निर्णय नं. ४१३४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१३४ - लेनदेन भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१६ २४०२ निर्णय नं. ४१३४ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ८२२ फैसला भएको मिति : २०४७।४।१६।३ मा पुनरावेदक/प्रतिवादी : सुर्खेत जि.छिच्चु गा.पं. वा.नं. ७ बस्ने तिलकराज वली विरुद्ध विपक्षी/वादी : ऐ.रामघाट गा.पं. वा.नं. ७ बस्ने सेते थापाको मु.स.गर्ने ऐ.बस्ने दलबहादुर थापा मुद्दा : लेनदेन (१) विवादित भर्पाई हेर्दा सो भर्पाईको व्यहोरा खण्डलाई मौलिक (Original) लेखाई भन्न सकिने पनि देखिएन, तमसुक कागजलाई वादीले स्वीकार नै गरी विवाद उठाएको देखिन नआएको र क्षे.अ. बाट लगाएको प्रमाण बुँदा समेतबाट सो भर्पाई कीर्ते ठहर गरी प्रतिवादीबाट सद्दे लिखतको साँवा ब्याज भरी पाउने ठहर्‍याएको जिल्ला अदालतको इन्साफलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी/वादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुड्डाना फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. न्या.प्र.सु. ऐन, २०३१ (संशोधन सहित) को दफा १३ को उपदफा (५)(७) अन्तर्गत पुनरावेदनको अनुमति दर्ता भई अनुमति प्राप्त भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. वि.तिलकराज वलीले ०४०।४।१ गते म बाट ४३,९६७।५० बुझी लिई तमसुक लेखी दिएको पटक पटक माग्न जाँदा पनि नदिएकोले २०४०।४।१ गते देखि हाल २०४२।१।३० गते सम्मको साँवा ब्याज तथा मुद्दा किनारा हुँदा तकको व्याज समेत भराई कोर्टफी ऐन बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत सेते थापाको फिरादपत्र । ३. वादी दावी बमोजिम तिर्न पर्ने नभई अरु हिसाब मिलि सकेको हुँदा तिर्न बुझाउन बाँकी छैन केवल लिखत हरायो भनी फट्टा नगरी राखेको लिखतबाट हिसाबमा पक्राउ गरेको दावी झुठ्ठा हो उक्त रकम बुझाएको भर्पाई र चिठ्ठी समेत छ । हाल नभेटिएकोले खोजी गरी दाखिल गर्नेछु भन्ने समेत व्यहोराको तिलकराज वलीको प्रतिउत्तरपत्र । ४. वादीले पेश गरेको २०४०।४।१ गतेको सक्कल तमसुक मैले नै गरी दिएको हुँ । आय टिकट टाँसिएको तमसुक हराएकोले अर्को कागज गरी दिन पर्‍यो भनी भनेकाले मैले सो कागज मिलेमा फट्टा गर्ने गरी वादीले २०४०।५।१८ मा भर्पाई गरेका हुन सद्दे हो कीर्ते होइन भन्ने व्यहोराको प्र.तिलकराजको बयान । ५. मेरो बाबुले २०४०।५।४ मा तमसुक गरेका होइनन् र प्रतिवादीले कीर्ते खडा गरेको हो । मेरो बाबुको श्री ने.रा.प्रा.वि. को रसिद तथा नागरिकताको प्रमाण पत्रमा लागेको ल्याप्चे सही जाँचेमा पनि छुट्टिने छ सो कागज पेश गर्नेछु भन्ने समेत व्यहोराको मु.स. गर्ने बलबहादुर थापाले गरेको बयान । ६. भर्पाई सद्दे हो भन्ने कुरा प्रतिवादी तिलकराज वलीको जिकिर पुग्न नसक्ने हुँदा प्र.ले पेश गरेको २०४०।५।१८ को भर्पाई कीर्ते ठहर्छ । लिखत गरी दिएको भन्ने कुरामा प्रतिवादीले स्वीकारै गरेको तिरो बुझाइसकेको छु भन्ने हकमा तिरे बुझाएको अन्य सबूद प्रमाण पेश गर्न प्रतिवादीले नसकेको पेश गरेको भर्पाई कीर्ते ठहरेकाले मिति २०४०।४।१ मा गरी दिएको लिखत अनुसारको साँवा ब्याज समेत वादीलाई प्र.तिलकराज वलीले तिर्नु बुझाउनु पर्ने ठहर्छ भन्ने सुर्खेत जिल्ला अदालतबाट मिति २०४३।८।१९ मा भएको फैसला । ७. २०४०।५।४ को तमसुक फट्टा भई प्रमाण मिसिल पेश भइसकेपछि सो लिखतका लिखत बखत साक्षी पेटबोल