निर्णय नं. ८७५१ - दर्ता बदर, नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७५१ - दर्ता बदर, नामसारी भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०५/१३ ४६३१ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६७ सालको दे.पु.नं २०६६–CI–११९३ फैसला मितिः २०६८।५।१३ मुद्दाः— दर्ता बदर, नामसारी । पुनरावेदक वादीः जिल्ला नवलपरासी, तिलकपुर गा.वि.स. वडा नं. ८ बस्ने प्रसादी देवी थरुनीको मु.स.गर्ने ऐ.ऐ. बस्ने तिलकधारी थारू मरी निजको मु.स. गर्ने ऐ.ऐ. बस्ने गौदी थरुनी विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वडा नं. १ बस्ने कल्लु दमै मरी निजको मु.स. गर्ने छोरा ऐ.ऐ. घर भै हाल ऐ. रामग्राम न.पा. वडा नं. ५ बस्ने शंकरप्रसाद दमै समेत शुरु फैसला गर्नेः मा.न्या.श्री बालचन्द्र शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री मोहनप्रकाश सिटौला मा.न्या. श्री बमकुमार श्रेष्ठ § जग्गा दा.खा. नामसारी भै अर्काको नाममा गैसकेको अवस्थामा ज.प.को २क अनुसार अपुताली खानेलाई सदाको लागि दा.खा नामसारी गर्ने हदम्याद रहन्छ भन्न नमिल्ने । § जुन समयको घटना वा क्रिया हो, सोही समयको कानूनको आधारमा उपचार खोज्नु पर्छ । २०२६ सालको दर्ता दा.खा. निर्णयका सम्बन्धमा तत्कालीन ऐनको व्यवस्था नै लागू हुन्छ । तत्कालीन ऐनको व्यवस्थाबाट हदम्याद समाप्त भएपछि नयाँ संशोधन भएको ऐनको आधारमा तत्कालीन काम कारोवारका सम्बन्धमा हदम्याद कायम गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता कृष्ण सापकोटा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय रामबन्धु शर्मा र देवीप्रसाद कोइराला अवलम्बित नजीरः नेकाप २०६०, नि.नं. ७१६६ सम्बद्ध कानूनः § जग्गा पजनीको २क र १७ नं. § रजिष्ट्रेशनको ४० र ३६ नं. फैसला न्या.सुशीला कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम पुनरावेदन अदालत बुटवलको मिति २०६५।३।१७ को फैसलाउपर वादीको तर्फबाट मुद्दा दोहोर्‍याई पाऊँ भनी परेको निवेदनमा दोहोर्‍याई पाउने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मौजे मगरमुढा, जमिदार लक्ष्मी नारायणको जिम्माको ११ नं. का रैती पेपर भन्ने पेपल थारूका नाउँको साविक कि.नं. ४७ को ज.वि. २–७–१२ को जग्गा सर्भे नापी हुँदा नरबढी भई जि.न.प. तिलकपुर गा.वि.स. वडा नं. ८ कि.नं. ३५ मा २–१८–५ जग्गा कायम भै पति पेपल थारूका नाउँमा फिल्डवुकमा दर्ता कायम भएको थियो । सो जग्गामध्ये उत्तरतर्फबाट ज.वि. ०–१२–१० जग्गा विपक्षी कल्लु दमैलाई २०२६ सालमा विक्री गरी बाँकी रहेको २–५–१५ जग्गा पति जीवित छउन्जेल पतिले र निजको मृत्यु भएपछि अपुतालीको २ नं. बमोजिम नजिकको हकवाला निजको एकमात्र श्रीमती म फिरादी एवं छोराहरूले भोग गरी आएकै अवस्थामा उक्त जग्गा नामसारी गर्ने भनी सल्लाह हुँदा उक्त पूरै जग्गा कल्लु दमैले दर्ता नामसारी गराएको भन्ने सुनी मिति २०६१।६।२६ गते मालपोत कार्यालय नवलपरासीमा आई हेर्दा उक्त कि.नं. ३५ को २–१८–५ पूरै जग्गा कल्लु दमैले दर्ता नामसारी गराएको कुरा थाहा हुन आयो । पतिबाट ०–१२–१० भन्दा वढी जग्गा नलिएका हुँदा सोभन्दा वढी जग्गा दर्ता नामसारी गर्ने हकदैया विपक्षीलाई छैन । तसर्थ उक्त कि.नं. ३५ को ज.वि. २–१८–५ मध्ये विपक्षीलाई दिएको ज.वि. ०–१२–१० जग्गा बाहेक बाँकी मेरो हक भोगको भएको हुदा विपक्षीले आफूले खरीद गरेभन्दा वढि जग्गा ज.वि. २–५–१५ दर्ता नामसारी गरेको हदसम्म विपक्षीका नाउँको दर