निर्णय नं. ४१३७ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३७ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/०७ २३७५ निर्णय नं. ४१३७ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४७ सालको रि.नं. १२३६ आदेश भएको मिति : २०४७।४।७।१ मा निवेदक : डोल्पा जिल्ला पहाडा गा.पं. वा.नं. ४ बि.एम.वि. डोल्पा कन्सट्रक्सन मे.डा. सुरेशबहादुर शाही विरुद्ध विपक्षी : अख्तियार दुरुपयोग निवारण आयोग काठमाडौंसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) अख्तियार दुरुपयोगमा गिरफ्तार गरिएकालाई अनुसन्धान मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा ६ महीनासम्म हिरासतमा राख्न सकिने, सो भन्दा बढीसम्म हिरासतमा राख्न नमिल्ने । (प्रकरण नं. ११) (२) अख्तियार दुरुपयोग निवारण नियमावलीको नियम ३०(२) को व्यवस्था बमोजिम नगद धरौटी वा धनजमानी माग गरी सो नदिए बापत थुनामा राख्दा पनि नियम ३०(१) को अवधि लागू हुने भएबाट नियम ३०(२) मा उल्लेखित यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिए तापनि ..... भन्ने वाक्यांशबाट धरौटी वा जमानी नदिए बापत अनुसन्धान वा मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा असिमित अवधिका लागि थुनामा राख्न पाउने हो भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित अवलम्बित नजीर : ताराप्रसाद उपाध्याय विरुद्ध विशेष प्रहरी अधिकृत नारायणी अञ्चल, नारायणी अञ्चलाधीशको कार्यालय समेत भएको (ने.का.प. २०३६, अंक ७ पृष्ठ २२३, नि.नं. १२८) मा प्रतिपादित सिद्धान्त । आदेश न्या.महेशरामभक्त माथेमा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निवेदक वि.एम.वि. डोल्पा कन्सट्रक्सन कर्णाली अञ्चल पहाडा गा.पं. वा.नं. ४ मा मेनेजिड्ड डाइरेक्टर भई काम गरी रहेको अवस्थामा प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय काठमाडौंले निवेदकलाई पक्राउ गरी उक्त कार्यालयको पत्रसाथ प्रत्यर्थी आयोगमा उपस्थित गराइयो । उक्त आयोगबाट बयान गराइदा निर्माण तथा यातायात मन्त्रालय सडक विभाग दुबै तल्लु सडक योजना ने.बै.लि. डोल्पाको रु. ६,८५,०००।– को नक्कली चेक मिति २०४५।३।२८ मा राष्ट्रिय वाणिज्य बैंक काठमाडौं शाखामा पेश गरी बैंकका कर्मचारीसंग मिलेमतो गरी भुक्तानी लिएको विषयमा सावितै भएको भन्दै रा.बा. बैंकलाई गैरकानुनी हानी पुर्याई आफू समेतले अनुचित फाइदा लिएकोमा अनुसन्धानको कारवाहीको क्रममा अख्तियार दुरुपयोग निवारण नियमावली, २०३४ को नियम ३०(१) बमोजिम थुनामा राख्न परेकोले (ख) श्रेणीको सिधा खान पाउने गरी थुनामा राखिएको हुँदा आदेश अनुसार अ.बं. १२१ नं. बमोजिम थुनावा पुर्जी दिइएको छ भनी सहसचिवले सही गरेको २०४६।५।१२ को थुनुवा पुर्जी निवेदकलाई दिई थुनामा राखियो । तत्पश्चात प्रत्यर्थी आयोगबाट मिति २०४६।९।१० को पत्र पुनः निवेदकलाई आयो जस्मा नक्कली चेकको वि.वि. गरी रा.बा. बैंकलाई हानी नोक्सानी पुर्याई अख्तियारको दुरुपयोग गरे भन्ने समेत विषयमा अनुसन्धानको सिलसिलामा तपाई मिति २०४६।७।२० को आदेशबाट ६० दिन म्याद थप भई थुनामा रहेकामा उक्त म्याद मिति २०४६।९।१० मा समाप्त हुने भएकोले मिति २०४६।९।१० बाट अ.दु.नि.नियमावली, २०३४ को नियम ३० को उपनियम १ बमोजिम अनुसन्धान कै सिलसिलामा हिरासतमा राख्न पुनः ६