निर्णय नं. ४१४० - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१४० - कीर्ते भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/१७ २७६४ निर्णय नं. ४१४० ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ५५५ फैसला भएको मिति : २०४७।५।१७।१ मा पुनरावेदक/वादी : का.न.पं. वा.नं. २४ बस्ने नानीभाइ मानन्धरसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने हरिलाल मानन्धरसमेत मुद्दा : कीर्ते (१) प्रस्तुत मुद्दाको फिराद अर्को कीर्ते मुद्दाको फिराद समेत एकै मितिमा परेको देखिँदा यस्तोमा एउटा नालेश दिएपछि प्रतिवादी हेरी जाँची बुझी अर्को फिराद दिएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) एकै पटक नालेश परेकोमा एउटा नालिशको रुप विचार गरी सो मुद्दाको रुपले अरु कुरामा पछि नालिश दिने नियत लिई नालिश दिएको भन्ने स्थिति नदेखिने । (प्रकरण नं. १५) (३) दुई बेग्लाबेग्लै कित्ताको एउटै व्यक्तिले बकस पाएको रहेछ भने त्यस्तोमा एउटै नालेश दिनु पर्ने कानुनी व्यवस्था नदेखिने । यस्तोमा एउटै नालेश दिनु पर्छ भन्न नमिल्ने । (प्रकरण नं. १५) (४) लिखतलाई अदालतले प्रमाणमा लिने हो भने सो सुनाउनु पर्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान नभएको आदेश उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. हामीहरुको बाबु हरिलाल मानन्धरको नाउँमा मा.पो.का.का. मा दर्ता भएको कालीमाटी गा.पं. वा.नं. (ग) कि.नं. १७४ को क्षेत्रफल ०–७–० कित्ता १, ऐ.कि.नं. १८२ को क्षेत्रफल ०–१५ को कित्ता १ समेत जम्मा २ कित्ता जग्गाको जोगमाया महर्जन मोही भई कमाई आएको बाबु छउन्जेल बाबुले र २०३९ सालदेखि बाबुलाई पक्षघात रोग लागी परलोक भइसकेको र मोही जोगमाया पनि परलोक भइसकेकोले निजको छोराहरुबाट हामीहरुले बाली बुझी लिई भोगी आएको जग्गालाई विपक्षहरु सबै मिली छँदै नभएको का.जि. बटु भुजोङ बहाल भनी नक्कली मानिस खडा गरी हरिलाल मानन्धरको जग्गा हाम्रो बाबुको परलोक हुनु अगाडि रजिष्ट्रेशन पास गरी सो माथि लेखिएको २ कित्ता जग्गा मध्ये कि.नं. १७४ को ०–७–० जग्गाको मोल रु. २१,१००।– राखी हालैको बकसपत्र गरी विपक्ष मध्येको हरिलाल मानन्धर दिने नक्कली मानिस खडा गरी विपक्षी चन्ता महर्जन लिने विपक्ष शिवराम, पूर्णमान, रमेशबहादुर कार्की समेत भई हामीहरुको हक मेटाउने गरी कीर्ते कागजको १ नं. बमोजिम कीर्ते गरेकोले कीर्तेको ७ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको फिरादपत्र दावी । ३. वादी दावी पूर्ण असत्य र गैरकानुनी हो यो कि.नं. १७४ को जग्गा विपक्षीको जिकिर बमोजिम विपक्षीको बाबुको दर्ता हकको होइन । निजी गुठीको जग्गा रैकर भएर दर्ता भएको फिराद दुषित छ । मालपोत कार्यालयको मिति २०३९।२।१९ को निर्णयले यो जग्गा हरिलालको नाउँमा निजी गुठी भनी दर्ता भएकोले समेत दावीको जग्गा फिरादीको पिताको नभएको स्वतः सिद्ध छ । मालपोत कार्यालयको रोहवरमा कानुनको रीत पुगेको लिखत कीर्ते हुन सक्दैन । दावीको जग्गा म चन्ता महर्जनको साम्नेमा लिखत पास भई मेरो स्वामित्व हक भोगमा आएकोमा विपक्षहरुले दर्ता बदर खिचोला तथा लिखत बदरमा दावी गर्न सकेको देखिएन । मेरो दाता हरिलाल मानन्धरको दर्ता ह