निर्णय नं. ४१४३ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१४३ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/०५ २५८९ निर्णय नं. ४१४३ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४७ सालको रिट नं. ६७६ आदेश भएको मिति : २०४७।५।५।३ मा निवेदक : राष्ट्रिय वाणिज्य बैंकको निलम्वित महाप्रबन्धक सदर खोर डिल्लीबजारमा थुनामा रहेका डा.लक्ष्मणबहादुर हमाल विरुद्ध विपक्षी : श्री अख्तियार दुरुपयोग निवारण आयोग, बबरमहलसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) अख्तियार दुरुपयोग निवारण नियमावली, २०३४ को नियम २९(१) मा व्यवस्था नै नभएको अधिकार प्रयोग गरी निवेदकको बयान हुन नसक्दासम्मको अवधिको लागि छानबीन अधिकृतको आदेशानुसारको पुर्जी बमोजिम थुनामा राखेको प्रत्यर्थीहरुको काम कारवाही गैरकानुनी देखिने । (प्रकरण नं. २१) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदकलाई विपक्षी अख्तियार दुरुपयोग निवारण आयोगले २०४६।१२।२ को आदेश बमोजिम २०४६।१२।३ देखि गैरकानुनी रुपले थुनामा राखेकोमा म निवेदकले सम्मानीत अदालतमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी रि.नं. १२३५ को रिटनिवेदन दिई २०४७।४।२१ गतेको पेशी भएकोमा सो पेशीको प्रतिक्षामा थिएँ । जेलको सरकारी डाक्टरले अस्पतालमा गई उपचार गराउनु पर्छ भनेकोले डाक्टरको सल्लाह बमोजिम विपक्षी सदर खोर शाखाको सुरक्षामा वीर अस्पताल गई उपचार गराई राखेकोमा २०४७।४।१६ गते ४ बजे विपक्षी निकायबाट एकै पटक म निवेदकलाई दुई पत्र बुझाइयो पहिलो पत्रमा हिरासतमा राख्ने पुर्जी र दोश्रो पत्रमा हिरासतबाट मुक्त गरिएको सम्बन्धमा भन्ने उल्लेख रहेछ । हिरासतमा राख्ने बारेको पुर्जीमा निर्मलप्रसाद शर्माले दिएको नि.नं. ६८० मा भएका आदेशानुसार पक्राउमा परी हिरासतमा राखिनु भएको तपाइलाई आजका मितिदेखि उक्त हिरासतबाट मुक्त नगरी उक्त नि.नं. ६८० मा आजैका मितिमा छुट्टै आदेश भएको र तपाई उपर ऋण प्रवाह गर्दा अनियमित, बेहिसाब गरी रा.बा.बैंकलाई ठूलो हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरे भन्ने समेत विभिन्न कसूरहरु आरोपित गरिएको नि.नं. ५५८।१९८।४६।६२१ समेतका निवेदनहरुमा पनि मलाई नै छानबीन अधिकृत तोकिएकोमा उक्त केशहरुमा तपाईको बयान गराउनु पर्ने समेत कारवाही बाँकी नै भएको† तपाईलाई आजै यस आयोगमा उपस्थित गराउनु भनी हिजै २०४७।४।१५ मा जिल्ला प्रशासन कार्यालय कारागार शाखा सदरखोर डिल्ली बजारलाई पत्र लेखी पठाएकोमा २०४७।४।१५ गते बेलुका ८:३० देखि बिरामी भई वीर अस्पताल भर्ना हुनु भएको भनी सदरखोरले पत्र लेखी पठाई आज यस आयोगमा उपस्थित नगराएकोले उपरोक्त केशहरुमा तपाइको बयान गराउने कार्य हुन नसकेको समेत हुँदा पछि ठहरे बमोजिम गर्ने गरी हाललाई उक्त केशहरुमा बयान गराउने कार्य पूरा हुन नसक्दा सम्मको अवधिको लागि अ.दु.नि.नियमावली, २०३४ को नियम २९(१) अनुसार छानबीन अधिकृतले प्रयोग गर्न पाउने अधिकार प्रयोग गरी ख.श्रेणीको सिधा खुवाई थुनामा राख्ने गरी आजै आदेश भएको हुँदा अ.बं. १२१ नं. बमोजिम तपाइलाई यो पुर्जी दिएको छ भन्ने उल्लेख रहेछ । ३. २०४७।४।१६ को थुनुवा पुर्जीमा उक्त केशमा बयान गराउने कार्य पूरा हुन नसक्दा सम्मको अवधिको लागि अ.दु.नि.निय