निर्णय नं. ४१२७ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१२७ - अंश दपोट भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०३/२० २४३१ निर्णय नं. ४१२७ ने.का.प.२०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको दे.पु.नं. ४३८ आदेश भएको मिति : २०४७।३।२०।४ मा पुनरावेदक/वादी : वीरगंज न.पं.वा.नं. १६ बस्ने मुन्नीलाल साहुकानू विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने सुन्दर साह कानूसमेत मुद्दा : अंश दपोट (१) अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबण्डाको २७ नं. को आशय विपरीत हुने । (प्रकरण नं. ११) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा फैसला न्या.बब्बरप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।९।५।२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. हनुमान साहका चारजना छोरामा क्रमशः रामफल साह १, सिवगोविन साह १, रामगोविन साह १ तथा रामवरण हुनु भएकोमा सिव गोविन र गणेश साहको परलोक भई गणेश साहकी श्रीमती विपक्षी देवकलीदेवी हुनुहुन्छ । रामवरण साह सन्यासी भई हिंड्नु भएकोले वहाँबाट कुनै सन्तान छ्रैनन् । पिता रामधनी साहको दुई श्रीमतीमा जेठी बुधिया कान्छी म समेतको आमा भगवतीदेवी हुनु भएको र जेठी आमा बुधिया परलोक भई निज आमाका तर्फबाट एकमात्र छोरा विपक्षी देवसुन्दर हुनुहुन्छ । आमा भावगती तर्फबाट म मुनीलाल माहिला विपक्षी रामजी तथा कान्छो विपक्षी लक्ष्मण साह हुनुहुन्छ । जिजुबाजेहरु सबै आफ्नो कालगतिले परलोक भई सक्नु भएको छ । जिजु बाजेको पालादेखि नै उक्त सम्पूर्ण अंशियारहरु एकासगोलमै बसी धनसम्पत्ति आर्जन गरी आएकोमा परिवारको बढ्दो संख्याले गृह कलह भई २०२५।१।५ गते आ–आफ्नो चुल्हामानो अलग अलग गरी बसी आएकोमा मलाई विपक्षी पिता समेतले खान लाउन नदिएकोले विपक्षीहरु उपर दे.नं. १६९८ को अंश मुद्दा दायर गरेकोमा उक्त मुद्दामा २०२५।१।५ को मानो छुट्टिएको मिति कायम गरी घरको मुख्य व्यक्ति रामधनी साहसंग तायदाती माग भई तायदाती बमोजिमको अंश पाउने ठहरी २०३८।१२।९ मा सम्मानीत अदालतबाट फैसला भएकोमा उक्त तायदातीको नक्कल २०३८।१२।५ मा र फैसलाको नक्कल २०३८।१२।१८ मा सारी हेर्दा विपक्षीले बदनियत चिताई मानो छुट्टिएको मिति भन्दा अगावैको हाम्रो बारमा रहेको बीरगंज न.पं. अन्तर्गतको कि.नं. ११ क्षेत्रफल ०–०–४ को जग्गा समेतका ५ कित्ता जग्गाहरु मेरो अंश हक मार्ने नियतले तायदातीमा नदेखाई लुकाउनु भएकोले बाध्य भई अंश दपोटमा नालेश गर्न आएको छु । सो जग्गाहरु दपोट गरेकोले मेरो एकलौटी हक कायम गरी लागेको कोर्टफी समेत भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावी बमोजिम हामीले दपोट गरेको होइन वादी दावी बमोजिमको पोत नलाग्ने ऐलानी मुडली गा.पं. वार्ड नं. ५ कि.नं. ११ को ज.वि. ०–०–४ को जग्गा कोलाबारी गरी भोगचलन गरी आएको ऐ. वार्ड नं. ५ कि.नं. १२ को ज.वि. ०–०–१० मध्ये पश्चिमतर्फबाट आधिको अंश हकवाला गणेश साहकी पत्नी देवकलिया कनुइनलाई र पूर्वतर्फबाट आधी प्र.रामधनीलाई भागमा परी २०२७ साल बैशाख महीनामा घरको दुःख परी देबकलिया र देवसुन्दर समेत मिली ०–०–५ मा पक्की घर र खपडाको घर समेत बनाई भोग चलन गरी आएको र मानो छुट्टिएको पछि बनाएकाले दपोट गरी लुकाएको भन्ने प्रमाणबाट समेत व