निर्णय नं. ४१३८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३८ - ज्यान भाग: ३२ साल: २०४७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४७/०४/१४ २४५९ निर्णय नं. ४१३८ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ४९७ ” ” फौ.सा.नं. ६२ फैसला भएको मिति : २०४७।४।१४।१ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा बाग्लुड्डमा थुनामा रहेकी पार्वती क्षेत्रीनी विरुद्ध विपक्षी/वादी : खडगबहादुर मल्लको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) प्रतिवादी अदालतमा समेत आफूले बच्चा खोलामा फाली मारेमा सावित भएको र फेला परेको बच्चा आफूले फालेको बच्चा हो भनी अदालतमा बयान गर्दा समेत सकारेको देखिन आएकोले फेला परेको बच्चा आफूले फाली मारेको बच्चा होइन भन्न नमिल्ने भएकोले ज्यान मारेको भनी गरेको इन्साफ मनासिब ठहर्ने र अपराधको प्रकृति हेरी निजलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्याएको इन्साफ मनासिब देखिने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अवधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या.हिरण्येश्वरमान प्रधान १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।२।३ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. भकुण्डे गा.पं. वडा नं. ९ बस्ने सर्वजीत भण्डारीको छोरी कान्छीले २०४१ साल फाल्गुण महीनामा जन्माएको बच्चा आफ्नै साथमा लिई माइत घरमा बसेकी थिइन । मिति २०४१।१२।१७ गते देखि निजको साथमा बच्चा नदेखेकोले सोधनी गर्दा बलेवातर्फ पाल्न दिएको छ भन्छन तर मिति २०४१।१२।२१ गते डुनडुरे खोलामा पेटे भोटो लगाएको छोरा जातकको लासलाई माथिबाट खसेको पानीको छहराले छोपी राखेको छ भन्ने कुरा सुनी गई हेर्दा सोही अनुरुप लाश देखिएकोले जाहेर गर्न आएको छु मृतक बच्चा को कस्को छोरा हो काल कर्तव्य के हो र लाश त्यहाँ कसरी रहन गयो जाँचबुझ गरी कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको खडकबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय बाग्लुड्डमा दिएको जाहेरी दर्खास्त । ३. भकुण्डे गा.पं. वडा नं. ९ र पैयुपाटा गा.पं. वडा नं. ७ को बीच सीमाना डुनडुरे खोला तरी छहरो परी खसेको सो छहरादेखि अं. ३ हात उत्तर पूर्वको बीचमा रहेको तालको छेउमा ढुंगामा छोरा जातक घोप्टो परेको घुंडा, भुँडी र लिंग ढुंगा माथि भई टाउको पानीमा परेको बायाँ कन्चट ढुंगामा बज्रन गई च्याप्टो परेको बच्चाको लाश फुलेको र अनुहार प्रष्ट चिन्न नसकिने करीब १० महीना पूरा भई जन्मी करीब डेढ दुई महीनाको जस्तो देखिने लाश सडी गली दुर्गन्ध चलेको भन्ने समेत व्यहोराको घटनास्थल लाश प्रकृति मुचुल्का । ४. मुलपानी बस्ने रनबहादुर खत्रीसंग १५ वर्षको उमेरमा विवाह भएको हो । सो लोग्नेबाट २ छोरा र १ छोरी समेत पाएकी छु । लोग्ने भारत मनीपुरमा पल्टनमा जागिरे हुनुहुन्थ्यो । घरमा म र छोराछोरी बसी आएकोमा २०४१ साल बैशाख महीनामा गाउँकै जेठाजु नाता पर्नेको छोरा सोमबहादुर खत्री क्षेत्रीले राती १२ बजे रक्सी खाएर म बसेको घरमा आई झ्याल उघारी करणी गरम भनी करणी गरे त्यसपछि मेरो लोग्ने पनि घरमा नभएको हुँदा पटक पटक निजसंग करणी लिनुदिनु हुँदै आएको थियो । त्यस्तैमा मेरो पटेमा गर्भ रहन गएछ र मेरो लोग्ने कार्तिक महीनामा घरमा आएपछि नाठाको भुँडी बोकेकी छ भन्ने कुरा चाल पाई लोग्नेले माघ महीनामा घरबाट निकाला गर्नु भएको हो । त्यसलाई पर्वत नाङलीवाङको नेवारसंग लाग्ने रनबहादुरले नगद रु. ६००।– दिई पोइला लगाई दिएकोमा फाल्गुण १ गते सुत्केरी भई उ