निर्णय नं. ४१४७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१४७ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/११ २४८५ निर्णय नं. ४१४७ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रि.नं. १०४५ आदेश भएको मिति: २०४७।५।११।२ मा निवेदक : का.न.पं. वा.नं. १६ ब्लक नं. १५।३५३ बस्ने जमलधर तुलाधरसमेत विरुद्ध विपक्षी : श्री नेपाल बैंक लिमिटेड, ग्यारेण्टी विभाग, काठमाडौं अफिस काठमाडौंसमेत विषय : उत्प्रेषण (१) सुरक्षण बापत दृष्टिबन्धक राखेको अचल सम्पत्ति ग्यारेण्टी रकमसम्मको लागि लिलाम बिक्री गरी असूल उपर गर्न सक्ने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) अनुसार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयलाई रहे भएको देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी एवं विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे एवं विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. प्रत्यर्थी नं. २ का संस्थानको नाममा आयात भएका रासायनिक मल कलकत्ता बन्दरगाहाबाट छुट्टाई नेपाल अधिराज्यको विभिन्न स्थानसम्म ढुवानी गर्न भनी प्रत्यर्थी नं. २ र ४ का बीच मिति २०३८।१।१५ मा भएको सम्झौता बमोजिम प्रत्यर्थी नं. १ समक्ष प्रत्यर्थी नं. ४ को तर्फबाट हामी निवेदकको नाममा दर्ता हक भोगको का.जि.का.न.पं. वडा नं. १६ अन्तर्गतको कि.नं. २२५ को क्षेत्रफल २–०–१–३ को जग्गामा बनेको घर सुरक्षण बापत ६ महीनाको लागि मिति २०३८।१।२४ मा. रु. ७,०१,८००।– मूल्यको परफरमेन्स बन्ड लेटर अफ ग्यारेन्टी लेखी दिएका थियौं । उक्त ग्यारेन्टी पत्रको अवधि समाप्त नहुँदै प्रत्यर्थी नं. ३ ले एजेन्सी र संस्थान बीच भएको सम्झौता अनतर्गतको काम कार्यवाही समाप्त भई नसकेकोले ग्यारेन्टी पत्रको म्याद समाप्त भएको मितिले अर्को ३ महीनाको लागि म्याद थप गरी पठाउनु हुन भनी प्रत्यर्थी नं. ४ र १ लाई मिति २०३८।७।९ मा पत्र लेखी पठाएको सो सम्बन्धमा पुनः ०३८।७।१० मा विपक्षी नं. ३ ले ग्यारेन्टी हद रोक्का राख्ने आदेशको पत्र पठाएमा विपक्षी नं. १ ले मिति ०३८।७।१९ मा ग्यारेन्टी रोक्का राख्नु पर्ने कारण तथा सबूद प्रमाणको माग गरेकोमा विपक्षी संस्थानबाट मिति २०३८।७।२० मा सम्झौता उल्लंघन गरेको कुरालाई प्रमाणित गरिएको पत्र पठाई सकिएको र सम्झौता बमोजिमको काम समाप्त नभएकोले उक्त बैंक ग्यारेन्टीज यस संस्थानको खातामा जम्मा गरिदिनु हुन भनी लेखेको पत्र बैंकसंग गरिएको जमानी पत्रको शर्त नं. १ विपरीत भएको स्पष्टै छ । प्रत्यर्थी नं. १ ले मिति ०४०।२।१६ मा पुनः प्रत्यर्थी नं. ३ लाई बैंक ग्यारेन्टीज फुकुवाको सम्बन्धमा सोधनी गरी पठाएकोमा प्रत्यर्थी नं. २ र ४ बीच सम्पन्न भएको सम्झौताको उल्लंघन नभएको र यसको अतिरिक्त प्रत्यर्थी नं. १ ले मिति २०४४।९।९ मा अन्य प्रत्यर्थीहरु लगायत म निवेदक जमलधरलाई ७ दिनभित्र रकम बुझाउन नल्याएमा ग्यारेन्टी बापत सुरक्षणमा रहेको अचल सम्पत्ति सूचना प्रकाशित गरी लिलाम बिक्री बढाबढ गरी असूल उपर गरिने र अचल सम्पत्तिको सुरक्षणको आधारमा जारी गरिएको हुँदा दावी रकम बुझाउन ल्याउनु होला अन्यथा कार्यवाही भई जाने व्यहोरा जानकारी गराइएकोमा सो सम्बन्धमा मिति २०३८।१।२४ मा ६ महीनाको निमित्त दृष्टिबन्धक लेख