निर्णय नं. ४१५४ - विष खुवाई मारेको ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१५४ - विष खुवाई मारेको ज्यान भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४७/०५/१७ २३१५ निर्णय नं. ४१५४ ने.का.प. २०४७ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४७ सालको फौ.पु.नं. ४२८ ऐ ऐ. साधक नं. ८७ फैसला भएको मिति: २०४७।५।१७।१ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी भई बस्ने सरस्वती घिमिरे विरुद्ध विपक्षी/वादी: प्रेमानिधी घिमिरेको जाहेरीले श्री ५ को सरकार मुद्दा : विष खुवाई मारेको ज्यान (१) आफूसित बच्चा समेत स्याहार्ने कबूल गरी शारीरिक सम्बन्ध राखी पेट समेत बोकाएकाले, अरुसित विवाह गरी छाडी गएको पिरले आफूले पनि विष खाने र आफ्ना बालबच्चालाई पनि विष खुवाई मार्ने नियतले कसैलाई केही नभनी विष खाई खुवाई सुतेको भन्ने प्रहरी कागजकै कुरा साँचो देखिन आएकोले शुरु जिल्ला अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने ठहर्याएको इन्साफ सदर गरेको अञ्चल अदालत र क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १६) (२) आफूलाई बालबच्चा सहित आफ्नो लोग्नेले पनि भएभरको सबै बेची छाडी गएको र बीचमा आफ्नो बालबच्चा सहितको लागि सहाराको रुपमा आफ्नो सतित्व समेत डगाई अपनाएको व्यक्तिले पनि गर्भका बच्चा सहित आफूलाई छोडी अरुसित नै विवाह गरेकोबाट आफ्नो बालबच्चाको पालन पोषणको कुनै सहारा नपाई विवश भई उक्त अपराधी काम गरेकोसम्म देखिन आएकोले निज अभियुक्तलाई सो बमोजिम सजायँ गर्दा चर्को नै पर्ने देखिएकोले सो कुरा महसूस गरी अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्याएको पनि परिस्थितिलाई विचार गर्दा चर्को नै पर्ने देखिएकोले कैद वर्ष ६(छ) मात्र गर्ने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या.हिरण्येश्वरमान प्रधान १. न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधित सहित) को दफा १३(३)ग अन्तर्गत पुनरावेदन परी र ऐ.दफा १४ अनुसार साधकको लागि दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. २०४२।११।२२ गते म पाल्पा घरबाट टिदुलीगढ गा.पं. वडा नं. ९ बस्ने नारायणबिक्रम शाहको घरमा विवाहको निमन्त्रणामा आएको आजसम्म यहाँ बसेको छु । यस्तैमा २०४२।१२।५ गते बिहान अं. ७ बजे म बसेको घर नजिक दिपकविक्रम शाहको घरमा काम गर्न बसेको मेरो सालाको छोरी सरस्वती घिमिरेको छोरी अं. वर्ष ४ कि राधीका घिमिरे मरेको छन् भन्ने सुनी सरस्वती बस्ने गरेको ठाउँमा आई हेर्दा राधिका घिमिरे खाट माथि मृतक अवस्थामा देखेर सो खाटमा बान्ता उल्टी समेत रहेछ सोद्धा छोरा छोरीलाई औषधि खान दिएको छोरी मरिन मैले पनि औषधि खाएको हुँ भनी बताएकोले लाशलाई सुरक्षित राखी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको प्रेमनिधि घिमिरेको २०४२।१२।५ को जाहेरी दर्खास्त । ३. खटिया माथि पूर्व टाउको, पश्चिम खुट्टा गरी उत्तानो परी मृतकको लाश रहेको, दायाँ हातको पन्जा खुला भएको, हत्केला कालो निलो देखिएको, मृतकको दायाँ आँखा केही खुला र बायाँ आँखा बन्द रहेको, नाकका दाहिने प्वालबाट र्याल र फिंज निस्केको र दाहिने गाला हुँदै लगाएको जामामा लागेको, बायाँ प्वालबाट र्याल र फिंज निस्केको ओठमाथि जमेको मुख केही खुला भई जिब्रोको टुप्पो देखिएको लाश रहेको बिछ्यौनामा बान्ता (उल्टी) गरेको जस्ता पदार्थ देखिएको भन्ने समेत व्यहोराको २०४२।१२।५।३ को लाश प्रकृति मुचुल्का । ४. दिपकविक्रम शाहको घरमा भा