निर्णय नं. ४१४६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१४६ - अंश भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/०६ २३८५ निर्णय नं. ४१४६ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.नं. ४५१ फैसला भएको मिति: २०४७।५।६।४ मा पुनरावेदक/प्रतिवादी : बाँके जिल्ला मनिकापुर गा.पं. वा.नं. ५ बस्ने अवधराम बाहुनसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं. १ बस्ने रामपती बाहुन मुद्दा : अंश (१) भोग व्यवहार आदिबाट यी वादी प्रतिवादीको बीच अघि वटवारा बण्डा भइसकेको देखिँदा वादीले प्रतिवादीबाट अंश पाउने गरी गरेको शुरु अदालतको फैसलामा अञ्चल अदालतले सदर गरेको र सोमा अनुमति प्रदान नगर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार पन्त, विद्वान अधिवक्ता श्री बाबुराम गिरी विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञवाली फैसला न्या.त्रिलोकप्रताप राणा १. भेरी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :– २. स्वर्गीय मेवारामको २ पत्नी मध्ये जेठीबाट म वादी र कान्छीबाट प्रतिवादीहरु जना ३ को जन्म भएको हो । मेवारामको नामको जग्गा प्र.अवधरामको नाममा नामसारी भई हामी वादी प्रतिवादीहरुले एकासगोलमा भोगचलन गरी आएका छौं, प्रतिवादीहरुबाट म वादी खानपिन सम्म मात्र छुट्याई अलग बसेकोछु, मेरो हकको पुख्र्यौली सम्पत्ति तथा घर समेत बण्डा गरी दिनुहोस भनी प्रतिवादीहरुलाई पटक पटक तथा ०४२।९।१५ समेतमा भन्दा निजहरुले मेरो अंश दिन इन्कार गरेकाले निजहरुबाट सो पुख्र्यौली सम्पत्ति र त्यसबाट बढाएको सम्पत्ति समेतको चारखण्डको एकखण्ड अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी । ३. वि.सं. १९९२ सालमा बाबु मेवारामको मृत्यु भएपछि सन् १९४३ मा हामी वादी प्रतिवादी बीच घरसारमा बण्डा हुँदा विधवा जेठी आमाले जीवित रहेसम्म बाली खान पाउने गरी भारतमा चलेको नापको हिसाबले ५ बिगहा पाएकी र भारत कन्हैया गाउँमा रहेको जग्गा वादीले आफ्नो भागमा लिने र नेपालको रमेश्वरपूर्वामा रहेको जग्गा हामी प्रतिवादीहरुले लिने गरी सोही अनुसार आजसम्म भोगचलन गरी आएका छौं । २० वर्ष अगाडि देखि वादी भारतमै बसेका छन्, तसर्थ झुठ्ठा वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत प्रतिउत्तर जिकिर । ४. वादीका साक्षीहरुले बकपत्र गर्दा प्रतिवादीहरुबाट वादीले अंश पाउनु पर्ने हो भनी उल्लेख गरिदिएका र प्रतिउत्तर बाट वादी प्रतिवादीहरु एकै बाबुका छोरा अंशियार देखिएका अंश भइसकेको र अंश पाउन नसक्ने सबूद प्रतिवादीहरुले पुर्याउन नसकेका समेतबाट वादी प्रतिवादीले पेश गरेको रु. ३३,०००।– को ज्येथा मध्येबाट चार भागको एकभाग ८,२५०।– वादीले प्रतिवादीहरुबाट अंश पाउने ठहर्छ भन्ने समेत शुरु जि.अ.को फैसला । ५. शुरु जिल्ला अदालतले हामीबाट वादीले अंश पाउने ठहर्याई भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत पुनरावेदन जिकिर । ६. यसमा तायदाती फाँटवारीमा उल्लेखित सम्पूर्ण श्रीसम्पत्तिबाट ४ भागको १ भाग अंश वादीले पाउने ठहर्याई शुरु जि.अ.ले गरेको फैसला मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने भेरी अञ्चल अदालतको फैसला । ७. सो फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको म.प.क्षे.अ. म