निर्णय नं. ४१४५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१४५ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/२४ २३७२ निर्णय नं. ४१४५ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रि.नं. ९७७ आदेश भएको मिति: २०४७।५।२४।१ मा निवेदक : का.न.पं. वा.नं. ३० बस्ने मंगलमान प्रजापती विरुद्ध विपक्षी/प्रत्यर्थी : प्र.जि.अ.जिल्ला कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कुनै पनि अड्डा अदालतमा तत्काल बहाल रहेको कानुन बमोजिम परिरहेको पुनरावेदन अन्यत्र सर्ने भए त्यस्तो सर्ने कुरा कानुनमा प्रष्ट रुपले उल्लेख हुनु पर्ने । (प्रकरण नं. ११) (२) तथ्य र प्रमाणको मूल्यांकन रिट क्षेत्रबाट नहुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ र विद्वान उपन्यायाधिवक्ता श्री धु्रवलाल राज, विद्वान अधिवक्ता श्री श्रीभक्त भडेल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. का.वटु ७१।६४ नं. को पोता लगतमा भीमलाल, तेजमाया र पूर्णानन्दको नाउँमा दर्ता भएको सर्भे नापी नक्शा हुँदा भीमलाल तुलाधर र पूर्णानन्दको नाउँमा नापी भई म मोही भएको का.जि.का.न.पं. वा.नं. २९(क) कि.नं. १९८ को ज.रो. १२–१३–० जग्गा विर्तावालहरुले रैकर परिणत नगरेकोले म मोहीका नाउँमा रैकर परिणत गरिपाउँ भनी भू.प्र.का. काठमाडौंमा २०३४।२।७ मा म निवेदकको निवेदन परी कारवाही हुँदा विर्तावार मध्येका भीमलाल तुलाधरले मोहीका नाउँमा रैकर परिणत गरिदिए हुन्छ भनी २०३४।२।२४ मा बयान गरी सकेपछि पुनः २०४५।४।१५ मा मोहीको नाउँमा दर्ता गरिदिए हुन्छ भनी भुलबाट लेखाइएछ । विर्ता नभई रैकर जग्गा हुँदा कारवाही रोक्का गरिपाउँ भनी निवेदन दिएका र पूर्णानन्दले रैकर परिणत गरी पाउन भू.प्र.का. काठमाडौंमा २०२४।११।४ मा र.नं. ३४८ बाट र २०२४।११।८ मा र.नं. ३५१ बाट निवेदन परी २०२६।३।३१ मा समेत निवेदन परी नि.नं. ४४८ बाट कारवाही चलेको भन्ने उल्लेख गरी भीमलालले आफ्नो हक छाडी दिएकोले मेरा नाउँमा रैकर परिणत गरिपाउँ भनी विवाद उठाएकोमा मालपोत कार्यालय काठमाडौंबाट नि.नं. ४४८ को मिसिल र हुलाकबाट रजिष्ट्री गरेको निवेदनहरुको खोजतलास गर्दा दर्ताबाट नदेखिएको भन्ने जवाफ प्राप्त भए बमोजिम मोहीको निवेदन अगाडि परेकोले मोहीको नाउँमा रैकर परिणत गराइदिने ठहराई २०३८।७।५ मा मालपोत कार्यालय काठमाडौंबाट निर्णय भएको थियो । उक्त निर्णय उपर विपक्षीहरुको जिल्ला कार्यालय काठमाडौंमा पुनरावेदन परेकोमा उक्त मिसिल संशोधित न्याय प्रशासन सुधार ऐन बमोजिम बागमती अञ्चल अदालतमा पठाएकोमा बागमती अञ्चल अदालतबाट पुनः उक्त मिसिल जिल्ला कार्यालयमा नै पठाइयो । पूर्णानन्दले २०२६।३।३१ मा भू.प्र.का. मा पहिले निवेदन दिएको र मंगलमानको वारेसले २०३६।८।२० को तारेख गुजारेकोले मंगलमानको निवेदन डिसमीस भई मालपोत कार्यालय काठमाडौंको मिति २०३८।७।५ को निर्णय बदर हुन्छ भन्दै जिल्ला कार्यालय काठमाडौंले २०४५।४।१९ मा फैसला गरेकोले उक्त फैसला बदर गरी पाउन मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्न अनुमति पाउँ भनी निवेदन दिंदा दर्ता गर्न नमिल्ने भनी दरपीठ गरिए माथि अ.बं. १७ नं. बमोजिम निवेदन परी इजलासबाट कानुन बमोजिम गर्नु भनी आदेश भएकोले जिल्ला कार्यालयले मेरा विरुद्ध गरेको निर्णय बदर गराउन अन्य उपचारको