निर्णय नं. ७९१९ - निर्णय वदर हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९१९ - निर्णय वदर हक कायम । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/०१/१६ ४५१४ निर्णय नं.७९१९ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०५९ सालको दे.पु.नं. .... ९२९९ ०६० सालको दे.पु.न. ९३४० फैसला मितिः २०६५।१।१६।२ मुद्दाः निर्णय वदर हक कायम । पुनरावेदक प्रतिवादीः त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ्ग क्याम्पस लमजुङ्गका क्याम्पस प्रमुख तेजवहादुर नेपाली विरुद्ध विपक्षी वादी नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय एवं पुनरावेदक प्रतिवादीः लमजुङ्ग जिल्ला कुन्छा गा.वि.स.वडा नं १ घर भई कास्की लेखनाथ न.पा. ८ वस्ने स्व. झलक नारायण श्रेष्ठको मु.स. गर्ने इश्वरी देवी श्रेष्ठ विरुद्ध विपक्षी वादी नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय शुरु फैसला गर्ने :- उमेशराज पौड्याल पुनरावेदन फैसला गर्नेः- मा.न्या.ताहिरअलि अन्सारी मा.न्या.गिरीशचन्द्र लाल § सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २२ अनुसार मुद्दा दायर हुने एउटा प्रक्रिया हो । तर सो वाहेक अन्य प्रक्रियाबाट मुद्दा दायर नै हुन नसक्ने देखिदैन र त्यसरी फिराद गर्नलाई कुनै कानूनले रोक लगाएको वा वर्जित गरेको अवस्था नहुँदा सरकारले व्यक्ति सरह नालेस गर्न नपाउने भन्न पनि नमिल्ने । § सरकारी मुद्दा सम्वन्धी ऐनको प्रक्रियाबाट मुद्दाको उठान भएको छैन र सरकारी वा सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी र दायित्व भएको विभागीय मन्त्रालयबाट सिधै फिराद दायर भएको अवस्थामा सार्वजनिक रुपमा प्रयोग भएको गौचर जग्गाको संरक्षण गर्ने विषयलाई लिएर सरकारकै तर्फबाट परेको फिरादलाई अन्यथा भन्न नमिल्ने। § मालपोत ऐन, २०३४ को दफा २४ ले सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाउँमा दर्ता वा आवाद गराउन नहुने र त्यसो गरेमा स्वतः वदर हुने व्यवस्था गरेको अवस्थामा त्यसरी व्यक्ति विशेषका नाममा भएको दर्ता स्वतः बदर हुने विषयका सम्वन्धमा हदम्याद लाग्न सक्ने अवस्था नहुने । § सार्वजनिक प्रकृतिको जग्गालाई व्यक्ति विशेषका नाममा दर्ता गर्ने प्रक्रिया समेतलाई वदर गर्नको लागि प्रस्तुत फिराद परेको हुँदा मालपोत ऐनको दफा २४ यस मुद्दामा आकर्षित हुने । (प्रकरण नं.१७) § सार्वजनिक प्रकृतिका संरचना समेत रहे भएको उक्त जग्गा सार्वजनिक प्रकृतिको नै देखिन आएकाले नापी हुँदाका वखत गौचर जनिई नापी हुँदा प्रतिवादीहरुले कुनै उजुर वाजुर गर्न नसकेको, आफ्नो साविक दर्ताले पक्रन्छ भनी भोग वसोवास गर्न नसकेको र सार्वजनिक रुपमा प्रयोग भई आएको त्यस्तो जग्गालाई प्रतिवादीहरुले दुषित तवरले हक कायम गराएकै आधारमा निजहरुको हो भन्नु कानूनसंगत र न्यायसंगत हुन नसक्ने । (प्रकरण न.१८) पुनरावेदक तर्फवाटः उपस्थित विद्वान अधिवक्ता टंक प्रसाद दुलाल विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी, विद्वान अधिवक्ता नारायण प्रसाद खनाल अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, पोखराको मिति २०५८।९।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार प्रतिवादी तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. तनहुँ जिल्ला साविक ज्यामरुक वयापानी गा.वि.स.वडा नं ६ (ट) कि.नं. २४२ को क्षे.फ. ५७–३–१–१ रोपनी जग्गा ०३० सालमा सर्भे नापी हुँदा गौचरन कायम भै अनादिकालदेखि स्थानीय समुदायको गाई ब