निर्णय नं. ४१४१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१४१ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/२० २६२० निर्णय नं. ४१४१ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४६ सालको फौ.पु.नं. ३८१ ” ” सा.नं. ८२ फैसला भएको मिति : २०४७।५।२०।४ मा पुनरावेदक/प्रतिवादी : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको विष्णु शेरचन विरुद्ध वादी/विपक्षी : तोप शेरचनको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) मार्ने योजना सुनियोजित देखिन्छ, तत्काल कुनै आवेशमा आई मारेको देखिँदैन, त्यस्तो अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी घटी सजायँ होस् भन्ने प्रतिवादी पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस संग सहमत हुन नसक्ने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरी आचार्य फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट पुनरावेदन परेको तथा साधक जाँचको लागि समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मिति २०४४।५।१७ गते दिनको ११.१० बजेको समयमा पोखरा न.पं. वडा नं. ३ नदिपुर स्थित कन्या स्कूल अगाडि एकजना लोग्ने मानिसले एकजना आइमाई माथि फलामको छुरी छातीमा प्रहार गरी भाग्न लागेको अवस्था निजलाई पक्राउ गरी सोधपुछ गर्दा मेरो सौतेनी आमा अभिसरालाई छुरी प्रहार गरेको हुँ । मेरो नाम विष्णु शेरचन हो भनी भनेको हुँदा घटना घटाएको छुरी रगत लागेको अवस्थामा बरामद गरी यसैसाथ दाखिल गरेका छौं भन्ने समेत प्र.स.नि. बाबुराम बस्नेत समेतले मिति २०४४।५।१७ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको प्रतिवेदन । ३. मिति २०४४।५।१७ गतेका दिन दिउँसो अन्दाजी १०.३० बजे मेरो बुहारी अभिसरा शेरचनले पोखरा न.पं. वडा नं. ३ नदिपुर कन्या स्कूलमा पियनमा रही काम गरिरहेको बेला विष्णु शेरचनले बाहिर बोलाई छुरा प्रहार गरी मृत्यु भएकोले कानुन बमोजिम गरिपाउँ भन्ने तोप शेरचनले मिति २०४४।५।१८ मा जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त । ४. मृतकको शरीरमा जत्रतत्र रगत लागेको मुटु कलेजोसम्म देखिने गहिराइको ५ इन्च लम्बाई ५ इन्च चौडाई घाउ समेत भएको भन्ने व्यहोराको मिति २०४४।५।१७ को लाश प्रकृति मुचुल्का । Cause of death is shock due to hemorrhage as a result of grievous injury to heart and left lung भन्ने समेत गण्डकी अञ्चल अस्पतालबाट भई आएको मिति २०४४।५।१७ मा भएको लाश जाँचको रिपोर्ट । ५. मलाई सौतेनी आमा अभिसराले वाल्यकाल देखि नै हेला गरेकी र छुटी भिन्न हुँदा बाबुको जिन्सी नगद समेत आफैंले लिएको तेरो अगाडि पछाडिका चिचिला समेत खतम गर्छु भन्दथिन । २०४४।२।४ गते वर्ष ४ को छोरीको मृत्यु भएको, निज सौतेनी आमाले कस्तो हुँदो रहेछ थाहा पाइस् भनेकी तत्कालै कान्छो छोराको २०४४।५।१६ गते मृत्यु भएकोले सौतेनी आमा अभिसरा बोक्सेनीलाई नमारी छाडदिन भने रातमा कल्पना गरी बिहान २०४४।५।१७ गते अभिसरालाई मार्ने मनसायले नदिपुर स्कूलमा आएँ । अभिसरा स्कूल बाहिर निस्की बाटोतर्फ लागेको देखी पछि पछि लागी फलामे छुरी मुटुमा पर्ने गरी प्रहार गरें, सोही प्रहारको चोटबाट निजको मृत्यु भएको हो । अभिसरालाई कर्तव्य गरी मार्नमा अरु कुनै कसैको सहमति छैन मेरै स्वेच्छा बाट मारेको हुँदा कानुनले हुने सजायँ भोग्न मन्जूर छ भन्ने समेत प्रतिवादी विष्णु शेरचनले मिति ०४४।५।१८ मा प्रहरीमा गरेको बयान । ६. घरायसी रिसइवीको कार