निर्णय नं. ४१२९ - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१२९ - लुटपिट भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१० २२०६ निर्णय नं. ४१२९ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको फौ.पु.नं. २८० फैसला भएको मिति : २०४७।४।१०।४ मा पुनरावेदक/वादी : जि.सप्तरी बोरीया गा.पं. वा.नं. ७ बस्ने गोसाई भन्ने वीरेन्द्रकुमार दास विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. मलठे गा.पं.वा.नं.१ बस्ने रतिलाल यादव मुद्दा : लुटपिट (१) प्रतिवादीले वादी दावी बमोजिमको जग्गाको बाली लुटपिट गरेको छैन होइन भनी केही सबूद प्रमाण समेत गुजारेको देखिन आउँदैन साथै वादीको साक्षीहरुले फिराद मिलान गरी प्रतिवादीले लुटी लगेको भन्ने देखिन आएबाट शुरु तथा अञ्चल अदालतले वादी दावी बमोजिम लुटपिट ठहर गरेको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस फैसला न्या.बब्बरप्रसाद सिंह १. पू.क्षे.अ. को मिति २०४४।३।१५ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएकोमा पुनरावेदकले तारेख गुजारी डिसमिस भई पुनः डिसमिसबाट जगाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरो नाउँ दर्ताका जि.सप्तरी गा.पं. वार्ड नं. ४(क) कि.नं. ४०८ को ०–१०–१३ जग्गामा लगाइएका धानबाली पाकी सकेपछि २०३७।९।१७।४ का दिन १०।११ बजे २५–३० जना ज्यामी समेत लिई आई धानबाली लुटी प्रतिवादीले धान लगेकोले सो बालीको बिगो रु. १६४२। प्रतिवादीबाट दिलाई सजायँ गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादी दावीको जग्गा दसन यादव मोही भई कमाएकोले बाली निजैले खाएकोले मैले लुटपिट गरेको छैन भन्ने समेत प्रतिउत्तरपत्र । ४. वादी दावीको जग्गाको दसन यादव कानुनी मोही नदेखिएको प्रतिवादीले प्रमाण नगुजारी तारेख छोडी बसेको वादीका साक्षीले दावी समर्थन गरी बकपत्र गरेको समेतबाट वादी दावीको जग्गामा प्रतिवादीले लुटपिट गरेको ठहर्छ भन्ने समेत सप्तरी जि.अ. को २०३८।११।२९।६ को फैसला । ५. सो फैसला उपर प्रतिवादी तर्फबाट परेको पुनरावेदनमा प्रतिवादीले लुटपिट गरेको ठहर्‍याएको शुरु जि.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको २०३९।११।१७।३ को फैसला । ६. उक्त फैसला उपर पू.क्षे.अ. बाट पुनरावेदनको अनुमति प्रदान नभई श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएकोमा बिना कुनै कारण प्रयोजन प्रतिवादीले वादीको मोही दसन यादवसंग विवाद परिरहेको जग्गामा हात हाली लुटपिट गरेको सम्झनु न्यायोचित नदेखिँदा प्रतिवादीले लुटपिट गरेको ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालतको इन्साफ गल्ती हुँदा उल्टी भई वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत पू.क्षे.अ. को २०४४।३।१५।२ को फैसला । ७. पू.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको निवेदनमा यस निवेदकको यिनै प्रतिवादी संगको लुटपिट मुद्दा नि.नं. ७८५ को निवेदनमा आजै यसै इजलासबाट पुनरावेदनको अनुमति प्रदान गरिएकोले प्रस्तुत निवेदन पनि लगाउको देखिएकोले न्या.प्र.सु. ऐन, २०३१ को संशोधन दफा १३(५)(ख)(ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४५।२।१८।३ को आदेश । ८. वादी पुनरावेदक गोसाई भन्ने वीरेन्द्रकुमार दासका वारेश शैलेन्द्रप्रसाद कर्णले मिति २०४५।९।२ को तारेख गुजारी बसेको र