता समेत गरिएन र सो उपर प्रत्यर्थी गृह मन्त्रालय समक्ष उजूर गर्दा निजले पनि उजूरी सुन्न इन्कार गरेको । ४. आफू अमेरिकी नागरिक भए तापनि नेपाल प्रति आस्थावान रहेको र आफूले आर्जन गरेको ज्ञानबाट भविष्यमा नेपालको स्वास्थ्य सेवामा सरिक भई स्वयं सेवकको रुपमा कार्य गर्न इच्छुक छु । विवाह दर्ता ऐन अनुसार दर्ता भएको विवाहलाई नेपाल कानुनले संरक्षण प्रदान गरेको र नेपालको संविधानको धारा १० ले कानुनको समान संरक्षणको व्यवस्था गरे अनुसार समान कानुनको प्रयोगमा म निवेदक माथि कुनै भेदभाव गर्न नमिल्ने कुरा प्रष्ट देखिएको छ । श्रीमतीसंग एकसाथ जीवन यापन गर्ने मेरो हकलाई नेपाली कानुनले कदापी इन्कार गरेको छैन र नेपाली स्वास्नी मानिससंग विवाह गर्ने पुरुषले नेपालमा भिसा नपाउने भनी कानुनमा कतै उल्लेख गरिएको छैन । तसर्थ प्रत्यर्थीहरुले मलाई भिसा दिन इन्कार गरेबाट संविधानको धारा १० द्वारा प्रदत्त समानताको हक तथा कानुन प्रदत्त वैवाहिक जीवन यापनको अधिकारको उल्लंघन भएको हुँदा प्रत्यर्थीहरुका नाममा म निवेदकको निवेदन दर्ता गरी नन्टुरिष्ट भिसा जारी गरिदिनु भन्ने आदेश जारी गरी निवेदनमा अन्तिम आदेश नभएसम्म निवेदकलाई ने