निर्णय नं. ४१२८ - नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१२८ - नामसारी भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०३/१८ २२८५ निर्णय नं. ४१२८ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको नि.नं. ४०२० आदेश भएको मिति : २०४७।३।१८ मा निवेदक : विष्णुप्रसाद पराजुली विरुद्ध विपक्षी : फुलप्रसाद मुद्दा : नामसारी (१) मा.पो. मा छुट्टाछुट्टै निवेदन दिएकोमा प्र. ले दुवैमा अंशबाट आफ्नो समेत हक लाग्ने भनी देखाई दर्ता गर्न दिन बेमन्जूर भएको देखिन आएकोबाट दुवै वादीको दावीमा प्रतिवादीको एउटै जिकिर भएकोबाट प्रतिवादीको जिकिरबाट यो दुवै मुद्दा एकै लगाउको भन्ने स्पष्ट रहेको । (प्रकरण नं. ३) आदेश न्या.बब्बरप्रसाद सिंह १. यसमा निवेदक विष्णुप्रसाद विपक्षी फूलप्रसाद सित परेको अंश मुद्दामा भएको अन्तिम फैसला बमोजिम दावीका कि.नं. ४१, ३६, १२९, १३१, ३१ का जग्गाहरु आफ्नो नाउँमा नामसारी गरिपाउँ भन्ने समेत व्यहोरा मा.पो.का. काठमाडौंमा २०४२।१।३ मा निवेदन परी विपक्षी फुलप्रसाद झिकाइएकोमा फुलप्रसादले दावीका जग्गाहरु मेरो समेत अंश लाग्ने भएकोले मेरो मन्जूरी बेगर दर्ता हुनुपर्ने र हक लाग्ने होइन भनी २०४२।५।२ मा निवेदन दिएकोमा मा.पो.का. काठमाडौंबाट अंश मुद्दामा अन्तिम फैसला भइसकेको भन्ने आधारमा दावी बमोजिम विष्णुप्रसादका नाउँमा दर्ता हुने भनी २०४२।८।१० मा निर्णय गरे उपर प्र.फुलप्रसादको सगोल दर्ताको जग्गामा को कसको कता पट्टीको भन्ने नखुलेकोमा मेरो मन्जूरी बेगर दर्ता ठहर्याएको नमिल्ने भन्ने समेत जिकिर लिई २०४२।१०।१४ मा पुनरावेदन परेकोमा जि.का.का. बाट पनि २०४५।३।७ मा मा.पो.का. को निर्णय मनासिब ठहर्याई निर्णय भए उपर निजै फुलप्रसादको म.क्षे.अ. मा २०४५।४।१० मा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी म.क्षे.अ. बाट २०४५।११।१० मा पुनरावेदनको अनुमति प्रदान भई मुद्दा पेश हुँदा २०४६।३।१ मा जग्गाको स्वामित्व सम्बन्धमा तेरो मेरोको प्रश्न उपस्थित भएपछि सो भित्र प्रवेश गरी मालपोत कार्यालयले साविक जग्गा धनीको नाम कटाई दावी बमोजिम विष्णुप्रसादका नाउँमा दर्ता गर्ने गरेको निर्णय सदर गरेको नमिल्ने भन्ने ठहर भएको देखिन्छ । २. अर्कोतर्फ वादी गौरी पराजुलीले आफूले पाएको शेषपछिको बकसपत्र बदर गरी पाउँ भनी फुलप्रसादले मुद्दा दिएकोमा सो बकस बदर हुन नसक्ने ठहरी अन्तिम फैसला भएको सो फैसला र बकसपत्रबाट मेरो हक भएको कोटेश्वर पं. वार्ड नं. ६(ख) कि.नं. ३७ को र कि.नं. ४९ को जग्गा र ऐ. पंचायत वार्ड नं. २(ख) को कि.नं. ७५ को जग्गा आफ्नो नाममा नामसारी गरी पाउँ भनी निजै फुलप्रसादलाई प्रतिवादी बनाई २०४२।१।३ मा मा.पो.का. काठमाडौंमा निवेदन दिएकोमा निज फुलप्रसादलाई झिकाइएकोमा निज फुलप्रसादले प्रस्तुत मुद्दामा पनि वादीले दावी लिएको जग्गा मेरो समेत हक लाग्ने हुँदा दावी बमोजिम दर्ता हुन नपर्ने भन्ने समेत व्यहोराको २०४२।५।२ मा निवेदन दिएकोमा ना.अं.अ. को फैसला र पास भएको बकस बमोजिम दावीको जग्गा दाखिल खारेज गरी दिने भनी एकै दिन अर्थात २०४२।८।१० मा निर्णय गरे उपर प्र.फुलप्रसादको एकै मिति २०४२।१०।१४ मा जि.का. काठमाडौंमा पुनरावेदन परेकोमा जि.का. काठमाडौंबाट विष्णुप्रसाद वादी भएको माथि उल्लेख भएको नामसारी मुद्दा किनारा भएकै दिन अर्थात २०४५।३।७ मा मा.पो.का. काठमाडौंको निर्णय मनासिब ठहर्याई निर्णय भएको उपर निज फुलप्रसादको २०४५।४।१० मा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी २०४५।११।१० मा अनुमति