निर्णय नं. ४१४२ - विदेशी मुद्रा अवैध कारोबार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१४२ - विदेशी मुद्रा अवैध कारोबार भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/०८ ४०२९ निर्णय नं. ४१४२ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४७ सालको फौ.पु.नं. ३९१ फैसला भएको मिति: २०४७।५।८।६ मा पुनरावेदक/प्रतिवादी : ल.पु.जि.ईमाडोल गा.पं.वा.नं.५ बस्ने गोपाल सुवेदी विरुद्ध प्रत्यर्थी/वादी: श्री ५ को सरकार (राजश्व अनुसन्धान महाशाखा) मुद्दा : विदेशी मुद्रा अवैध कारोबार (१) अनधिकृत अधिकारीबाट भएको खानतलासी मुचुल्काले कानुनी मान्यता पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. २७) (२) कानुनले जे जति व्यक्तिलाई साक्षी राख्न भनेको छ त्यो भन्दा कम साक्षी राख्न नमिल्ने । (प्रकरण नं. २८) (३) खानतलासी बरामदी मुचुल्का बेरीत एवं गैरकानुनी देखिँदा प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं. २८) (४) स्वतन्त्र प्रमाणबाट पुष्टी नभएको अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीलाई आधार मानी दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २८) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा प्रत्यर्थी/वादी तर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासका मिति २०४६।११।११ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. गोपाल सुवेदीको घर कोठाको बाकस खोली हेर्दा यु.एस.डलर १८५०।– र क्यानेडियन डलर १००।– बरामद भएको भन्ने समेत २०४४।९।१५ को बरामदी मुचुल्का । ३. रामप्रमोद मण्डलको घर कोठा तलासी गर्दा १००।– दरका यु.एस.डलर थान २० र ५०।– दरको क्यानेडियन डलर थान २ बरामद भएको भन्ने समेत २०४४।९।१८ को बरामदी मुचुल्का । ४. रामहरि विष्ट र रविन भन्नेले हामीलाई सुराकी दिए अनुसार राम महर्जन र कृष्ण महर्जनले डलरको क्याप्सुल बनाई खाएका छन, तिनीहरु हङकङ जान तैयार छन् भनेकाले तिनीहरुलाई पक्राउ गरी प्र.ज.रुद्रबहादुरको डेरामा लगी सो खाएको डलर दिशा गराई सो डलर मध्ये मैले २०००।– यु.एस.डलर र क्यानेडियन डलर १००।– भाग बण्डा गरी लिएका हौं भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखामा गोपाल सुवेदीले गरेको बयान । ५. गोपाल सुवेदी र रामप्रमोद मण्डलले राम महर्जन र कृष्ण महर्जन भन्ने व्यक्तिले डलरको क्याप्सुल बनाई खाई हङकङ जान लागेकोले निजहरुलाई पक्राउ गरी मेरो डेरामा ल्याई दिशा गराई तिनीहरुबाट लिएको डलर मध्ये मलाई तेरो भाग भनी ११०० यु.एस.डलर दिएका हुन् भन्ने समेत व्यहोराको राजश्व अनुसन्धान महाशाखामा रुद्रबहादुर लामाले गरेको बयान । ६. राम महर्जन र कृष्ण महर्जनबाट दिशा गराएका क्याप्सुल मध्ये २०, २० वटा निजहरुले नै लिए, बाँकी क्याप्सुल सबै स.ई.गोपाल सुवेदीले आफ्नो घरमा लगी म, रविन राणा, रुद्रबहादुर, रामहरि विष्ट समेत रोहवरमा बसी क्याप्सुल खोली रविनले विदेशी मुद्रा छाने र नेपालमा चल्ने र नचल्ने भनी २ भाग लगाए । यु.एस.डलर ९१००।– मध्ये गोपाल, म, रविन र रामहरिले २।२ हजारका दरले लियौं । बाँकी रु. ११००।– प्र.ज.रुद्रबहादुरलाई दियौं । क्यानेडियन डलर ४०० चाँही रुद्रबहादुर बाहेक ४ जनाले १।१ सयका दरले लिएका हौं भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा रामप्रमोद मण्डलले गरेको बयान । ७. अवैध तरिकाले संकलित विदेशी मुद्रा सम्बन्धित नि