निर्णय नं. ४१३० - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३० - जग्गा खिचोला भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०३/२२ ३११२ निर्णय नं. ४१३० ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ६८५ फैसला भएको मिति : २०४७।३।२२।६ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ९ बस्ने दिलमान राजभण्डारीसमेत विरुद्ध विपक्षी/वादी : ऐ. वा.नं. २७ बस्ने मिश्री राजभण्डारीसमेत मुद्दा : जग्गा खिचोला (१) कागज बमोजिम भोगाधिकार भएको कुरामा विवाद नदेखिँदा कित्ता काट गर्ने गरेको निर्णय र सो बमोजिम दर्ता गर्ने गरेको कार्य समेत बदर भई वादी दावी बमोजिम वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्याएको अं.अ. को इन्साफ मनासिब ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफमा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदन गर्न अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. हाम्रा पति तथा पिताजी उदयमान राजभण्डारी र विपक्षीको पिता गजेन्द्रका नाउँमा संयुक्त दर्ता भएको पशुपति महास्नान गुठीको जग्गा नापी हुँदा का.जि.बत्तीस पुतली गा.पं. वडा नं. ९(ख) कि.नं. ४ को १०–१०–० कायम भएकोमा उक्त जग्गाको मोही अन्यायी भैरवबहादुर रहेकोमा गुठी संस्थान ऐन बमोजिम उक्त जग्गा तीन भागमा बण्डा गरी हामी मिश्री नानी समेतका नाउँमा ३–५–३, गजेन्द्रमानका नाउँमा ३–५–३ र मोही भैरवबहादुरको नाउँमा ३–५–२ बण्डा गरी सोही अनुरुप गुठी संस्थान तहसील कार्यालयमा बाली बुझाई आएका छौं । ०३१ सालसम्म कित्ताकाट भएको थिएन, चक्रपथ निर्माण हुँदा उक्त कि.नं. को जग्गा मध्ये ३–३–१ अधीग्रहणमा परेको थियो । सो अधीग्रहणमा परेको मिलाउन २०३१।१।२८ मा चार किल्ला समेत उल्लेख गरी आएका थियौं, यतिकैमा २०३९।११।२९ गते मेरा किल्ला भित्रको जग्गा विपक्षी दिलमान र गम्भीरमानले खिचोला गर्न आएको हुँदा के रहेछ भनी मालपोत कार्यालय र गुठी संस्थान गई बुझ्दा कि.नं. ८६ को ३–५–३, विपक्षी दिलमान राजभण्डारी र गम्भीरमानको नाउँमा कायम गरिएको र कि.नं. ८७ को ३–७–३ जग्गा भैरवबहादुर जोताहा कायम राखी दर्तावाला शिवमान, गजेन्द्रमान कायम गरिएको रहेछ, सो कुरा गुठी संस्थानको मिति ०३९।९।१० को पर्चा मिति ०३९।११।२९ मा नक्कल सारी लिएबाट थाहा भयो, अतः गुठी संस्थानको मिति ०३९।११।२९ को पत्रद्वारा विपक्षी दिलमान समेतको नाउँमा कि.नं. ४४ बाट कित्ताकाट गरी दर्ता गरेको कि.नं. ८६ को जग्गा दर्ता गर्ने गरेको पत्र सम्बन्धित निर्णय र सो दर्ता बदर गरी मेरो जग्गामा खिचोला गर्न आएकोले खिचोला समेत मेटाई पाउँ भन्ने समेत व्यहोराको मिश्री राजभण्डारी समेतको संयुक्त फिरादपत्र । ३. बाबा गजेन्द्रमानबाट हामीहरुले बकस पाई नामसारी गराई बत्तीसपुतली गा.पं. वडा नं. ९(ख) कि.नं. ४४ को ६–१२–३ जग्गा कित्ताकाट गराई हामीहरुको दर्ता हक भोगको ३–५–३ कि.नं. ८६ र विपक्षी को कि.नं. ८७ मा रहेको छ, विपक्षीले २०३९।११।२६ मा हामीले खिचोला गर्न आएको भनी लेखेको छ, तर कसरी खिचोला गर्न आएको हो भन्न र लेख्न सकेको छैन खिचोला गर्न आयो भन्दैमा खिचोलाको वारदात कायम हुन सक्ने होइन, एक भन्दा बढी