निर्णय नं. ४१३१ - दोहराई हरहिसाब गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३१ - दोहराई हरहिसाब गरी पाउँ भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१४ ३६१४ निर्णय नं. ४१३१ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ९५७, ९३२ फैसला भएको मिति : २०४७।४।१४।१ मा पुनरावेदक/वादी : चन्द्रनहर नविकरण बिस्तार पम्प नहर तथा कोशी पश्चिमी नहर वितरण प्रणाली आयोजना कार्यालय तथा सो कार्यालयका प्रोजेक्ट मैनेजर नन्दकिशोर अग्रवालको हाल इन्द्रबहादुर श्रेष्ठ विरुद्ध विपक्षी/वादी : लहान न.पं. वा.नं. ७ बस्ने परमेश्वर मुरारका पुनरावेदक/वादी : लहान न.पं. वा.नं. ७ बस्ने परमेश्वर मुरारका विरुद्ध विपक्षी/प्रतिवादी : चन्द्रनहर नवीकरण विस्तार पम्प नहर तथा पश्चिम कोशी नहर वितरण प्रणाली आयोजना कार्यालय तथा ऐ. कार्यालयको प्रोजेक्ट मैनेजर नन्दकिशोर अग्रवाल मुद्दा : दोहराई हरहिसाब गरी पाउँ (१) सम्झौताको दफाबाट जे सरल र स्वाभाविक अर्थ निक्लिन्छ त्यसको सोही अर्थ गर्नुपर्ने । (प्रकरण नं. १८) (२) शर्तनामा बमोजिम कम्ती दिनुपर्ने रहेछ भने बढी दिने स्थिति नहुने । (प्रकरण नं. १९) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत र विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल फैसला न्या.त्रिलोकप्रताप राणा १. पू.क्षे.अ. को फैसलामा चित्त नबुझी दुवै पक्षको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. विपक्षी आयोजना कार्यालय तर्फबाट विपक्षी आयोजनाको प्रोजेक्ट मेनेजर मुरारका कन्स्ट्रक्सनका तर्फबाट परमेश्वर मुरारकाले २०३५।९।२५ मा हस्ताक्षर गरी २५ से.मि. १२ से.मि. ७ से.मि. आकारको प्रथम श्रेणीको ईंटा प्रतिहजार रु. १९१।– का दरले ७५ लाख संख्या मोल रु. चौध लाख बत्तिस हजार पाँच सयको र द्वितीय श्रेणी उल्लेख गरेकै आकारको २५ लाख संख्या ईंटा प्रति हजार रु. १६१।– का दरले जम्मा मोल रु. चार लाख दुई हजार पाँच सयको ईंटाटायल ३० से.मि. १५ से.मि. ५ से.मि. को प्रतिहजार रु. २९१।– का दरले प्रथम श्रेणीको ईंटाटायल ७५ लाखको मोल रु. २१ लाख बयासी हजार पाँच सयको र द्वितीय श्रेणीको उल्लेख गरेकै आकारको ईंटाटायल प्रति हजार रु. २६५।– का दरले मोल रु. नौ लाख चौवन्न हजार ईंटाको निर्माण गरी पोली तयार गर्ने थाक लगाउने र ईंटा पोल्नका लागि प्रति एक लाखमा ३० मेट्रिक टन कोइला विपक्षी आयोजना कार्यालयले बिना मूल्यमा उपलब्ध गराउने अनुबन्धन गरी सम्झौता गरी पक्ष विपक्षको बीचमा सोही मितिमा करार भएको थियो । विपक्षीसंग करार गरेपछि मैले ईंटाटायल गरी १,२६,९६,९०३ काँचो ईंटा पोलेको छु । सो पोल्नका लागि जम्मा कोइला ४८२४–८५० चार हजार आठ सय चौबीस मेट्रिक टन आठ क्वीन्टल पचास के.जी. सरदर ३८ मेट्रिक टनको हिसाबले लाग्नु पर्ने, जम्मा आयोजनासंग मैले ४२८४–४९७ चार हजार दुई सय चौरासी मेट्रिक टन चार क्वीन्टल सन्तान्नब्बे के.जी. मात्र प्राप्त गरेको छु । कोइलाको मूल्य कटाई लिने सम्झौता शर्त छैन । ईंटाटायल पोल्न प्रति लाख कतिको कोइला दिने हो सो सम्झौतामा खुलेको छैन । तर उक्त कार्यालयको निरीक्षणमा भएको काम भएकोले उक्त आयोजनाका इन्जिनियर समेतले ०३८।११।६ मा दर्ता नं. ७१२ को ईंटा खपत बारेमा दिएको प्रतिवेदन अनुसार ३८ मेट्रिक टन पोल्न लाग्यो भनी दिएको प्रतिवेदनबाट प्रष्ट भइरहेको छ । वास्तविक खपतको हिसाबबाट देखिन आयो । य