निर्णय नं. ४१३२ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१३२ - जालसाजी भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०३/२७ २२९० निर्णय नं. ४१३२ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. ४८५ फैसला भएको मिति : २०४७।३।२७।४ मा पुनरावेदक/वादी : गुल्मी जिल्ला तम्घास गा.पं. वा.नं. १ बस्ने लेखनाथ पौडेलको मु.स. गर्ने हेमकला पाण्डे विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. वा.नं. ८ बस्ने जगतबहादुर श्रेष्ठसमेत मुद्दा : जालसाजी (१) दर्ता गराउने काम अड्डाको हुने भएबाट अड्डाको सुस्तिले दर्ता नभए पनि त्यस्तो जग्गामा दाताबाट खरीद गर्ने वादी पुनरावेदकको पतिको हक नपुगेको भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना अवलम्बित नजीर : ने.का.प. २०२४, पृ. ११३, नि.नं. ३७९ दयाराम पाध्याय वि. खडे दमाई भन्ने भक्ते दमाई भएको जग्गा बाली बिगो मुद्दामा फुलबेञ्चबाट प्रतिपादित सिद्धान्त । फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :– २. विपक्षी मध्ये मेघबहादुरले आफ्नो ढागीथुम जग्गा श्री सबुजगुल्म गुल्मीलाई दिई सो को सट्टापाएको साखिने भन्ने पर्ति जग्गामा बोर्डको निर्णय बमोजिम मेघबहादुरले घर गोठ बनाई बसी भोगी आएको सो जग्गा दर्ता सम्बन्धमा मेघबहादुरको छोरा मिनबहादुरले निवेदन दिई मालमा कारवाही चल्दैछ, नम्बरी भएको छैन । उक्त जग्गा मध्ये पश्चिम उत्तर किल्लातर्फ पूर्व मेघबहादुरको घर पछाडीको कान्लो ढुंगो समेतका ४ किल्ला भित्रको साखिने भन्ने जग्गा ०२४।११।१७ मा दिनानाथले मेघबहादुरबाट हदमुनिको राजीनामा लिई भोगी आएका निज दिनानाथका जग्गा देखि पूर्व पट्टिको पूर्व सल्लेरी जाने तेर्सो बाटो समेतका ४ किल्ला भित्रको जग्गा मेघबहादुर दिने सकुन्द्रराज, जगतबहादुर साक्षी बस्ने गरी ०२४।११।१७ मा रु. ९९।– मा राजीनामा लिई भोग चलन गरी आएको पूर्व सल्लेरी जाने तेर्सो बाटो, पश्चिम दिनानाथको जग्गा, उत्तर म लेखनाथको जग्गा, दक्षिण ठाडो बाटो यी ४ किल्ला भित्रमा घर, गोठ बनाई मेघबहादुरले भोगी आएका छन् । जगतबहादुरको वारतोस तेर्सो बाटो देखि पश्चिम पट्टिको जग्गाको नाताले दिनानाथले घरसारमा लिएको राजीनामा पाको गराउन मेरो उक्त राजीनामा बमोजिमको पूरै जग्गा किल्ला भित्र पारी पूर्व लेखनाथको जग्गा भन्नु पर्नेमा पूर्व सल्लेरी जाने तेर्सो बाटो, पश्चिम मेरै आठो उत्तर दिनानाथको साँध, दक्षिण ठाडो बाटो यति ४ किल्ला भित्रको तिरो रु. ।६४ मध्ये ।४ को साखिने भन्ने पाखो जग्गा भनी ०३३।१२।१५ को मिति पारी जगतबहादुर दिने, मिनबहादुर लिने मु.नारायण प्रसाद, सुकुन्दराज फटके साक्षी र प्रेमनारायण लेखक साक्षी भई रु. ९६।– को बेदामी अंक देखाई ०३६।१।२३ मा खडा गरी जगतबहादुर श्रेष्ठसंगबाट हदमुनिको राजीनामा लिई मेरो हक भएको भनी पूर्व सल्लेरी जाने तेर्सो बाटो, पश्चिम धनिकै ढिक आँठो, उत्तर प्रतिनिधिकै आँठो ठाडो बाटो यति ४ किल्ला भित्रको साखिने भन्ने पाखो जग्गा राजीनामा दिएँ भनी मु.नारायण प्रसादले ०३५ सालको तिरो बुझेको रसिद जालसाजी खडा गरी रु. ८०००।– मूल्य राखी ०३६।१।२३ मा दिनानाथ लिने मेघबहादुर, चन्द्रकुमारी फड्के साक्षी हुने, पूर्णलाल लेख्ने गरी जालसाजी राजीनामा खडा गरी जग