निर्णय नं. ४१५० - घरजग्गा छुट्याई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१५० - घरजग्गा छुट्याई पाउँ भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/१३ २२६० निर्णय नं. ४१५० ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४६ सालको दे.पु.नं. ५१० फैसला भएको मिति: २०४७।५।१३।४ मा निवेदक/प्रतिवादी : का.न.पं. वा.नं. २० बस्ने सानु भाइ भन्ने सानु महर्जनसमेत विरुद्ध विपक्षी/वादी : का.न.पं. वा.नं. १३ बस्ने तुयु महर्जन मुद्दा : घरजग्गा छुट्याई पाउँ (१) वादीले आफ्नु बाबुको भागबाट एक भाग पाउने हुँदा जम्मा सम्पत्तिको ६ भागको १ भाग मात्र नरम करम मिलाई लिन पाउने ठहर्छ संयुक्त नाम दर्ताको कारणले ५ भागको १ भाग पाउने गरी गरेको बा.अं.अ. को निर्णय उपर म.क्षे.अ. ले पुनरावेदनको अनुमति नदिने गरी गरेको आदेश समेत नमिलेकोले बदर हुने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राजन ढुंगाना फैसला न्या.प्रचण्डराज अनिल १. बा.अं.अ. को फैसला उपर म.क्षे.अ. बाट पुनरावेदनको अनुमति नदिए उपर यस अदालतबाट पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्न प्रकार छ । २. आमा विपक्षी माया महर्जनको नामको का.जि. डाँडापौवा गा.पं. वडा नं. ५(क) कि.नं. ६७ को २–०–२ ऐ.स्यूचाटार गा.पं. वडा नं. १ कि.नं. ३७० को १–३–२–० चुडिखेल गा.पं. वडा नं. ९(ख) कि.नं. ३६ को १–१३–२–० जग्गा पिता झ्यापु महर्जनका नाउँमा रहेको का.जि. टंकेश्वर गा.पं. वडा नं. ७(ग) कि.नं. ४४ को १–२–० जग्गा र त्यसमा बनेको जस्तापाताको छानो भएको २ नाले ३ तले घर समेत चन्द्रमान महर्जन सानु महर्जन, अष्टमान महर्जन, तुयु महर्जन, नारायण महर्जन समेत ५ जनाको नाममा संयुक्त दर्ता भएको उक्त घर जग्गाहरुबाट मेरो भागको ५ भागको १ भाग घर जग्गा छुट्याई मेरा नाममा दर्ता गरी पाउँ र कि.नं. ४४ को जग्गा र घरको हकमा दक्षिणतर्फबाट मेरो भाग छुट्याई पाउँ भन्ने समेत व्यहोराको नारायण महर्जनको फिरादपत्र । ३. मेरो पिता र विपक्षीको पिताको अघि नै अंश बण्डा भइसकेको छ । टंकेश्वर गा.पं. वडा नं. ७ (ग) कि.नं. ४४ को जग्गामा घर छ भनी झुठ्ठा दावी गरेको हो कि.नं. ४९ को मोहियानी जोतको जग्गामा हामी दाजु भाइले घर बनाएको हो उक्त घर वारीमा वादीको हक लाग्ने होइन कि.नं. ४४ को जग्गाको दक्षिणतर्फबाट यो वादीलाई दिन हाम्रो मन्जूर छैन उत्तरतर्फबाट पाउने गरी उत्तरतर्फ नै कायम गरी वादी दावीको ४ किल्ला जग्गाहरुमा हाम्रो आधा हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको चन्द्रमान महर्जन समेतको संयुक्त प्रतिउत्तर । ४. विवादित घर कि.नं. ४४ मा अवस्थित रहेको नभई प्रतिवादीहरुको निजी हक भोगको कि.नं. ४९ को जग्गामा अवस्थित रहेको तथ्य सर्भे नापीको नक्शा र यस अदालतबाट भई आएको नक्शा समेतबाट स्थापित भएको देखिँदा घरतर्फको वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति ०४५।१०।६ को का.जि.अ. को फैसला । ५. उक्त मिति २०४५।१०।६ को का.जि.अ.को फैसलामा चित्त बुझेन । अतः हाम्रो प्रतिउत्तर जिकिर बमोजिम ६ खण्डको १ खण्ड पाउने ठहर गरी आँशिक उल्टी फैसला गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।१२।९।४ को चन्द्रमान महर्जन समेतको पुनरावेदनपत्र । ६. यसमा मालपोत कार्यालयबाट प्रमाण निमित्त आएको मिसिलबाट शुरु काठमाडौं जिल्ला अदालतको फैसला विचारणीय हुँदा अ.बं. २०३ नं. अनुसार विपक्षीलाई झिकाई हाजिर भएपछि वा अवधि नाघेपछि नियमानुसार