निर्णय नं. ४१५३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१५३ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/१३ २४०६ निर्णय नं. ४१५३ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. २७६ फैसला भएको मिति : २०४७।५।१३।४ मा पुनरावेदक/वादी : केहर सिंहको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : पं. ४नं. भीरकोट खिलाउड्ड विडिकेवरेज फदी बस्ने मदनबहादुर खत्री मुद्दा : कर्तव्य ज्यान (१) वारदात हुँदैका अवस्था अभियुक्त कहीं कतै गई मार्ने नियत लिई कुनै साधन जुटाएको नभई वारदात भएकै स्थलमा तीनैजना अभियुक्तहरुले तत्काल उठेको रिसमा कुटपिट तथा मुखमा बुझो समेत लगाई दिएकोबाट मर्ने र सोहीको सानो बच्चा समेत मर्न गएको देखिन्छ, वारदातको यही प्रकृतिलाई ध्यानमा राखी यस अदालतबाट समेत यिनी अभियुक्त बाहेकका अरु अभियुक्तहरुको सम्बन्धमा ठहर गर्दा सो वारदातलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात कायम गरी अन्तिम फैसला भइरहेको देखिन आएकोले सोही वारदातमा यिनी अभियुक्तलाई दावी बहस जिकिर बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गतको वारदात कायम गरी सोही बमोजिम सजायँ हुने भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज फैसला न्या.हिरण्येश्वरमान प्रधान १. प.क्षे.अ.को मिति २०४६।२।१७ को फैसला उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. २०२२।६।२५ गतेका दिन राती ४ बजे मेरो भाइ मनबहादुरका घरमा अग्नी प्रवेश भई मनबहादुरको श्रीमती र निजको छोरी समेत डढी मरेकोले लाश जाँच गरी पाउँ भन्ने समेत केहर सिंहको जाहेरी । ३. २०२२।६।२५ गतेका दिन वनमा घाँस काट्न गई दिनको अं. ४ बजेतिर घाँस लिई घर फर्के खेततर्फ गई साँझ आई भैंसी दुही घरमा आउँदा स्वास्नी पानी लिई आएको देखी केही खानेकुरा बनाएकी छैनस् भनी भन्दा एकसरो मानिसले पनि भनेको बेलामा खान पाइन्छ भनी जवाफ दिएकीले मैले दुध तताइसकी दिदी भागिरथीको घरमा रोटी पकाएकीले त्यहाँ गई रोटी खाई घरमा फर्किंदा मैले मकै भुटेकी र भात समेत पकाई सकेकी छु तिमी अर्काको घरमा गएर खाने भनी स्वास्नीले भनेकीले तँ बोक्सीले पकाएको भात मकै समेत खान्न भनी मैले भन्दा स्वास्नी रिसाई आगो सहितको अगुल्टोले मेरो गोडाको नली हाडमा हिर्काएकोले मैले पनि हात फर्काई हान्दा नाबालक छोरी पनि निज स्वास्नीको काखमा दिई मैले दाजु केहर सिंहलाई बोलाई मलाई यसले पिटी मैले स्वास्नीलाई पार गरी दिन्छु कि अंश दिई बेगल राख्नु पर्‍यो के गरी दिन्छौ भनी भन्दा जेठो दाजु भागिरथी भित्र पसी निज स्वास्नीलाई पछाडी पट्टि मुड्कीले ५, ७ चोट हानेकोले स्वास्नीको शरीर छातीले अठ्याई थिची बालक मरेकी हो मेरो दाजु भागिरथीले टोपीको बुझो लगाई सास फेर्न बन्द भई केहर सिंहको चोटपीरले स्वास्नी हरिकलाको मृत्यु भएको हो मलाई अगुल्टाले हानेको रिसले मैले मार्नमा सहयोग गरेको हुँ मेरो घरमा भएको धान, मकै भाँडा समेत आगो लगाउनु भन्दा पहिले नै जम्मा गरी ढोकाको सामुन्ने मझेरीमा राखेको थिए भन्ने समेत व्यहोराको मनबहादुर खत्री क्षेत्रीले प्रहरीमा गरेको बयान । ४. मनबहादुर समेत भई हरिकलालाई र छोरीलाई कर्तव्यबाट मारी घरमा आगो लगाएमा शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. यसमा मनबहादुर केहर सिंह भागिरथी ३ जनाको कर्तव्यबाट हरिकला र निजको वर्ष १ को नाबालक छोरीको म