निर्णय नं. ७९२३ - जबरजस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९२३ - जबरजस्ती करणी । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/१०/०९ १०११८ निर्णय नं.७९२३ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत २०६२ सालको फौ.पु.नं.– ३३१६ फैसला मितिः २०६४।१०।९।४ मुद्दा– जबरजस्ती करणी । पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला सांकोस गा.वि.स वडा नं ३ घर भई हाल कारागार शाखा धादिङ्गमा थुनामा रहेको अर्जुनबहादुर पाण्डे विरुद्ध प्रत्यर्थी वादीः वेद वहादुर अधिकारीको जाहेरीले श्री ५ को सरकार शुरु फैसला गर्ने मा.जि.न्या. श्री पोषनाथ शर्मा पुनरावेदन फैसला गर्ने मा.न्या. श्री नन्दराज अधिकारी मा.न्या. श्री हरिवावु भट्टराई § घटनाका सम्बन्धमा घटनावाट पीडित व्यक्तिले व्यक्त गरेको कुरा तथा घटना भएको थाहा पाउने व्यक्तिले घटनाको तत्काल पछि व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) र (ख) बमोजिम अदालतले प्रत्यक्ष प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.७) § जबरजस्ती करणी मुद्दामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुने हुँदा पीडित नै घटनाको आधारभूत गवाह हो । निजले अनुसन्धान अधिकारी तथा अदालत समक्ष व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १०(ख) (क) बमोजिम प्रत्यक्ष र निर्णायक प्रमाणको रुपमा लिनुपर्ने । § प्रतिवादीले आफ्नो लिङ्ग पीडितको योनीमा दुई तीन पटक भित्र बाहिर गराई निजको योनीबाट रगत आएको हुँदा लिङ्ग बाहिर निकाली बाहिर जमीनमा बीर्य स्खलन गरेको भनी बयान गरेको र सो बयानलाई अदालतमा समेत इन्कार नगरेको हुँदा प्रस्तुत वारदातमा पीडितको योनीमा प्रतिवादीको बीर्य वा दाग नभेटिनुलाई स्वाभाविक र यथार्थ परक नै मान्नु पर्ने । § प्रतिवादीको लिङ्गको पूर्ण प्रवेश (Complete penetration) र बीर्य योनीमा स्खलन (Emission of semen) नभएको अवस्थामा यसैलाई आधार बनाएर यसैको अभावमा प्रतिवादीले पीडित उपर करणी नगरेको र करणीको उद्योग मात्र गरेको भनी ठहर गर्नु न्यायसंगत नदेखिने । § जबरजस्ती करणी हुनको निम्ति स्त्रीको योनीभित्र पुरुष जनेन्द्रीय पूर्ण रुपमा प्रवेश भएकै हुनुपर्ने, स्त्रीको कन्याजाली (Hymen) च्यातिएको वा फाटेकै हुनुपर्ने वा पुरुष बीर्य योनीमा स्खलन भई योनीको वरीपरी बीर्य वा सो को दाग लागेकै हुनुपर्ने अनिवार्यता समेत नरहेको अवस्थामा वीर्य स्खलन सहित वा रहित योनीको बाह्य भागभित्र आंशिक लिङ्ग प्रवेश गराउनु मात्र पनि कानूनी प्रयोजनको निम्ति जबरजस्ती करणीको कसूर हुन पर्याप्त हुने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता विश्वराज अधिकारी प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी अवलम्वित नजीरः आदेश न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०६२/३/३ को फैसला उपर प्रतिवादीको तर्फवाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :– मिति २०६१/७/५ गते दिउसो २ वजेको समयमा जिल्ला धादिङ्ग सांकोस गा.वि.स वडा नं ३ स्थित सालघारी भन्ने ठाउँमा ऐ.ऐ.बस्ने वर्ष २३ को अर्जुनबहादुर पाण्डेले मेरो वर्ष ७ की छोरी इन्दिरा अधिकारीलाई दशैंको अवसरमा पिङ्ग खेल्न भनी गएको अवस्थामा विपक्षीले पिङ्ग खेल्ने ठाउँबाट जवरजस्ती बोकेर लगी जवरजस्ती करणी गरेको हुदाँ निज विपक्षीलाई मुलुकी ऐन जवरजस्ती करणीको ३(१) बमोजिम हदैसँम्म सजाँय गरिपाऊँ भन्ने मि