निर्णय नं. ७९२४ - उत्प्रेषण मिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९२४ - उत्प्रेषण मिश्रित परमादेश । भाग: ५० साल: २०६५ महिना: बैशाख अंक: १ फैसला मिति :२०६४/११/१७ ३३४५ निर्णय नं.७९२४ ने.का.प. २०६५ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गौरी ढकाल संवत २०६० सालको रिट नं.३३६० आदेश मितिः २०६४।११।१७।६ मुद्दाः– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः जिल्ला महोत्तरी अनकार गा.वि.स. वडा नं.५ बस्ने बिष्णुदेव महतो नुनिया विरुद्ध विपक्षीः श्रीमहोत्तरी जिल्ला अदालत, जलेश्वर समेत § मुख्य भै कामकाज गरेकोमा वाहेक अरु अवस्थामा एकाघरका उमेर पुगेको कुनै व्यक्तिले कुनै व्यवहार गरेको रहेछ भने निजले आफुले पाउने धनमा निजको हक नपुगेसम्म साहुले सो धनमा समाउन नपाउने । § मुख्यले गरेको व्यवहार वा एकाघरका उमेर पुगेका अरुले गरेको मुख्य जानकारको पनि सहीछाप वा लिखत भएको रहेछ भने गोस्वारा धनवाट भरी भराउ गरी लिन पाउने । (प्रकरण नं.५) § लेनदेन मुद्दामा पक्ष विपक्ष बीच लेनदेन भई एक आपसमा भएको लिखतमा घरको मुख्य व्यक्तिको मन्जुरी प्राप्त भएको कुनै लिखत वा लिखतमा साक्षी बसेको कुरा कहीं कतैवाट नदेखिदा अदालतमा अंश मुद्दा चली वण्डा छुटयाई लिन पाउने ठहर भै फैसला वमोजिम छुट्याई चलन पूर्जी समेत प्राप्त भैसकेको अवस्था र लेनदेन कारोवार गर्दाका अवस्थामा यी प्रतिवादी घरको मुख्य व्यक्ति नभई निजकी आमा मुख्य व्यक्ति रहेको अवस्था देखिंदा निवेदक लगायत घरका अन्य व्यक्तिले पनि सो लेनदेनको दायित्व व्यहोर्नु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.५) निवदेक तर्फवाटः विद्वान अधिवक्ता श्री सतिश झा विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– विपक्षी मध्येका लखन महत्तो नुनियाले म निवेदकवाट मिति २०५६।१।३ मा रु.१,०१०००।– कर्जा लिएकोमा भाखा भित्र ऋण नतिरेको कारण म निवेदक वादी र लखन महतो नुनिया प्रतिवादी भई महोत्तरी जिल्ला अदालतमा सम्बत २०५८ सालको दे..१६२८ को लेनदेन मुद्दा चलि उक्त अदालतवाट मिति २०५८।१२।७ मा सावाँ व्याज समेत गरी १,३०,५७०।५५ भरी पाउने ठहराई फैसला भई उक्त फैसला आजसम्म अन्तिम अवस्थामा रहेको छ । सो फैसला वमोजिमको विगो भरी भराउका लागि प्र.नं.३ को एका सगोलको छोरा जुगेश्वर महतो नुनियाका नाउँ दर्ताको जिल्ला महोत्तरी धिरापुर गा.वि.स.वडा नं.२ कि.नं.७२ को०–२–१ र ऋणी प्र.नं.३ कै भोग चलनको जिल्ला महोत्तरी विगौना गा.वि.स.वडा नं.९ गाउँ व्लक भित्रको मनिचन मण्डल खत्वेको घर देखि पूर्व, विष्णु मण्डलको घरदेखि उत्तर, सडक देखि दक्षिण, परमेश्वर मण्डल खत्वे लक्ष्मी मण्डल खत्वेको घरदेखि पश्चिम यति चार किल्ला भित्र पर्ने उत्तर दक्षिण पूर्वमा ६७'३” बिचमा ६८' पश्चिममा ४१' वीचमा ३८' दक्षिणमा ३७' सो मा भएको घर २ र फुसको छाना भएको घर १ एवं अर्को घडेरी जग्गा समेत तीन किल्ला अचल सम्पत्तिबाट असुल उपर गरी पाउन ०५९।४।२० मा दरखास्त दिएकोमा महोत्तरी जिल्ला अदालतको आदेशानुसार रोक्का भई विगो भरी भराउको कारवाहीका सिलसिलामा जायजात तायदात तथा पंच किर्ते मोल समेत कायम भई ०६०।२।८ मा डाँक लिलाम हुँदा कसैले सकार नगरेकोले दोश्रो पटक लिलामको तारिख मुकरर गरिएको थियो । यसै क्रममा प्र.नं.४ ले महोत्तरी जिल्ला अदालतमा आफै समेतको अंश हक लाग्ने जग्गा फुकुवा गरिपाऊँ भनी दिएको निवेदन उपर कारवाही ह