निर्णय नं. ७९२१ - अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९२१ - अंश । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/१२/०५ ७५९६ निर्णय नं.७९२१ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, सयुक्त इजलास माननयि न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिरअलि अंसारी सम्वत् २०६२ साल को दे.पु.नं ९४१५ फैसला मितिः २०६४।१२।५।४ मुद्दाः–अंश । पुनरावेदिका वादीः का.जि.का.म.न.पा वडा.नं ४ धुम्वराही वस्ने डा. पुष्करराज पाण्डेकी श्रीमती सविना पाण्डे विरुद्ध प्रत्यर्थी प्रतिवादी ऐ.ऐ. वस्ने कृष्णराज पाण्डे समेत शुरु फैसला गर्नेः मा.न्या. गिरिशकुमार शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. राजेन्द्रप्रसाद कोइराला मा.न्या. रण वहादुर वम § नेपालमा सम्वन्धविच्छेदको उजुरी दायर गर्ने प्रकृया र त्यस पछि अवलम्वन गरिने कार्यविधि समेत अमेरिकी अदालतले आफ्नो क्षेत्राधिकारमा कारवाही गर्दा अपनाएको वा त्यहाँको कानून अनुसार अपनाउनु पर्ने वाध्यता रहेको समेत नपाइदा यस सम्वन्धमा नेपालको कानून र अमेरिकी राज्य ओक्लाहामाको कानूनी व्यवस्था पूर्णरुपले फरक रहेको अवस्थामा नेपालमा रहेको नेपाली नागरिक उपर ओक्लाहामामा सम्वन्धविच्छेद मुद्दा दायर गरी नेपालको कानूनले निर्दिष्ट गरेको आधारहरु भन्दा भिन्न आधारमा सम्वन्धविच्छेद हुने ठहरी ओक्लाहामामा भएको फैसला नेपालमा स्वतः मान्यता प्राप्त गर्न सक्दछ र कार्यान्वयन योग्य छ भन्न नमिल्ने । (प्रकरण नं.१२) § वादीले अमेरिकी अदालतमा आफ्नो प्रतिनिधित्व गराएको देखिएतापनि निजले सम्वन्धविच्छेद गर्न स्वीकार नगरी प्रतिनिधित्व मात्र गराए वाटै जे निर्णय हुन्छ त्यो मान्छु भनी यी वादीले प्रतिवद्धता देखाएको वा Legally surrender गरेको भनी सम्झन नमिल्ने । § सम्वन्धविच्छेद लगायत विहावारी सम्वन्धी मुद्दा नेपाल कानूनले फौजदारी मुद्दाको श्रेणी भित्र राखेको छ (अ.वं. ९नं.) साथै त्यसको लागि ऐनले नै अवस्था र प्रकृया निर्धारण गरेको अवस्थामा त्यसको विपरीत वा त्यसको अनुशरण नगरी भएको कुनै पनि निर्णय मान्नु वा त्यसको नेपालमा कार्यान्वयन गर्नु नेपाल कानूनको र सार्वजनिक नीति (Public policy) को स्पष्ट उल्लघंन हुन जाने । (प्रकरण नं.१३) § ओक्लाहामाको अदालतको निर्णयको आधारमा नेपाल कानून बमोजिम व्यक्तिगत घटनाको रुपमा जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ द्वारा निर्धारित प्रकृया बमोजिम सम्वन्धविच्छेद दर्ता पनि नभएको र ओक्लाहामाको अदालतले गरेको भनिएको सम्वन्ध विच्छेदको निर्णय प्रस्तुत मुद्दाको सन्दर्भमा अस्तित्वहीन (Nonexistent) भएकोले वादी र प्रतिवादी वीचको सम्वन्धविच्छेद हुँदै नभइ यी दुई वीच कायमै रहेको हुँदा प्रस्तुत अंश मुद्दाको प्रयोजनका लागि समेत वैवाहिक सम्वन्ध कायमै रहने । (प्रकरण नं.१५) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा, इश्वरीप्रसाद भटृराई प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ताहरु श्री पवनकुमार ओझा, अम्वरप्रसाद पन्त, प्रकाश राउत र भरत खरेल अवलम्वित नजीरःने.का.प.२०२९, निर्णय नं.७०८, पृष्ठ ३६६ फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन,२०४८को दफा ९ वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र तथ्य यस प्रकार छ :- प्रतिवादी मध्येका डा.पुष्कराज पाण्डेसंग कुल रीत परम्परा अनुसार मिति २०५३।८।२८मा म फिरादीको विवाह काठमाडौंमा सम्पन्न भइ हाम्रो वैवाहिक जीवन प्रारम्भ भएको थियो । तत् पश्चात विपक्षी पतिको समेत सल