निर्णय नं. ४१४९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१४९ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/२४ २२७९ निर्णय नं. ४१४९ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४७ सालको फौ.पु.नं. २९५ फैसला भएको मिति : २०४७।५।२४।१ मा पुनरावेदक/वादी : प्यूठान पक्ला गा.पं. वा.नं. ७ बस्ने तेजबहादुर बुढा मगरको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : प्यूठान पक्ला गा.पं. वा.नं. ७ बस्ने तेजबहादुर बुढामगर मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादी अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार रही बसेका र जाहेरी किटानी परेको समेतबाट मृतक झुण्डी मरेको नभई प्रतिवादीले कर्तव्य गरी मारेको देखिँदा निजलाई वादी दावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने । (प्रकरण नं. २६) पुनरावेदक/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. न्यायप्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम म.प.क्षे.अ. को फैसला उपर दर्ता हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा र ठहर निम्नानुसार छ । २. चुमान सिं बुढामगर मिति २०४३।२।११ गते बेलुकी खाना खाई गोठमा सुत्न गएकोमा पटुकाको नाम्लोले पासो लगाई मरेको हुँदा जाहेर गरेको छु भन्ने तेजबहादुर बुढा मगरको २०४३।२।१३ को जाहेरी दर्खास्त । ३. २०४३।२।१४ को लाश प्रकृति मुचुल्का । ४. मृतक र मृतकको छोराको २०४३।२।११ गते बेलुकी झगडा परेको थियो । सोही रिसइवीबाट कसैको सहयोग लिई मारेको हो भन्ने समेत २०४३।२।१६ को धनबहादुर र प्रेमबहादुरको संयुक्त जाहेरी दर्खास्त । ५. मिति २०४३।२।११ गते बेलुकी झगडा हुँदा प्रेमबहादुर, धनबहादुरले छुट्याएको हुन संधै झगडा गर्ने हुँदा राती विस्तरामा बसेको अवस्था मुंग्राले हानी मारेको हुँ भन्ने तेजबहादुर बुढामगरको प्रहरी समक्ष गरेको बयान कागज । ६. तेजबहादुर साविती भएको हुँदा निजले नै मारेको हुनुपर्छ भन्ने समेत २०४३।२।३१ को सरमजीन मुचुल्का । ७. प्रतिवादी तेजबहादुर बुढा मगरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी । ८. प्रहरीले के के लेखाई दस्तखत गराए थाहा छैन मैले बाबुलाई मारेको होइन मैले दिएको जाहेरी साँचो हो भन्ने समेत प्र.तेजबहादुर बुढाको प्यूठान जिल्ला अदालतमा भएको बयान । ९. मृतकको निधारमा घाउ थियो र बाबु छोरा पहिले देखि झगडा हुँदा प्रतिवादीले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत अम्बरबहादुर, चन्द्रबहादुर, दुर्गाबहादुर, धनबहादुर समेतको शुरु प्यू.जि.अ.मा भएको बकपत्र । १०. २०४३।२।११ गते बेलुकी झगडा हुँदा म समेतले सम्झाई मृतक चुमान सिं सुत्न गए प्रतिवादी पनि धनबहादुरको घरमा सुत्न जान्छु भनी गएका हुन भोली पल्ट मरेको हुँदा कर्तव्यबाट मरेको शंका लाग्छ भन्ने समेत प्रेमबहादुरको शुरु जि.अ.मा भएको बकपत्र । ११. लोग्ने चुमान सिं आफैं झुण्डी मरेका हुन प्र.तेजबहादुरले मारेको हो भन्न सक्दिन भन्ने समेत मृतककी पत्नी बिकी मगर्नीको प्यूठान जिल्ला अदालतमा भएको बकपत्र । १२. चुमान सिं कर्तव्यबाट मरेको मलाई थाहा छैन भन्ने विष्णु मगर्नीको प्यूठान जि.अ.मा भएको बकपत्र । १३. प्र.का साक्षी थमनबहादुर र चेतबहादुरको बकपत्र । १४. तेजबहादुर बुढा मगरले बाबु चुमान सिंह बुढा मगरलाई मारी झुण्डाएको भन्ने प्रहरी प्रतिवेदन पुग्न सकदैन । प्र.तेजबहादुर बु