निर्णय नं. ४१३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३५ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/०८ २६७३ निर्णय नं. ४१३५ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १३०८ आदेश भएको मिति : २०४७।४।८।२ मा निवेदक : का.न.पं. वा.नं. ९ बस्ने पदमनाथ उप्रेती विरुद्ध विपक्षी : काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिसमेत विषय : उत्प्रेषण (१) कुनै निर्णयाधिकारीबाट गरिएको निर्णयमा ऐनको गलत उल्लेख गर्दैमा मात्र उक्त निर्णय बदर हुने होइन मूलतः निर्णयाधिकारीलाई त्यस्तो निर्णय गर्ने अधिकार प्राप्त छ छैन हेरिनु पर्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. म निवेदकले मिति २०४१।९।७ मा शुशिलकुमार रेग्मीबाट गुठीलाई मैले बाली बुझाउने गरी उक्त मितिमा र.नं. ३६४५ रु. १५,०००।– पन्ध्र हजारको मोल राखी का.जि. बत्तीसपुतली वडा नं. ९(ख) कि.नं. ८० को क्षेत्रफल ०–४–० जग्गा हा.ब. गरी लिएको र शुशीलकुमार रेग्मीको हक भोगको गुठीमा बाली मैले बुझाउने गरी मिति ०४१।९।७ मा रु. १५,०००।– को थैली राखी का.जि. बत्तीसपुतली वडा नं. ९(ख) को कि.नं. ८१ को क्षेत्रफल ०–४–० जम्मा जग्गा दुई कित्ता गरी ०–८–० आठ आना जग्गा काठमाडौं मालपोत कार्यालयबाट पास गरी लिएको र उक्त जग्गामा मिति ०४२।४।७ मा का.न.पं. बाट कानुन बमोजिम ३ तल्लाको नक्शा पास गरी निर्माण कार्य शुरु गरी २ तलाको नक्शा पास नगरी पाँच तला मिति ०४३।६।७ मा तयार भएको छ । ३. मिति २०४२।१।११ मा मित्रबहादुर गुरुङको हक भोगको का.जि. वडा नं. ९(ख) कि.नं. ९१ को ०–३–३ र ऐ.कि.नं. ७८ को ०–२–१ जम्मा जग्गा २ कित्ता गरी ०–६–० छ आना जग्गा २२,५००।– को थैली राखी हा.व. गरी निवदेकले प्राप्त गरेको र निवेदकले काठमाडौं नगरपञ्चायतबाट मिति ०४३।५।२१ मा तीन तलाको नक्शा पास गरी तीन तला समाप्त भएपछि पुनः २ तला समेत गरी ५ तला मिति ०४३।९।५ मा तयार भएको छ । ४. मिति २०४२।१०।१३ मा ज्ञानदेवी श्रेष्ठको हक भोगको का.जि.वडा नं. ९(ख) कि.नं. ४६ को क्षेत्रफल ०–४–० जग्गा रु. १५,०००।– को थैली राखी मालपोत कार्यालय काठमाडौंबाट पास गरी लिई उक्त जग्गामा तीन तलाको घर बनाउनको लागि का.न.पं. मा नक्शा पासको दर्खास्तपत्र पेश गरी नक्शा लिन बाँकी थियो । त्यसपछि ३ तला तयार गरिसकेपछि २ तलाको नक्शा पास नगरी जम्मा ५ तला मिति ०४३।८।९ मा तयार भई तीन वटा घरमा उप्रेती इन्टर नेशनल गारमेन्ट स्थापना गरी हालसम्म चालु छ । ५. का.जि.का.न.पं. वडा नं. ९ को उक्त जग्गामा निवेदकले आफ्नो घर पाँचौं तलामा निर्माण भई रहेको अवस्थामा प्रत्यर्थी नगर विकास समितिले मिति २०३९।१०।१३ गतेको निवेदन अनुसार भनी कारवाही गर्न का.न.पं. लाई लेखी पठाएको रहेछ उक्त पत्र अनुसार का.न.पं. ले मलाई ३ दिनको म्याद काटी पठाएकोमा मैले म्याद बुझी म्यादै भित्र उपस्थित भई मिति ०४३।११।१५ मा बयान गरी तारेखमा बसी आएको थिएँ । यसरी निवेदक तारेखमा बसी आइरहेको अवस्थामा प्रत्यर्थी समितिले मिति २०४३।११।२८ को दिनको १० बजे उपस्थित हुन भनी उक्त मितिमा नै म्याद तामेल गरायो र उक्त तामेली म्यादमा निवेदकले का.न.पं. वडा न. ९ मा तीनवटा घर पाँच